लालबन्दीबाट गोसाइकुण्ड हिँडेका पाँच जना सम्पर्कविहीन

सर्लाही, भदौ ११ गते ।  सर्लाहीको लालबन्दीबाट मङ्गलबार बेलुका रुसुवाको गोसाइकुण्ड प्रस्थान गरेका पाँच जना बिहीबार बिहानसम्म सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीन हुनेहरुमा लालबन्दी नगरपालिका–५, मेजरगन्ज निवासी व्यवसायी एवं लायन्स क्लब लालबन्दीका पूर्व अध्यक्ष चिरञ्जीवी खतिवडा, शिक्षक कृष्णप्रसाद धमला, द्धारिका डङ्गोल, लालबन्दी नगरपालिका–९, बस्तीपुर घरभई काठमाडौँ बस्दै आउनुभएका माधव काफ्ले र नाम खुल्न नसकेका एक […]

हवाई भाडा वृद्धि नगर्न क्यानको आग्रह

काठमाडौँ, भदौ १० गते । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्राकृतिक विपत्तिको विषम परिस्थितिमा हवाई भाडा वृद्धि नगर्न वायुसेवा कम्पनीलाई आग्रह गरेको छ । क्यानले विज्ञप्ति जारी गर्दै आन्तरिक उडानतर्फका वायुसेवा कम्पनीलाई उक्त आग्रह गरेको हो । “हाल देशमा उत्पन्न बाढी तथा प्राकृतिक विपत्तिको विषम् परिस्थितिमा सर्वसाधारणको आवागमनमा सहजता र हितलाई मध्यनजर गर्दै नेपाल सरकारबाट […]

प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपदमा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस्

काठमाडौँ, भदौ १० गते । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीले तटीय क्षेत्रमा पुर्याएको क्षतिबाट विपदमा परेका नागरिकको खोज, उद्धार र राहतको कार्यमा राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज साँझ प्रधानमन्त्री शाहलाई टेलिफोन गरी सो विपदबारे जानकारी लिँदै पीडामा परेका जनताको उद्धार, […]

बाढी प्रभावितलाई सन्धिखर्कका कर्मचारीले एक हप्ताको तलब सहयोग गर्ने

अर्घाखाँची, भदौ १० गते ।  सन्धिखर्क नगरपालिकाका १६८ कर्मचारीले भोटेकोशी नदीको बाढीबाट प्रभावितको उद्धार, राहत र पुनः स्थापनाका लागि एक हप्ताको तलब सहयोग गर्ने भएका छन् । भोटेकोशीमा गएको बाढीबाट भौतिक तथा मानवीय क्षति भएपछि सन्धिखर्क नगरपालिका कर्मचारीले राहत तथा पुनः स्थापनाका लागि कर्मचारीले एक हप्ताको तलब बराबरको रकम विपद् राहत कोषमा जम्मा गर्ने निर्णय […]

रास्वपाले बाढीपीडितका लागि ५० लाख दिने, ‘र्याट’ परिचालन गर्ने

काठमाडौँ, भदौ १० गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ५० लाख रुपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । साथै, प्रभावित क्षेत्रमा उद्धार र राहतमा सघाउन पार्टीका समिति, सदस्य तथा शुभचिन्तकलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी र्यापिड याक्सन टिम (र्याट) मार्फत सक्रिय परिचालन गर्ने निर्णय […]

रसुवा बाढीपछि प्रधानमन्त्री शाहको देशबासीको नाममा सम्बोधन

काठमाडौँ, भदौ १० गते । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, खोज तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारको सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताउनुभएको छ। देशवासीका नाममा सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले बाढीबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ। […]

रसुवा बाढी प्रभावितको लागि बुढानीलकण्ठले १५ लाख ७२ हजार सहयोग गर्ने

काठमाडौं , भदाै १० गते ।  रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउन बुढानीलकण्ठ नगरपालिकाले १५ लाख ७२ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाको २०८३ भदौ १० गते बसेको बैठकले नगरपालिकाका तथा मातहतका कार्यालयमा कार्यरत कर्मचारीबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा […]

रसुवा बाढी प्रभावितको उद्धार र उपचारमा गोकर्णेश्वर नगरपालिकाको सहयोग

काठमाडौं भदौ १० गते। रसुवा जिल्लाको भोटेकोशी, त्रिशूलीलगायतका नदीमा आएको भीषण बाढीका कारण रसुवा जिल्ला तथा आसपासका सीमा जोडिएका जिल्लाहरुमा जनधनको क्षति भएपछि गोकर्णेश्वर नगरपालिकाले विपद् प्रभावितको उद्धार तथा उपचारमा सहयोग गर्ने भएको छ। बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित नागरिकहरुप्रति गोकर्णेश्वर नगरपालिकाले दुःख व्यक्त गर्दै विपद्मा परेका तथा घाइते नागरिकको उद्धारका लागि दुईवटा एम्बुलेन्स […]

रसुवाको बाढीः त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए

चितवन, भदौ १० गते ।  तिब्बतबाट आएको बाढीसँगै चितवनका त्रिशूली र नारायणी नदीमा १८ वटा शव भेटिएको छ । कुरिनटारदेखि नारायणगढको लिला चोकसम्म ती शव भेटिएका हुन् । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार साँझ ६:०० बजेसम्म ठाउँ-ठाउँमा ती शव भेटिएका हुन् । सुरक्षा निकायले नदी तटीय क्षेत्रमा उच्च सतर्कताका साथ बगेर आएका शव निकाल्ने […]

श्रेष्ठ र आचार्य सद्भावना दूत

काठमाडौँ, भदौ १० गते ।  वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘बाँचुन्जेल रक्तदान, मरणोपरान्त नेत्रदान’ अभियानको सद्भावना दूत घोषणा गरिएको छ । तेरापन्थ युवक परिषद्, काठमाडौँले सञ्चालन गर्दै आएको रक्तदान तथा नेत्रदानसम्बन्धी अभियानलाई थप प्रभावकारी र व्यापक बनाउने उद्देश्यले मह जोडीलाई सद्भावना दूत बनाइएको हो । परिषद्ले आयोजना गरेको कार्यक्रममा कलाकारद्वयलाई औपचारिक रूपमा अभियानको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ