मुख्यमन्त्री शाह विश्वासको मत लिने तयारीमा

धनगढी, साउन २८ गते । बहुमत गुमाएको एक महिना पुग्न लागेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ । उहाँले बिहीबार प्रदेश सभाबाट विश्वासको मत लिने प्रदेश सभा सचिवालयले जनाएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि प्रदेश सभालाई पत्र पठाएपछि ५ बजे सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज […]

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ, साउन २८ गते । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । बिहीबार अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुँदै छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ ले सो प्रस्ताव पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।

आज मिति २०८३ साउन २८ गते , 13 Aug 2026 , बिहीबार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज विद्वान् तथा गुरुजनको साथ र प्रेरणा मिल्नेछ । आफ्नो प्रतिभा देखाउने अवसर पाउनुका साथै अतिरिक्त क्रियाकलापबाट पनि नाम कमाउन सकिनेछ । मान सम्मान र प्रतिष्ठा बढ्ने समय छ । आफूले सोचेको काम पूरा हुने सम्भावना रहेपनि नयाँ नयाँ महत्वाकांक्षा बढ्दै जानेछ । बोली र […]

शासनमाथिको विवेकसम्मत प्रश्नले लोकतन्त्रलाई प्राण दिन्छ : राष्ट्रपति पौडेल

ललितपुर, साउन २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले शासनमाथि गरिने विवेकसम्मत प्रश्नले लोकतन्त्रलाई प्राण दिने बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अनलाइन खबर डटकमद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शासनमाथि गरिने विवेकसम्मत प्रश्नले लोकतन्त्रलाई प्राण दिने बताउनुभएको हो । राष्ट्रपति पौडेलले भन्नुभयो, “युवा भोलिको मात्र होइन, आजकै साझेदार, सर्जक र परिवर्तनकर्ता हुनुहुन्छ । […]

कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछः मन्त्री चौधरी

काठमाडौँ, साउन २७  गते ।  कृषि वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सरकारले कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गर्ने विषय मूल प्रथमिकतामा राखेको बताउनुभएको छ । अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले युवाको सहभागिता विस्तारमार्फत नवीन सोच, ऊर्जा र केही गरौँ भन्ने भावनालाई राष्ट्रको समृद्धिमा उपयोग गर्नुपर्ने धारणा व्यक्त […]

पर्वतमा ९५ प्रतिशत धान रोपाइँ, पाँच प्रतिशत खेत बाँझै

पर्वत, साउन २७ गते । पर्वतमा यस वर्ष ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लाको मुख्य खाद्यान्न बालीका रूपमा रहेको धान खेतीका लागि लक्ष्य निर्धारण गरिएको क्षेत्रफलमध्ये पाँच प्रतिशतमा रोपाइँ हुन नसकेको कृषि विकास कार्यालय पर्वतले जनाएको छ । समयमै मनसुन सक्रिय नहुनु, पर्याप्त वर्षा नहुनु, कृषिजन्य जनशक्तिको अभाव तथा धान खेतीप्रतिको घट्दो […]

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौँ, साउन २६ गते ।  अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र ‘डिजिटलाइजेसन’ गरी सुरक्षित गरिनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा गतवर्ष भदौ २३ र २४ गते जलेका स्रेस्ताका कारण १७९ कार्यालयको महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षा गर्न नसकेको विषयको छलफलका क्रममा उहाँले पहिले सरकारी कागजातलाई ‘डिजिटाइज’ र ‘डिजिटलाइजेसन’ गरी सुरक्षित […]

जुट मिल पुनः सञ्चालन अध्ययन गर्न कार्यदल

काठमाडौँ, साउन २७ गते । सरकारले विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान महाशाखा प्रमुख एवं सहसचिव रामबन्धु सुवेदीको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव र कानुन, न्याय तथा संसदीय मामिला […]

गमगढी बजारमा नौ दिनदेखि खानेपानीको हाहाकार

मुगु, साउन २८ गते । जिल्ला सदरमुकाम गमगढी बजारमा नौ दिनदेखि नियमित खानेपानी आपूर्ति नहुँदा स्थानीयवासी काकाकुल भएका छन् । खानेपानी आपूर्ति अवरुद्ध भएपछि बजारवासी, विद्यार्थी, सरकारी कार्यालयका कर्मचारी, व्यवसायी तथा सेवाग्राहीलाई दैनिक उपभोगका लागि आवश्यक पानी जुटाउन समस्या भएको छ । मुगुम कार्मारोङ गाउँपालिका–९ की बिजकला बुढाका अनुसार लगातार नौ दिनसम्म खानेपानी नआउँदा बालबालिकालाई […]

उद्यमशीलता विकासका लागि ब्याजमा अनुदान

मकवानपुर, साउन २७ गते  । बागमती प्रदेश सरकारले प्रदेशभर उद्यमशीलता विकास र रोजगारी सिर्जनाका लागि सहुलियतमा ऋण अनुदान दिने भएको छ । प्रदेश सरकारले कृषि, उद्योग, पर्यटन, व्यापार, सूचना प्रविधि तथा स्र्टाटअप व्यवसाय कार्यक्रममार्फत उद्यमशीलता विकास र रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋणमा लाग्ने व्याजमा अनुदान प्रदान गर्ने भएको हो । प्रदेश सरकारले वैदेशिक रोजगारीबाट फर्किएका दक्ष जनशक्ति, […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ