alliance khabar

मंगलबार, जेठ २७, २०८२

टोकियो, जेठ २७ गते ।

 जापानको चालु खाता नाफा चालु वर्षको अप्रिल महिनामा वार्षिक रूपमा ३.२ प्रतिशतले वृद्धि भई २.२६ ट्रिलियन येन (अन्दाजी १५.६ अर्ब अमेरिकी डलर) पुगेको छ । यो वृद्धि मुख्य रूपमा व्यापार घाटामा आएको उल्लेखनीय गिरावटका कारण भएको हो, जापानको वित्त मन्त्रालयले सोमबार सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उक्त अवधिमा जापानको व्यापार घाटा ३२.८ अर्ब येनमा सिमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ९४.८ प्रतिशतले घटेको हो। यो गिरावट निर्यात ४.० प्रतिशतले बढेर ८.७७ ट्रिलियन येन पुगेको र आयात २.९ प्रतिशतले घटेर ८.८० ट्रिलियन येनमा झरेको परिणामस्वरूप भएको बताइएको छ ।

प्राथमिक आम्दानी, अर्थात् जापानले विदेशमा गरेको लगानीबाट प्राप्त हुने आम्दानी, अप्रिल महिनामा ९.६ प्रतिशतले घट्दै ३.५९ ट्रिलियन येनमा झरेको छ । यस गिरावटको मुख्य कारण प्रत्यक्ष वैदेशिक लगानीबाट प्राप्त आम्दानीमा आएको कमी हो, जुन जापानी मुद्रा येनको मूल्य वृद्धि भएका कारण देखिएको हो ।

त्यस्तै, सेवा व्यापारतर्फ घाटा ४.८ प्रतिशतले वृद्धि भई ७६८.१ अर्ब येनमा पुगेको छ । बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी भुक्तानीमा भएको वृद्धिले यसमा योगदान गरेको छ ।

साथै, पर्यटन क्षेत्रबाट प्राप्त नाफा भने १८.३ प्रतिशतले बढेर ६७५.७ अर्ब येनमा पुगेको छ। अप्रिल महिनामा जापान भ्रमण गर्ने विदेशी पर्यटकहरूको सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८.५ प्रतिशतले वृद्धि भई करिब ३.९१ मिलियन पुगेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल