सिन्धुपाल्चोक, असोज २० गते । प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटकीय स्थलको पहिचान, संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गरी बाह्य तथा आन्तरिक पर्यटक आकर्षित गर्न जुगल गाउँपालिकाले ‘जुगल भ्रमण वर्ष २०८३’ को तयारी तीव्र पारेको छ। गाउँपालिकामा प्रसिद्ध जुगल हिमालसहित दर्जनौँ हिमशृङ्खला, डल्ले पोखरी, घिच्चे झरना, स्यावल पोखरी, अमिलो पानी, खस्रे पार्क, दोमोङ पोखरीलगायतका पर्यटकीय स्थल […]
काठमाडौँ, असोज २० गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबिच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। विश्व बैंक समूहका अध्यक्ष बाङ्गाको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुग्नुभएका अर्थमन्त्री डा. वाग्ले र अध्यक्ष बाङ्गाबिच अमेरिकाको वासिङ्टन डीसीमा भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा अर्थमन्त्री डा. वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको […]
काठमाडौँ, असोज १८ गते । नेपाल आयल निगमले कर्णाली प्रदेशको सुर्खेतमा ४२० किलोलिटर (चार लाख २० हजार लिटर) क्षमताको इन्धन भण्डारणगृह निर्माण सुरु गरेको छ । कर्णालीमा इन्धनको आपूर्ति व्यवस्था सहज बनाउने उद्देश्यसहित डिजेल २८० किलोलिटर क्षमता (दुई लाख ८० हजार लिटर) र पेट्रोल १४० किलोलिटर (एक लाख ४० हजार लिटर) क्षमताको भण्डारणगृह निर्माण सुरु गरिएको […]
भैरहवा, असोज १८ गते । उत्तरी नाकाबाट हुने आयात सडक अवरोधका कारण प्रभावित भएपछि भारततर्फबाट सामान भित्र्याउने क्रम बढ्दा रुपन्देहीको भैरहवा भन्सार नाकामा मालवाहक सवारीको चाप बढेको छ । बाढीपहिरो र डुबानका कारण देशका विभिन्न सडकसमेत प्रभावित भएपछि भैरहवा नाकामा आइपुगेका मालवाहक सवारी गन्तव्यतर्फ पठाउनसमेत समस्या देखिएको छ । चीनसँग जोडिएका रसुवागढी, तातोपानी र कोरला नाकाबाट नियमित […]
तुलसीपुर (दाङ), असोज १८ गते । भापमा पाकेको तातो ढिक्री र थारू समुदायको परम्परागत स्वाद बोकेको घोंगी…। थारू भान्सामा परापूर्वकालदेखि पाक्दै आएका यस्तै मौलिक परिकारहरू अब गाउँघर र पर्वमा मात्र सीमित छैनन् । यी परिकारलाई बजारीकरण गरेर आम्दानीको स्रोत बनाउन थालिएको छ । शनिबार मात्रै दाङको घोराहीमा थारू समुदायका परम्परागत परिकारहरू उपलब्ध गराउने उद्देश्यले ‘ढिक्री […]
काठमाडौँ, असोज १६ गते । निजी क्षेत्रले पनि राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न सक्ने गरी विद्युत् नियमन आयोगले प्रसारण शुल्क निर्धारण गरेको छ । प्रसारण लाइन गणनासम्बन्धी मापदण्डका आधारमा यस्तो शुल्क निर्धारण गरिएको आयोगले जनाएको छ । प्रसारण लाइनमा खुला पहुँच स्थापित गराउने नीति अनुसार अयोगले प्राधिकरणमातहतका राष्ट्रिय प्रसारण ग्रिड प्रयोगका लागि शुल्क सार्वजनिक गरेको हो । आयोगका […]
रौतहट, असोज १६ गते । वर्षौँदेखि जीर्ण छानामुनि बस्दै आएका रौतहटको चन्द्रपुर नगरपालिका–१ मङ्गलपुरस्थित सुकुम्बासी बस्ती (नयाँबस्ती) का बासिन्दा घरमा नयाँ जस्तापाता लाग्न थालेपछि खुसी भएका छन् । २०५० सालको बाढीबाट विस्थापित जिल्लाका बाढीपीडित परिवारलाई पुनर्वासका लागि ताइवान सरकारको सहयोगमा निर्माण गरिएको उक्त बस्तीका घरका छाना जीर्ण भएर वर्षायाममा पानी चुहिने समस्या थियो । चन्द्रपुर […]
गलकोट (बागलुङ), असोज १६ गते । गलकोट नगरपालिका–९ को वडा कार्यालय भवन निर्माण भएको पाँच वर्ष मात्रै भएको थियो। तीन रोपनी जग्गामा निर्माण गरिएको भवनको रङसमेत बिग्रिएको थिएन। स्थानीयवासीको सहयोगमा जग्गा खरिद गरी नगरपालिकाको ८० लाख रुपियाँ लागतमा निर्माण गरिएको वडा कार्यालय भवन असोज ११ गते आएको बाढीले दरमखोलामा बगाएको छ। दरमखोलामा आएको बाढीको कटानले […]
वीरगन्ज (पर्सा), असोज १६ गते । वीरगन्ज नाका भएर रासायनिक मलको ठुलो परिमाण भित्रिएसँगै वीरगन्जमा रहेका कृषि सामग्री कम्पनीका सबै गोदाम भरिएका छन् । भारतबाट जिटुजी प्रक्रियामार्फत ठुलो परिमाणमा युरिया र डिएपी मल धमाधम भित्रिन थालेपछि कृषि सामग्री कम्पनीका १२ वटा र भाडामा लिइएका थप आठ वटा गरी २० वटै गोदाम भरिएका हुन् । कृषि सामग्री कम्पनीको […]
काठमाडौँ, असोज १५ गते । आन्तरिक उडानमा मनपरी हवाई भाडा असुल गर्ने तथा यात्रुलाई सङ्कट परेको मौका पारी टिकट बिक्री गर्नेले बढी भाडा लिएमा कसुर कायम गरी सजाय गर्ने प्रस्ताव गरिएको छ । आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सो व्यवस्था थप्न संशोधन प्रस्ताव गरिएको छ । राष्ट्रिय सभामा विचाराधीन आन्तरिक वायुसेवाको दायित्व […]