alliance khabar

मंगलबार, जेठ २७, २०८२

वासिङ्टन, जेठ २७ गते ।

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक नयाँ यात्रा प्रतिबन्ध सोमबार मध्यरातपछि तुरुन्तै लागू भएको छ । यसले एक दर्जन देशका नागरिकलाई संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ र उहाँको पहिलो कार्यकालबाट विभाजनकारी उपायलाई पुनर्जीवित गरेको छ ।

यो कदमले शरणार्थी मार्गहरूमा बाधा पुर्‍याउने र ट्रम्प प्रशासनले अवैध प्रवेशमाथिको कारबाहीलाई विस्तार गर्दै अध्यागमनलाई थप प्रतिबन्धित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिबन्धले समेटेका इरान र अफगानिस्तान जस्ता धेरै राष्ट्रको संयुक्त राज्य अमेरिकासँग शत्रुतापूर्ण सम्बन्ध छ भने हाइटी र लिबिया जस्ता मुलुकले गम्भीर सङ्कटको सामना गरिरहेका छन् ।

गत हप्ता आफ्नो प्रतिबन्धको घोषणा गर्दै ट्रम्पले कोलोराडोमा यहुदीहरूमाथि हालै भएको ‘आतङ्कवादी आक्रमण’ ले नयाँ उपायलाई उत्प्रेरित गरेको बताउनुभयो ।

यो समूहले गाजामा बन्दी बनाइएका बन्धकहरूसँगको ऐक्यबद्धतामा विरोध गरिरहेको थियो भने उनीहरूलाई ह्वाइट हाउसले आफ्नो भिसा अवधि नाघेको भन्दै एक व्यक्तिले आक्रमण गरेको थियो ।

“त्यो आक्रमणले उचित जाँच नगरिएका वा भिसा अवधि नाघेका विदेशी नागरिकहरूको प्रवेशबाट हाम्रो देशमा उत्पन्न गरेको चरम खतराहरूलाई जोड दिएको छ”, ट्रम्पले भन्नुभयो ।

ह्वाइट हाउसका अनुसार अफगानिस्तान, म्यानमार, चाड, कङ्गो–ब्राजाभिल, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरूद्वारा संयुक्त राज्य अमेरिकाको सबै यात्रामा प्रतिबन्ध लगाइएको छ ।

ट्रम्पले बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका यात्रुहरूमा पनि आंशिक प्रतिबन्ध लगाउनुभएको छ । ती देशबाट केही अस्थायी कार्य भिसाहरूलाई अनुमति दिइनेछ ।

ट्रम्पले संसारभरि खतराहरू देखा पर्दै गए अनुसार नयाँ मुलुक थप्न सकिने चेतावनी दिनुभयो ।

विश्वकप, ओलम्पिक, कूटनीतिज्ञहरू बाहिर

यो प्रतिबन्ध सन् २०२६ को विश्वकप वा सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकमा प्रतिस्पर्धा गर्ने खेलाडीहरूमा लागू नहुने ट्रम्पको आदेशमा भनिएको छ । विश्वकप संयुक्त राज्य अमेरिकाले क्यानडा र मेक्सिकोसँग सह–आयोजना गर्दैछ ।

आदेश लक्षित देशका कूटनीतिज्ञहरूमा पनि लागू हुने छैन ।

संयुक्त राष्ट्रसङ्घका अधिकार प्रमुख भोल्कर टर्कले ‘नयाँ यात्रा प्रतिबन्धको व्यापक र फराकिलो प्रकृतिले अन्तर्राष्ट्रिय कानुनको दृष्टिकोणबाट चिन्ता उत्पन्न गरेको’ चेतावनी दिनुभयो ।

अमेरिकी डेमोक्रेटिक सांसद र निर्वाचित अधिकारीहरूले प्रतिबन्धलाई कठोर र असंवैधानिक भन्दै आलोचना गरेका छन् ।

“मलाई ट्रम्पको क्रूर र विदेशविरोधी यात्रा प्रतिबन्धहरूले दिने पीडा थाहा छ किनभने मेरो परिवारले यसलाई प्रत्यक्ष महसुस गरेको छ”, इरानी–अमेरिकी सांसद यासामिन अन्सारीले आइतबार एक्समा भन्नुभयो, “हामी यो प्रतिबन्धसँग हाम्रो सबै शक्तिले लड्नेछौँ ।”

कोलोराडो आक्रमणपछि नयाँ यात्रा प्रतिबन्धको अफवाह फैलिएको थियो । ट्रम्पको प्रशासनले भिसामा संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने ‘आतङ्ककारीहरू’ लाई पछ्याउने वाचा गरेको थियो ।

अमेरिकी अधिकारीहरूले अदालतको कागजातअनुसार संदिग्ध इजिप्टका नागरिक मोहम्मद साब्री सोलिमन अवैध रूपमा पर्यटक भिसामा बसेको तर सन् २०२२ सेप्टेम्बरमा शरणका लागि आवेदन दिएको बताएका छन् ।

ट्रम्पको नयाँ यात्रा प्रतिबन्धमा विशेष गरी इजिप्ट समावेश छैन ।

उहाँको घोषणाले तालिबान शासित अफगानिस्तान र युद्धग्रस्त लिबिया, सुडान, सोमालिया र यमनमा राहदानी प्रशोधन र जाँचका लागि ‘सक्षम’ केन्द्रीय अधिकारीहरूको अभाव रहेको बताएको छ ।

“इरानलाई समावेश गरिएको थियो किनभने यो ‘आतङ्कवादको राज्य प्रायोजक’ हो”, आदेशमा भनिएको छ ।

अन्य देशका लागि ट्रम्पको आदेशले मानिसहरूले आफ्ना भिसाहरूको अवधि नाघ्ने औसतभन्दा बढी सम्भावनालाई उद्धृत गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल