कञ्चनपुरमा चाडपर्वको बहानामा गैरकानुनी गतिविधि नगर्न आग्रह

कञ्चनपुर, असोज ११ गते । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लावासीहरूमा चाडपर्वको अवसरमा विशेष अनुरोध गरेको छ । हिन्दु धर्मावलम्बीहरूको महान् चाडबडा दसैँ, तिहार र छड नजिकिएसँगै जिल्ला प्रशासन कार्यालयले सुरक्षित तरिकाले चाडपर्व मनाउन आग्रह गरेको हो । प्रशासनले सूचना जारी गर्दे चाडपर्वको बहानामा गैर कानुनी गतिविधि नगर्न आग्रह गरेको छ । चाडपर्वको बहानामा जुवा तास, […]

विपद्को एक वर्ष : काभ्रेमा तीन हजारलाई अस्थायी आवास अनुदान

काभ्रेपलाञ्चोक, असोज ११ गते ।  विसं २०८१ असोजको विपदमा आवाससमेत गुमाएका जिल्लाका पीडितहरूको अस्थायी आवास निर्माणका लागि सरकारले पहिलो किस्ताबापतको रकम उपलब्ध गराएको छ । जिल्लाका १३ स्थानीय तहका तीन हजार १२८ पीडितहरूलाई पहिलो किस्ताबापत रु सात करोड ७९ लाख २५ हजार राहत उपलब्ध गराइएको हो । दोस्रो किस्ताका लागि कार्यालयको खातामा निकासा भएको करिब […]

दसैँ मनाउन उपत्यका छोड्नेको लर्को ( फोटो फिचर )

काठमाडौँ, असोज ११ गते । हिन्दुहरूको पर्व विजयादशमी नजिकिएसँगै आफन्तजनको हातबाट टीका थाप्नका लागि घर जानेहरूको लर्को लाग्न थालेको छ । रोजगारी र अध्ययनका लागि अन्य क्षेत्रबाट राजधानी काठमाडौँ आएर बसोबास गरिरहेका लाखौं नेपालीले दसैँका बेला राजधानी छाडेर जाने गर्छन् । काठमाडौँबाट बाहिरिनेहरुको चाप बढेसँगै यहाँका मुख्य सडक अस्तव्यस्त भएका छन् । यात्रुले भरिभराउ लामो […]

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई गाडी खरिदमा छुट

काठमाडौं, असोज १० गते ।  नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका कर्मचारी र ग्राहकलाई हुण्डाई गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरनेसनल प्रालिका शाखाबाट गाडी खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले सो कम्पनीबाट हुण्डाइ ब्राण्डका […]

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जना गम्भीर घाइते

महेन्द्रनगर, असोज १० गते।  धनुषामा आज तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। जनकनन्दिनी गाउँपालिका–५ बनरझुलाका १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार कमला नगरपालिका–२ माची […]

फरार कैदीबन्दीको खोजी र पक्राउ अभियान सुरु, १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’

काठमाडौँ, असोज १० गते।  सरकारले जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट फरार कैदीबन्दीलाई १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’ दिएको छ। गृह मन्त्रालयले आज (मन्त्रीस्तरबाट) फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले कारागार बाहिर रहेका कैदीबन्दीलाई खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र फिर्ता ल्याउन सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको […]

माओवादीको केन्द्रीय समिति भङ्ग, आगामी मङ्सिरमा विशेष महाधिवशेन

काठमाडौँ, असोज १० गते।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान केन्द्रीय समिति भङ्ग गरी आगामी मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ। राजधानीको प्रज्ञा भवनमा बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। बैठकले महाधिवशेन आयोजक समितिका संयोजकको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ। मौजुदा केन्द्रीय सदस्य […]

प्रधानमन्त्री कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल छैन : प्रधानमन्त्री कार्यालय

काठमाडौँ, असोज १० गते । प्रधानमन्त्री सुशीला कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता रविलाल शर्माले एक विज्ञप्ति जारी गरी प्रेस विज्ञप्तिमा प्रधानमन्त्री नामको कुनै पनि सामाजिक सञ्जाल नरहेको उल्लेख छ । “प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी नक्कली आइडी बनाई फेसबुक र ट्वीटर जस्ता सामाजिक […]

‘मधेश प्रदेशमा कांग्रेसले नेतृत्व लिनु पर्छ’

जनकपुरधाम, असोज १० गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशमा कांग्रेसले प्रदेश सरकारको नेतृत्व लिने गरी अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको छ । जिल्ला पार्टी कार्यालयको अवस्था बुझ्न पूर्वको झापाबाट सप्तरी हुँदै बिहीबार जनकपुरधाम आउनुभएका महामन्त्री शर्माले नेपाली कांग्रेस धनुषाको क्षतिग्रस्त पार्टी कार्यालयमा पत्रकारसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले नेपाली कांग्रेसलाई बलियो बनाउनमा सबैभन्दा […]

जाँचबुझ आयोगले थाल्यो काम

काठमाडौँ, असोज १० गते  ।  जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले काम सुरु गरेको छ । पदाधिकारीहरूले बुधबार पद तथा गोपनीयताको शपथ लिएसँगै बिहीबारदेखि काम थालेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँको अगाडि रहेको मौसम पूर्वानुमान महाशाखासँगै आयोगलाई कार्यालय उपलब्ध गराइएको छ । नेपाल सरकारका सहसचिवलगायत आवश्यक […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल