म्याग्दी, असार ३२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ को धार्मिक पर्यटकीयस्थल खयरबाराही (खयरभारानी) ताल जोड्न पदमार्ग निर्माण भएको छ । रु एक करोड ७० लाख चन्दा सहयोग जुटाएर उक्त पदमार्ग निर्माण गरिएको हो । खयरभारानी थान तथा क्षेत्र संरक्षण साथै व्यवस्थापन समितिको अगुवाइमा १० वर्षमा पाउद्वार गाउँदेखि लरेनी–खोप्रा (खोपारा), खयरखोला हुँदै खयरबाराही ताल जोड्ने पदमार्गको […]
काठमाडौँ, असार २९ गते । स्थानीय तहका पदाधिकारी तथा कर्मचारी विदेश भ्रमणमा गए पनि त्यसको उपलब्धि भने न्यून देखिएको छ । भगिनी सम्बन्ध स्थापना भएका देशस्थित विभिन्न सहरका प्रतिनिधिको निमन्त्रणामा स्थानीय तहका पदाधिकारी तथा कर्मचारी विकास, सेवा प्रवाह र सुशासनको अध्ययन भ्रमणमा जाने आउने क्रम बढ्दो छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटक पटक विदेश […]
वालिङ (स्याङ्जा), असार २४ गते । यहाँको वालिङ नगरपालिका–१३ कटौंजेमा रहेको पुरानो सिँचाइ पोखरी पक्की बनाइएको छ । २०१० सालमा स्थानीयले पानी सङ्कलन गरी सिँचाइ गर्ने उद्देश्यले निर्माण गरिएको पोखरी पक्की बनाइएको हो । गण्डकी प्रदेश सरकारले सिँचाइ प्रयोजनार्थ सो पोखरीलाई आधुनिक तवरले निर्माण गरी पानी सङ्कलन गर्न रु २० लाख बजेट विनियोजन गरेको जलस्रोत […]
बिजुवार, असार २४ गते । प्युठान नगरपालिकाले शैक्षिक सत्र २०८१-८२ मा उत्कृष्ट नतिजा ल्याएका दुई सामुदायिक विद्यालयलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिको बैठकले एसइईमा नगरभित्र उत्कृष्ट स्थान हासिल गरेको शारदा माध्यमिक विद्यालय, सापडाँडालाई ३ लाख रुपियाँ र कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याएको बालज्योति माध्यमिक विद्यालय, गेजवाङलाई २ लाख रुपियाँ […]
सुर्खेत, असार २१ गते । सुुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगरभित्रका विभिन्न स्थानमा सञ्चालनमा रहेका ठेला तथा फुटपाथ व्यवसायमार्फत बिक्री हुने खाद्य सामग्रीको स्वच्छता र गुणस्तर जाँच गर्ने भएको छ । नगरपालिकाको जनस्वास्थ्य शाखाद्वारा आयोजित पोषणमैत्री स्थानीय शासन प्रवर्धन विषयक अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख मोहनमाया ढकालले बोल्नुहुँदै भन्नुभयो, ‘‘खाद्य स्वच्छताको ग्यारेण्टी गर्न हामीले अनुगमन प्रक्रिया अझ कडाइका […]
नवलपरासी पश्चिम, असार २१ गते । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सुनवल नगरपालिकाको रोजगार शाखाले आर्थिक वर्ष २०८१/०८२ मा ७७ जनालाई रोजगार दिएको छ । त्यसैगरी सामी कार्यक्रमअन्तर्गत ५० जनालाई वित्तीय साक्षरता तालिम दिएको छ । नगरपालिकाको १३ वटा वडाबाट ३०५ सूचिकृत वेरोजगारमध्ये ७७ जनालाई सय दिनको रोजगारमा संलग्न गरिएको हो । त्यस्तै, वडा नम्बर ११ र […]
कालीकोट, असार १९ गते । कालीकोट जिल्लाका नौ स्थानीय तहको इन्धनमा एक वर्षमा दुई करोडभन्दा बढी खर्च भएको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाको इन्धन खर्च मात्र ४८ लाख ५१ हजार २३२ रुपियाँ छ । सान्नीत्रिवेणी गाउँपालिकाले विभिन्न सवारीसाधन खरिदमा ३४ लाख ५० हजार १५० रुपियाँ खर्च गरेको छ । यो सवारीसाधन खरिदको कुनै पनि प्रमाण राखिएको छैन । सम्पत्ति […]
काभ्रेपलाञ्चोक, असार १८ गते । पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको छ । नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता भएसँगै नगरवासीले अब निःशुल्क रगत पाउने भएका हुन् । “पाँचखालवासीले उपचारका क्रममा रक्तअभावका कारण ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेका हौँ”, नगरप्रमुख महेश खरेलले भन्नुभयो । सम्झौता अनुसार रेडक्रसले निःशुल्क […]
काठमाडौँ, असार १२ गते । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७५३ स्थानीय तहमध्ये ७१४ स्थानीय तहले गाउँ र नगर सभामा पेस गरेका बजेटमा विभिन्न प्राथमिकता निर्धारण गरेका छन् । दुर्गम क्षेत्रका स्थानीय तहले अहिले पनि भौतिक पूर्वाधारका क्षेत्रलाई नै बजेटको प्राथमिकता निर्धारण गरेका छन् भने ठुला स्थानीय तहले भने भौतिक पूर्वाधारका साथै सिप विकास, […]
दाङ, असार ११ गते । दाङको दस स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि नौ अर्बभन्दा बढि बजेट विनियोजन गरेका छन् । दुई उपमहानगरपालिका र एक नगरपालिकासहित ७ पालिकामध्ये सबैभन्दा बढि घोराही उपमहानगरपालिकाले दुई अर्ब २९ करोडको बजेट ल्याएको छ भने सबै भन्दा कम दंगीशरण गाउँपालिकाले ४५ करोड ११ लाख बजेट ल्याएको छ । […]