हराउँदै थारू समुदायका मौलिक खेल

दाङ, फागुन १ गते । मोबाइल, इन्टरनेट, भिडियो गेम र आधुनिक खेलकुदको आकर्षणसँगै थारू समुदायको परम्परागत खेलहरू हराउँदै गएका छन् । मौसम अनुसार थारू समुदायको आफ्नै विशिष्ट पहिचानका खेलहरू रहेका छन् । तर पछिल्लो समय थारू समुदायका मौलिक खेलहरू तीव्र रूपमा हराउँदै गएको स्थानीयहरू बताउँछन् । समयसँगै जीवनशैली, परिवेश र भूगोल बदलिँदै जाँदा खेलकुदका धेरै […]

पाथीभरामा १८ लाख बढी भेटी सङ्कलन

फुङलिङ, फागुन १ गते ।  प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ) मा एक महिनामा १८ लाख बढी भेटी सङ्कलन भएको छ । माघ महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको भेटी रकम सार्वजनिक गर्दै आइरहेको विवरण अनुसार माघ महिनामा भक्तजनहरूले १८ लाख ४७ हजार ५०० रुपियाँ भेटी पाथीभरा […]

असी प्रतिशतले घट्यो सुन कारोबार

काठमाडौँ, फागुन १ गते । सुनको मूल्य अस्वाभाविक रूपमा बढेपछि नयाँसडकलगायतका सुनचाँदी पसल सुनसान बनेका छन् । माघ, फागुन महिनामा बिहेको लगन हुन्छ । विगतका वर्ष यसबेला सुन पसलमा गहना खरिद गर्ने ग्राहकको भिड लाग्ने गर्थ्यो । व्यापार पनि अन्य सिजनको तुलनामा दोब्बरले बढी हुने गर्थ्यो । अहिले भने अधिकांश सुनचाँदी पसल सुनसान छन् । […]

झापा गोल्डकप : मच्छिन्द्र क्लब सेमिफाइनलमा

बिर्तामोड, माघ २९ गते । झापाको बिर्तामोडमा जारी सातौँ झापा गोल्डकमा मच्छिन्द्र फुटबल क्लब मलेसियाको एन पेनाङ फुटबल क्लबसामु कठिन जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ । मलेसियालाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्रले सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँगको भेट पक्का गरेको छ । सुरुवाती अग्रता लिएको मच्छिन्द्रले दोस्रो हाफमा भने मलेसियाको दबाब सामना गरेको थियो […]

टी–२० विश्वकप : इटालीसँग नेपालको हार

काठमाडौँ, माघ २९ गते । कमजोर ब्याटिङका कारण आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले इटालीसँग हार खेपेको छ । मुम्बईस्थित वनखेडे मैदानमा बिहीबार भएको खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भयो । लगातार दोस्रो हार खेपेसँगै नेपालको सुपर आठ सम्भावना कमजोर बनेको छ । यसअघि पहिलो खेलमा नेपालले टेस्ट टोली इङ्ल्यान्डसँग सनसनीपूर्ण प्रदर्शन […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  माघ २९  गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो […]

उच्च मनोबलमा नेपाल

काठमाडौँ, माघ २९ गते । आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर आठमा प्रवेश गर्ने आफ्नो लक्ष्य पूरा गर्न नेपाललाई बिहीबार नवप्रवेशी इटालीविरुद्धको खेल हार्ने छुट छैन । पहिलो खेलमा इङ्ग्ल्यान्डसँग चार रनले पराजित भएपछि नेपाल दबाबमा परेको हो । अझै तीन खेल बाँकी रहेकाले समूह ‘सी’ मा शीर्ष दुई स्थान हासिल गरेर सुपर आठमा पुग्ने […]

निर्वाचनलक्षित संयुक्त सुरक्षा गस्ती

बबई (बर्दिया), माघ २९ गते ।  बर्दिया जिल्लामा निर्वाचनलक्षित योजना अन्तर्गत संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ । यही फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन गर्ने मिति नजिकिँदै गर्दा यस जिल्लामा पनि संयुक्त सुरक्षा गस्ती सुरु गरिएको हो । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितको सुरक्षा गस्ती सुरु गरिएको […]

कांग्रेस उम्मेदवार चौधरीको तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’सार्वजनिक

नवलपरासी, माघ २९ गते ।  पश्चिम नवलपरासी क्षेत्र नं. १  बाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसका उम्मेदवार एवं केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गर्नुभएको छ । २०७९ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएपछि चौधरीले जारी गरेको ३१ बुँदे घोषणापत्रको प्रत्येक बुँदामा भएको प्रगति, उपलब्धि […]

ओझेलमा सुदापको चाङलुङ गुफा

हिले, माघ २८ गते।  प्रशस्त पर्यटकीय सम्भावना हुँदाहुँदै पनि तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा रहेको चाङलुङ गुफा ओझेलमा परेको छ। पूर्वाधार तथा प्रचारप्रसार भए पनि गुफाले अपेक्षित रूपमा पर्यटक आकर्षित गर्न सकेको छैन। करिब ३८ रोपनी क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा करिब १५० मिटर लामो गुफा मुख्य आकर्षणका रूपमा रहेको छ। त्यस्तै, साना–ठूला गरी एक दर्जनभन्दा बढी […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल