बागमती प्रदेशकै एक मात्र उपमहानगरपालिका र प्रदेशको राजधानी रहेको हेटौँडामा मीना कुमारी लामा पहिलो महिला नगर प्रमुख हुनुहुन्छ । स्थानीय तह निर्वाचन २०७९ मा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को तर्फबाट २३ हजार ७५ मत ल्याएर उहाँ नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो । उहाँले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार अनन्त प्रसाद पौडेललाई दुई हजार १६७ मत […]
ललितपुर, भदौ १४ गते। मिस नेपाल २०२५ को उपाधि लुना लुइटेलले जित्नुभएको छ। शनिबार ललितपुरको गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न ग्रान्ड फिनालेमा मिस नेपालको ३१ औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै लुना ‘मिस नेपाल वर्ल्ड’ बन्नुभएको हो। उहाँलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिनुभयो। मिस अर्थ सोनी घले बन्दा मिस नेपाल इन्टरनेसनको ताज उरूषा […]
पश्चिम नवलपरासी, भदौ १४ गते । पश्चिम नवलपरासी प्रहरीले बर्दघाटबाट तस्करीको गोरुसहित ट्रक नियन्त्रणमा लिएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिकाको टीसीएन चोकमा १८ वटा गोरु लोड गरेको ना ६ ख ९१७७ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो । ढुवानी गरिरहेको अवस्थामा एउटा गोरुको ज्यान गएको प्रहरीले जनाएको छ । मृत गोरुलाई पशु चिकित्सकको रोहबरमाव्यवस्थापन […]
नेपालगन्ज, भदौ १४ गते । बाँके, बर्दिया, सुर्खेत, दाङ र कैलालीसम्मका सर्पदंशका विरामीलाई उपचारका लागि ल्याउने गरिएको नेपालगन्जस्थित भेरी अस्पताल सर्पदंशको उपचारमा अब्वल सावित भएको छ । सर्पदंशको उपचारलाई प्रभावकारी बनाउँदै भेरी अस्पतालले सोबाट हुने मृत्यु दरलाई शून्यमा झार्न सफल भएको छ । पछिल्ला वर्षहरुमा सर्पदंशका कारण अस्पतालमै धेरै विरामीले ज्यान गुमाउँदै आएकोमा यो वर्ष […]
काठमाडौँ, भदौ १४ गते । कप्तान रोहित पौडेलले अविजित सतक प्रहार गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय अभ्यास खेलमा दुई विकेटले विजयी भएको छ । शनिबार भएको अन्तिम अभ्यास खेलमा जितका लागि दुई सय ४३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.१ बलमा आड विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नेपालका लागि कप्तान रोहितले […]
डोटी राम्रो डडेलधुरा न्याउल्या, अछाम राम्रो साँफ्या न्याउल्या । मान्छे राम्रो मन मिल्याको न्याउल्या, चरी राम्रो डाफ्या न्याउल्या ।। गौरा र गायन । देउडा र दौँतरी । सुन्दर सुदूरपश्चिमको मौलिक गौरा संस्कृति यति बेला नेपाली संस्कृतिका रूपमा फैलिएको छ । प्राकृति, धार्मिक, सांस्कृतिक एवं सामाजिक विविधताको उर्वरभूमि सुन्दर सुदूरपश्चिमलाई चिनाउने धार्मिक एवं सांस्कृति पर्व हो– […]
कल्याणपुर (सप्तरी), भदौ १४ गते । घर परिवारको सुन्दर भविष्य बनाउने सपना बोकेर १३ वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका रुपनी गाउँपालिका–२ हरिरावाटोलका दिपककुमार राम सदाका लागि बिदा भएका छन् । विदेशमा श्रम बेचेर परिवारलाई खुशी दिने सपना बोकेका ३२ वर्षीय दिपक श्रीमती र दुई सन्तानलाई असहाय अवस्थामा छोडेर संसारबाट बिदा भएका हुन् । सोमबार […]
पञ्चकोशी (दैलेख), भदौ १४ गते । दैलेखको आठबीस नगरपालिका– ६ खड्केगडेनस्थित शिव आधारभूत विद्यालयको निर्माणाधिन भवन पर्याप्त बजेट नहुँदा अधुरो छाडिएको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१-०८२ मा सशर्त अनुदानमा दुई कोठे भवन निर्माण गर्ने भनेर १५ लाखको लागतमा निर्माण थालिएकोमा रकम नहुँदा भवन अधुरै रहेको हो । प्रदेश सरकारले सशर्त अनुदानमा दुई […]
मुक्तिनाथ (मुस्ताङ), भदौ १४ गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा धार्मिक तथा सांस्कृतिक ‘यार्तुङ’ पर्वमा आयोजित एक लाख नगद पुरस्कारको कदम घोडा दौड प्रतियोगिताको उपाधी ढुक्के विष्टले जित्नुभएको छ । लोमान्थाङ युवा क्लवको आयोजना तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ईलाका संरक्षण कार्यालय लोमान्थाङको आर्थिक सहयोगमा आयोजित मेलामा कदमतर्फ दोस्रो छेटुप गुरूङ, तेस्रो निमा वाङ्दी गुरूङले क्रमशः […]
काठमाडौँ, भदौ १४ गते । प्रधानसेनापति अशोकराज सिग्देल यही भदौ १० देखि १२ गतेसम्म थाई शाही सेनाको सहकार्यमा मित्रराष्ट्र अमेरिकी सेनाको ‘इन्डो–प्यासिफिक कमान्ड’द्वारा थाइल्यान्डको ‘हुअ हिन’ मा आयोजित ‘चिफ अफ डिफेन्स’ सम्मेलनमा भाग लिई स्वदेश फर्कनुभएको छ । प्रधानसेनापति सिग्देल शुक्रबार राति स्वदेश फर्कनुभएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ । उहाँलाई बलाधिकृत […]