देशभर एचपिभी विरुद्धको खोप (फोटो फिचर)

काठमाडौँ, माघ २२ गते। मङ्गलबारबाट देशभर पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस  एचपिभीविरुद्धको खोप अभियान सुरु भएको छ। खोप अभियानमा कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका बालिकालाई खोप दिइएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार मङ्गलबारबाट सुरु भएको खोप अभियान फागुन ५ गतेसम्म देशभर सञ्चालन हुनेछ। देशभरका १९ […]

दक्षिण–पूर्वी एशियामा क्यान्सर रोकथाम गर्न क्षेत्रीय रणनीति सुरु

नयाँदिल्ली, माघ २१ गते ।  विश्व क्यान्सर दिवसको अवसरमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले दक्षिण–पूर्वी एशिया क्षेत्रमा बढ्दो क्यान्सर बोझलाई सम्बोधन गर्न आफ्नो निरन्तर प्रयासलाई निरन्तर अगाडि बढाएको छ । सङ्गठनले सदस्य राष्ट्र तथा साझेदारहरूसँग व्यापक क्यान्सर रोकथाम सन् २०२४–२०३० का लागि डब्ल्यूएचओ दक्षिण–पूर्वी एशिया क्षेत्रीय रणनीति विकास गर्न कामसमेत गरिरहेको छ । दक्षिण–पूर्वी एसियाका […]

क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता

झापा,  माघ २० गते । क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच  सम्झौता भएको छ । एयरलाइन्सको प्रमुख व्यापार अधिकृत युवराज विष्ट र पूर्वाञ्चल क्यान्सर अस्पतालका अध्यक्ष दुर्गा प्रसाईँले शनिबार सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सो अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने […]

जडीबुटी प्रशोधन केन्द्र अन्योलमा

सुर्खेत, माघ १७ गते  । सरकारको जडीबुटी प्रशोधन केन्द्र निर्माण योजना अन्योलमा परेको छ । सङ्घीय सरकारले कर्णाली प्रदेशलाई जडीबुटीको हब बनाउने भन्दै बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमा समेटेर उक्त योजना अघि सारिएको हो । कर्णाली प्रदेशलाई जडीबुटीको हबका रूपमा विकास गरी प्रदेशमा प्रचुर मात्रामा पाइने विभिन्न प्रकारका […]

खोप अभियानको तयारी पूरा

महोत्तरी, माघ १७ गते । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको तयारी अन्तिम चरणमा रहेको छ ।  जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जिल्लामा ४५ हजार ४६४ जना किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने जनाएको छ । स्वास्थ्य कार्यालयका प्रमुख नवलकिशोर साहले खोप आइसकेको तथा खोप लगाउने स्वास्थ्यकर्मीको तालिमसमेत अन्तिम चरणमा रहेको र जिल्लामा दुई चरणमा खोप […]

दोस्रो पटक क्यान्सरविरुद्धको खोप लगाइने

डडेलधुरा, माघ १७ गते । दोस्रो पटकमा डडेलधुराका सबै किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप लगाइने भएको छ । विद्यालय जाने किशोरीका हकमा कक्षा ६ देखि १० सम्ममा अध्ययनरत सबै र विद्यालय नजानेका हकमा १०–१४ वर्ष उमेर पुगेका सबैलाई खोप लगाइने स्वास्थ्य कार्यालय डडेलधुराका तथ्याङ्क अधिकृत जनक चन्दले बताउनुभयो । यही माघ २२ देखि फागुन ६ गतेसम्म […]

पुरुष यौनाङ्गको क्यान्सर

पुरुष यौनाङ्गको छाला वा तन्तुका कोष असामान्य वृद्धि भएर यौनाङ्गको क्यान्सर लाग्छ । प्रभावित पुरुषले सुरुमा आफ्नो यौनाङ्गमा गिर्खा पलाउने, घाउ (अल्सर) आउने, रगत मिश्रित स्राव एवं गनाउने स्राव बग्ने जस्ता लक्षण देखिन्छ । कतिपय अवस्थामा बोसो बढेर मासु पलाएको भन्ठानेर गलत उपचार गराइरहेको हुन्छ तर त्यो यस्तो क्यान्सर हुन्छ । कति छ समस्या त्यसो त यो क्यान्सर […]

बढ्यो वायु प्रदूषण

काठमाडौँ, माघ १२ गते । देशव्यापी रूपमा कतै घाम, कतै बादल र कतै हुस्सु–कुहिरोयुक्त मौसमसँगै वायु प्रदूषणको मात्रा आकासिँदै गएको छ । सुदूरपश्चिम र कर्णालीका केही भेगमा बदली र वर्षाको प्रणालीले वातावरण धुमिल बनाएको छ । मध्य नेपालको पहाडी भेगमा दुई दिनयता तापक्रम ह्वात्तै बढेको छ । तराईमा हुस्सु र कुहिरोको मात्रा बढेकाले धुम्म आकाश […]

तीन लाख बालिकालाई क्यान्सरविरुद्ध खोप

भैरहवा, माघ ४ गते ।  लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयले ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) को सहयोगमा सबै खोप नेपाल आएपछि सात वटै प्रदेशमा पठाएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशका दुई लाख ९८ हजार नौ सय १० जनालाई […]

भक्तपुरमा १७ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै

भक्तपुर, माघ  १ गते :  जिल्लाका १७ हजार छ सय ९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियानअन्तर्गत भक्तपुरमा १० दखि १४ वर्ष उमेर समूहका किशारीको पहिचान गरी एचपिभी खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल