चारआली सर्पदंश उपचार केन्द्रमा उपचार गर्ने बढ्दै

झापा, जेठ ७  गते । झापाको चारआली सर्पदंश उपचार केन्द्र विषालु सर्पको डसाइबाट पीडित नागरिकको भरपर्दो उपचार केन्द्र बन्दै गएको छ । गर्मीयामसँगै पूर्वी नेपालका तराई तथा पहाडी क्षेत्रमा सर्पदंशका घटनामा उल्लेख्य वृद्धि हुने गरेका छन् । यहाँ गोमन, करेत, भाइपर र गुर्बे जस्ता यस क्षेत्रमा बर्सेनि सयौँ नागरिक बिरामी हुने गरेका छन् । नेपाली […]

गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान

रसुवा, जेठ ७ गते ।   हिमालको काखमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसर पारेर वार्षिक विशेष मेला सुरु भएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि श्रद्धा, आस्था र मोक्ष प्राप्तिको केन्द्र मानिने यस तीर्थमा भगवान् शिवको दर्शन तथा स्नान गर्न देश–विदेशबाट भक्तजनहरू पुग्न थालेका छन् । यही जेठ ३ गतेदेखि सुरु भएको […]

जनता मावि शिशुवारीले पायो सुविधासम्पन्न भवन

सिरहा, जेठ ७ गते । सप्तरीको सुरुङ्गा नगरपालिका—१ शिशुवारीस्थित जनता माध्यमिक विद्यालयले सुविधासम्पन्न विद्यालय भवन पाएको छ । नेपाल–भारत विकास सहकार्यअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) कार्यक्रममार्फत निर्माण गरिएको तीनतले विद्यालय भवनको बुधबार एक समारोहबीच उद्घाटन गरिएको छ । भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देवीसहाय मीना र सुरुङ्गा नगरपालिका प्रमुख गीता चौधरीले संयुक्त रूपमा […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  जेठ ७ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, गोलभेँडा […]

नेपाललाई ‘टेक हब’ बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री तिमिल्सिना

काठमाडौँ, जेठ ६ गते ।  सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी नेपाललाई ‘टेक हब’ का रूपमा विकास गरिने बताउनुभएको छ । मन्त्रालयसँग सम्बन्धित संसद्‍मा उठाइएका सवालमाथि बुधबार प्रतिनिधिसभा बैठकमा जवाफ दिनुहुँदै मन्त्री डा. तिमिल्सिनाले उक्त कुरा बताउनुभएको हो । सम्बोधनका क्रममा उहाँले मिडिया क्षेत्रको विषयवस्तु अनुगमनका लागि […]

सुदूरपश्चिम प्रदेश सभा बैठक शुक्रबार बस्ने

धनगढी, जेठ ६ गते ।  बजेट अधिवेशनको पहिलो बैठकपछि अनिश्चित समयका लागि स्थगित सुदूरपश्चिम प्रदेशसभाको बैठक शुक्रबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले जेठ ८ गते दिनको २ बजे प्रदेश सभाको बैठक बोलाएको हो ।  बैठकमा टीकापुर प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक टेबुल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो । यसअघि, […]

कांग्रेस निर्वाचन ब्युरोको सदस्यमा १७ जना मनोनित

काठमाडौँ, जेठ ६ गते । नेपाली कांग्रेसको ‘निर्वाचन ब्युरो’ मा १७ जना सदस्य मनोनित हुनुभएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार पार्टी सभापति गगनकुमार थापाले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठन भएको प्रदेश तथा स्थानीय तह निर्वाचन केन्द्रित ब्युरोमा सदस्य मनोनित गर्नुभएको हो । ब्युरोको सदस्यमा जीवन परियार, अब्दुल सत्तार, […]

सम्पदा संरक्षण गर्न सङ्ग्रहालयकर्मीलाई तालिम जरुरी

काठमाडौँ, जेठ ६ गते । सङ्ग्रहालयको दिगो विकास, संरक्षणका लागि स्थानीय  समुदायसँगको सहकार्य र विपत् पर्दा सम्पदाको संरक्षण÷व्यवस्थापन गर्न सङ्ग्रहालयकर्मीलाई तालिम दिनुपर्ने आवश्यकता औँल्याइएको छ । हनुमाढोका दरबार सङ्ग्रहालयले इन्टरनेसनल काउन्सिल अफ म्युजियमसँगको सहकार्यमा मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा सहभागी सङ्ग्रहालयकर्मीले आफ्ना अनुभव सुनाउँदै सो कुरा बताएका हुन् । इन्टरनेसनल काउन्सिल अफ म्युजियम नेपालका सदस्य डा. […]

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ, जेठ ६ गते । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजे बस्दैछ । मङ्गलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ समेत दिनुभएको थियो । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो । गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री […]

पाणिनि कम बेरुजु हुने पालिका

अर्घाखाँची, जेठ ६ गते ।  अर्घाखाँचीको पाणिनि गाउँपालिका लुम्बिनी प्रदेशमै सबैभन्दा कम बेरुजु हुने स्थानीय तहमध्ये दोस्रो स्थानमा पर्न सफल भएको छ भने अर्घाखाँची जिल्लामा पहिलो बनेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार पाणिनि गाउँपालिकाको बेरुजु ०.०३ प्रतिशत रहेको छ । एक अर्ब ५४ करोड ८९ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल