काठमाडौँ, चैत २१ गते । नेपाली कांग्रेसले सङ्गठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन जरा अभियानको घोषणा गरेको छ । महामन्त्री प्रदीप पौडेलका अनुसार ७७ वटै जिल्ला र पार्टीको तल्लो तहसम्म पुग्ने गरी एक महिने जरा अभियान सञ्चालन गरिने भएको हो । कांग्रेसले ७७ वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिका लागि केन्द्रीय कार्यालय सानेपामा अभिमुखीकरण आयोजना गरेको […]
काठमाडौँ, चैत २१ गते । विभागीय टोली एपिएफ क्लब र गण्डकी प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सफलता हात पारेका छन् । जनकपुरमा शनिबार भएको खेलमा एपिएफले कर्णाली प्रदेशमाथि १० विकेटको सानदार जित निकाल्यो । यस्तै वीरगन्जमा भएको अर्को खेलमा गण्डकीले कोशी प्रदेशलाई ३९ रनले हरायो । जितका लागि कर्णालीले दिएको एक सय आठ […]
खोटाङ, चैत २१ गते । भौतिक पूर्वाधार विकास कार्यालयले सम्झौता गरेको दुई महिना बितिसक्दा पनि निर्माणको काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । कार्यालयसँग २६ योजनामा ठेक्का सम्झौता गर्ने १९ निर्माण कम्पनीले तोकिएको समयमा निर्माणको काम सुरु नगरेपछि सातभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिइएको हो । पूर्वाधार विकास कार्यालयले […]
तेहरान, चैत २१ गते । इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी समाचार एजेन्सी फर्सले जनाएको छ । फर्सका अनुसार, अमेरिकाको यो प्रस्ताव इरानलाई बिहीबार एक ‘मैत्रीपूर्ण’ देश मार्फत पठाइएको थियो । स्रोतले जनाए अनुसार, वाशिङटनले युद्धविराम सुनिश्चित गर्न कूटनीतिक प्रयास तीव्र बनाएको छ । यो कदम विशेष गरी कुवेतको बुबियान टापुमा इरानले […]
गाईघाट, चैत २० गते । उदयपुरको प्रशिद्ध रौतापोखरी क्षेत्रमा चैत अन्तिमसाता ‘प्रथम रौतामाई–त्रियुगा पर्यटन महोत्सव’को आयोजना गरिएको छ । चैत २९ गते देखि २०८३ वैशाख ३ गतेसम्म सञ्चालन गरिने उक्त महोत्सव त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको संयुक्त आयोजनामा हुने छ । आयोजकले पत्रकार सम्मेलन गरी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पर्यटन पूर्वाधार विकास, […]
सुदूरपश्चिम, चैत २० गते । प्राकृतिक तथा धार्मिक पर्यटनको प्रचुर सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेशमा अपेक्षित रूपमा पर्यटकीय गतिविधि सञ्चालन हुन सकेका छैनन् । पर्यटकीयस्थलको आवश्यक प्रवर्द्धनका साथै प्रचारप्रसारका लागि प्रभावकारी काम हुन नसक्दा पर्यटकको गतिविधि बढ्न नसकेको हो । यो प्रदेश भौगोलिक तथा जैविक विविधता, मौलिक संस्कृति र ऐतिहासिक तथा धार्मिक धरोहरका दृष्टिले भरिपूर्ण […]
बागलुङ (गलकोट), चैत २० गते । आगामी चैत २३ देखि २८ गतेसम्म चौथो संस्करणको जेसीज कप फुटबल प्रतियोगिता हुने भएको छ । बागलुङ जेसीजको आयोजनामा गण्डकी प्रदेश स्तरमा फुटबल प्रतियोगिताका हुन लागेको बागलुङ जेसीजकी अध्यक्ष अन्जिला श्रेष्ठले बताउनुभयो । विगत चार वर्षदेखि जेसिजले दुई लाख राशिको ‘जेसिज कप’ फुटबल प्रतियोगिता गर्दै आएको छ । युवाहरुलाई […]
घोराही, चैत २० गते । दाङका दस स्थानीय तहले आवामी आर्थिक वर्ष डेढ अर्ब बढी सङ्घीय सरकारबाट अनुदान प्राप्त गर्ने भएका छन् । आर्थिक वर्ष २०८३/८४ मा सङ्घीय सरकारबाट एक अर्ब ५५ करोड ५२ लाख अनुदान पाप्त गर्ने भएका हुन् । जिल्लामा दुई उपमहानगरपालिका, एक नगरपालिकासहित सात गाउँपालिकालाई राष्ट्रिय प्राकृति स्रोत वित्त आयोगले आगामी आर्थिक […]
काठमाडौँ, चैत २० गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २० र आलु रातो […]
तनहुँ, चैत २० गते । तनहुँका २२ वटै परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका जाँच तथा परीक्षण कार्य सुरु गरिएको छ । छिटो, व्यवस्थित र समयमै नतिजा प्रकाशन गर्ने उद्देश्यसहित सरकारले परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्न निर्देशन दिएपछि जिल्लाभर सोहीअनुसार कार्य अघि बढाइएको हो । शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका सूचना अधिकारी […]