alliance khabar

मंगलबार, जेठ २७, २०८२

जेनेभा, जेठ २७ गते ।

 रेड क्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी) ले डेढ वर्षभन्दा बढी समयदेखि प्यालेस्टिनीहरू विरुद्ध इजरायली कब्जाले गरेको नरसंहारको एक हिस्साका रूपमा गाजाको स्वास्थ्य सेवा प्रणाली पूर्ण पतनको सङ्घारमा रहेको चेतावनी दिएको छ ।

एक विज्ञप्ति जारी गर्दै आइसिआरसीले अधिकांश घाइते प्यालेस्टिनीहरू सहायता वितरण केन्द्रमा पुग्ने प्रयास गरिरहेको बताएको छ ।

आइसिआरसीले विगत केही दिनदेखि गाजामा सीमित स्रोत साधनका बिच सञ्चालन भइरहेको केही अस्पताल वरपर आक्रमण बढेकाले स्वास्थ्य सेवा सुविधाहरूको संरक्षणका लागि थप ज्यान गुमाउन बाट जोगिन आह्वान गरेको छ ।

यसले चिकित्सक तथा स्वास्थ्य कर्मचारीहरूले जीवन बचाउन ठुलो चुनौतीको सामना गर्नुपरेको उल्लेख गर्दै उनीहरूको सुरक्षा र अस्पतालको सञ्चालन खतरामा पारेको कुरामा जोड दिएको छ ।

ठुलो सङ्ख्यामा घाइते बिरामीहरूको आगमनले मेडिकल स्टाफलाई थकित पारेको समितिले पुष्टि गरेको छ ।

पछिल्लो दुई हप्तामा रफाहको आइसिआरसी फिल्ड अस्पतालमा प्राप्त बिरामीहरूको सङ्ख्या नौ सय १६ भन्दा बढी छ । तीमध्ये ४१ जनालाई आइपुगेपछि मृत घोषणा गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल