काठमाडौँ, असोज १५ गते। कुमारी आर्यताराले सर्वसाधारणलाई दशमीमा टीका लगाइदिनुहुने भएको छ। महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराएपछि सर्वसाधरणलाई दशमीको टीका ११ बजेपछि लगाउने कार्यसूची रहेको हनुमानढोकास्थित कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिनुभयो। जीवित देवी कुमारीलाई विशेष शक्ति प्राप्त हुने विश्वासका साथ महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराइने प्रचलन छ। […]
काठमाडौँ, असोज १५ गते। दसैँको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा मात्रै छ लाख ११ हजार ६५७ जनाले काठमाडौँ छाडेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते घटस्थापना सुरु भएको दिनदेखि आजसम्म सो सङ्ख्यामा यात्रु विभिन्न नाकाबाट काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार ३९६ जनाले काठमाडौँ उपत्यका […]
काठमाडौँ, असोज १५ गते । प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको दसैँमा यसवर्ष टीका नलगाउने बताउनुभएको छ । दसैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण भएको भन्दै उहाँले टीका नलगाउने बताउनुभएको हो । उहाँले मृतक र धेरै घाइतेको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम […]
मुक्तिनाथ (मुस्ताङ), असोज १५ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको स्याउ बारीमा म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पशुपति ढकाल करिब एक घण्टा स्याउ बारीमा रमाउनुभयो । विदाको मौका छोपी मुस्ताङ पुग्नुभएका ढकालसँगै गएका पाँचजनाले केन्द्रलाई २ सय रुपियाँ राजस्व बुझाएर स्याउ बारीमा भिडियो, फोटो खिच्ने र आफुँले अघाउन्जेल स्याउ खाएर […]
दाङ, असोज १५ गते । थारू समुदायले आज नवमीको दिन गँवल्या टीका लगाएका छन् । परम्परादेखि चल्दै आएको संस्कार अनुसार दसैँमा थारू समुदायले नवमीका दिन गाउँमा गँवल्या टीका लगाउने गर्दछन् । यसैबीच दंगीशरण ३ हेकुली गाउँका मटाँवा नारायण चौधरीले गाउँका जेष्ठ नागरिक एवं गुर्वा ८६ वर्षीया खुशीराम चौधरीसँग टीका लगाएर गाउँका गर्ढुर्याहरूलाई गँवल्या टीका लगाईदिनुभएको […]
काठमाडौँ, असोज १५ गते । जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेबाट मनसुन थप सक्रिय हुने जानकारी दिँदै सावधानी अपनाउन आग्रह गरेको छ । विभागले मङ्गलबार राति दोस्रो दसैँ विशेष मौसम बुलेटिन जारीगरी बङ्गालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा असोज १७ गतेबाट मनसुन थप सक्रिय भई देशका धेरै ठाउँमा वर्षा हुने […]
राजविराज, असोज १५ गते । दशैँको महानवमीका दिन बुधबार कुमारी कन्याहरुलाई देवी दुर्गाको स्वरूप मानेर विशेष रूपमा पूजा गरिएको छ । घरमा सुख–शान्ति, समृद्धि र शक्तिको वास हुने विश्वासका साथ “कन्यामा मानेर कन्या पूजा गरिएको हो । ब्रतिहरुले छरछिमेकमा भएका दुई देखि नौ वर्ष उमेर समूह अर्थात् महिनावारी नभएका कन्याहरुलाई देवी दुर्गाको स्वरूप मानेर पूजा […]
सर्लाही, असोज १५ गते । सर्लाहीको हरिपूर्वामा बुधबार बिहान माटोको ढिस्को (धश्ना) मा पुरिएर चार जनाको मृत्यु भएको छ । सर्लाही र महोत्तरीको सीमा भएर बग्ने हरिपूर्वा नगरपालिका –१, स्थित हर्दीखोलामा माटो लिन गएका तीन जना बालबालिका र एकजना वृद्धको घटनास्थलमै मृत्यु भएको हो । मृतक सबै महोत्तरीको सोनमा गाउँपालिका –६, मगरथानाका रहेका छन् । […]
काठमाडौँ, असोज १४ गते । दसैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कस्लाई पो नहोला र ! तर, दसैँको बेला हवाइजहाज चढेर घर जान्छु भन्नेका लागि भने निकै कठिन छ । अधिकांश गन्तव्यको टिकट एक महिनाअघि नै बुकिङ भइसकेको वायुसेवा निगमहरुको जवाफ हुन्छ । एयरलाइन्सले अनलाइनबाटै टिकट बुकिङ खुलाए पनि यस्तो बेलामा यात्रुले […]
काठमाडौँ, असोज १२ गते। नेपाल बुद्धिचाल महासङ्घविरुद्ध अविश्वास प्रस्तावमा ३६ जनाले हस्ताक्षर गरेका छन्। बुद्धिचाल महासङ्घको साधारण सभामा ११८ जना सदस्य छन्। सङ्घ नेतृत्वले मनोमानी गरेको ,फिडेमा प्रतियोगिता सम्बन्धी गलत रिपोर्ट पठाएको, नियमित बैठक नराखी मनोमानी निर्णय गरेको, खेलाडी छनोटमा अनियमितता गरेको तथा फिडे लगायतबाट प्राप्त रकममा अनियमितता गरेको आरोप छ। सन् २०२४ मा हंगेरीमा […]