alliance khabar

बिहिबार, जेठ २२, २०८२

सिड्नी, जेठ २२ गते ।

 अस्ट्रेलियाका वैज्ञानिकहरूले भवन निर्माण र भत्काउने क्रममा निस्कने फोहोर लागेका काठ छुट्याउन सक्ने नयाँ प्रविधि विकास गरेका छन् । यो प्रविधिले काठमा रङ, तेल, फलाम, सिमेन्ट जस्ता वस्तु लागेको भए पनि ९१ प्रतिशतसम्म शुद्धताका साथ छुट्याउन सक्छ ।

मोनाश विश्वविद्यालय र अस्ट्रेलियाको चाल्र्स डार्विन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले संयुक्त रूपमा तयार पारेको यो यन्त्रले सामान्य तस्बिरको माध्यमबाट काठमा फोहोर लागेको छ कि छैन भन्ने छुट्याउन सक्छ ।

हालसम्म यस्ता काठहरूमा रङ, रसायन वा धातुका टुक्रा लागेपछि छुट्याउन गाह्रो हुने भएकाले प्रायः सिधै फोहोरमैला स्थानमा फालिन्थ्यो । अब, यो प्रविधिको प्रयोगले क्यामेरा, मोबाइल, ड्रोनमार्फत सफा र फोहोर लागेका काठ सजिलै छुट्याउन सकिनेछ ।

यस प्रविधिबाट निर्माण क्षेत्रमा निस्कने फोहोर कम गर्न, उपयोगी काठ पुनः प्रयोग गर्न, तथा खर्च र समयको बचत गर्न सकिनेछ ।

अनुसन्धान टोलीका प्रमुख वैज्ञानिक मदिनी डि अल्विसले भन्नुभयो,“हामीले विकास गरेको यो प्रविधि सजिलो, प्रभावकारी र विश्वव्यापी समस्या समाधान गर्न उपयोगी छ । यसले पुनः प्रयोगको सम्भावना बढाउने र वातावरण संरक्षणमा सहयोग पुर्‍याउनेछ ।”

अस्ट्रेलियामा विकास गरिएको यो प्रविधिले केवल त्यहाँको मात्र नभई विश्वभरको निर्माण फोहोर व्यवस्थापनमा ठुलो सहयोग पुर्‍याउने वैज्ञानिकहरूले विश्वास गरेको ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल