फुङ्लिङ, कात्तिक ३ गते । ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् । टिपाइको मुख्य याम चलिरहेका बेला उनीहरू दसैँ–तिहारको उत्सवभन्दा बढी बगानमै रमाइरहेका छन् । बिहानदेखि बेलुकीसम्म बगानमै खटिएका किसान धेरैजसो रात पनि भट्टिमै बस्ने थालेका छन् । फक्ताङलुङ गाउँपालिका–६ का किसान रोशन लिम्बूका अनुसार गाईबस्तु भएका किसानका केही सदस्य मात्र बेलुका घर […]
पाख्रीबास (धनकुटा), कत्तिक ३ गते । नेपालीहरुको दोस्रो महान चाड तिहार सुरु भएसँगै धनकुटा छोटे सार्कीलाई यतीबेला मादल बनाउन भ्याइनभ्याई छ । गएका वर्ष झै तिहारमा मनोरञ्जनका लागि बजाइने मादल यस वर्ष पनि माग बढेसँगै मादल बनाउन उहाँलाई भ्याइनभ्याई भएको हो । धनकुटा नगरपालिका–१, स्थित गैरी टोलमा छोटे भनेर चिनिने उहाँलाई तिहार लागेसँगै यतिबेला मादल […]
खोटाङ, कात्तिक २ गते । बाढीले तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन स्थानीयले श्रमदानमार्फत काठको पुल निर्माण गरेका छन् । गत भदौ १७ गते आएको भीषण बाढीले ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन केपिलासगढी गाउँपालिका–१ फेदी, सोही गाउँपालिकाको वडा नं २ खार्ताम्छा र वडा नं ३ बास्पानीका […]
ढोरपाटन (बागलुङ), कात्तिक २ गते । ढोरपाटन नगरपालिका–४ खुङ्गाकी रिममाया बुढाथोकी सात वर्षअगाडि छोराछोरी पढाउनका बागलुङ बजार झर्नुभएको थियो । गाउँबाट बजार झर्नुभएकी रिममायालाई सुरुमा घुलमिल हुन निकै गाह्रो भएको थियो । बिहान बेलुका छोराछोरीसँग बिताए पनि दिनमा एक्लै बस्नुपथ्र्यो । दिनमा केही काम गर्ने सोच बनाए पनि बजारमा काम पाइएन । आफू बस्ने ठाउँ […]
दमौली (तनहुँ), असोज ३० गते । यहाँको म्याग्दे गाउँपालिकाका महिलाहरू सयपत्री फूलखेतीमा लागेका छन् । गाउँपालिकाले ७५ प्रतिशत अनुदान प्रोत्साहन गरेपछि म्याग्दे गाउँपालिका–४ का महिलाहरू फूलखेतीमा आकर्षित भएका हुन् । यहाँका महिलाहरू छिम्केश्वारास्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक समूहमा आबद्ध भएर सामूहिक फूलखेतीमा लागेका हुन् । तरकारी तथा अन्य फलफूलखेती गरिरहेका महिलाहरू पहिलो पटक सयपत्री […]
काठमाडौँ, असोज २८ गते । नेपालको पुँजी बजार नियमन गर्ने दुई प्रमुख निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारी सेवा सुविधा कटौतीको विरोधमा निरन्तर आन्दोलनमा उत्रिएपछि दुवै संस्थाको कार्यसम्पादन ठप्प भएको छ । आन्दोलनले धितोपत्र दर्तादेखि बजार नियमनसम्मका सबै प्रक्रिया प्रभावित भएका छन्, जसले लगानीकर्ता र पुँजी बजारमै गम्भीर प्रभाव पार्न […]
भोजपुर,असोज २७ गते । भोजपुरमा काठका विभिन्न घरेलु भाँडाकुडा बनाउने परम्परागत ‘चुदारा पेसा’ को अस्तित्व सङ्कटमा परेको छ । नयाँ पुस्ताले पेसाप्रति चासो नदेखाउँदा र बजारमा प्लास्टिक तथा धातुका सामग्रीको प्रयोग बढ्दै जाँदा यो पूर्खौली सीप हराउने अवस्थामा पुगेको हो । विगतमा धेरैको सङ्ख्यामा मानिस यस पेसामा आवद्ध रहे पनि अहिले सीमित व्यक्तिले मात्र परम्परा […]
घोराही (दाङ)असाेज ११ गते। घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा आजभोलि सयपत्रीका फूल ढकमक्क फुलेका छन् । उहाँले बाह्रै महिना यसैगरी फूलको व्यावसायिक खेती गर्दै आउनुभएको छ । बेसिजन अर्थात् बेमौसमी याममा पनि उहाँ फूल, माला बिक्री गर्दै आएको बताउनुहुन्छ । चाडपर्वमा मात्र नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेको हुन्छ । व्यावसायिक रूपमा फूलखेती […]
राजविराज, असोज ४ गते । एक समय भरतकुमार यादव इँटाभट्टा सञ्चालन गर्नुहुन्थ्यो । त्यसमा घाटा भएपछि उहाँ निराश बन्नुभयो । तर जीवनको बाटो यहीँ सकिएन । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९, लक्षणपट्टिका यादवले इँटाभट्टाको विकल्प खोज्दै व्यावसायिक माछापालनमा पाइला चाल्नुभयो । आज उहाँ सप्तरीको शम्भुनाथ नगरपालिका–४, सखुवामा स्थापित “शम्भुनाथ माछा फर्म“ का सफल सञ्चालक मात्र होइन, माछा […]
काठमाडौं, भाद्र २२ गते । नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय समितिको आठौं बैठक काठमाडौँमा सम्पन्न भएको छ। बैठकमा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका सम्पूर्ण पदाधिकारी, ट्रेड युनियन कांग्रेसका केन्द्रीय समितिका सदस्यहरू, सातवटै प्रदेश समितिका अध्यक्षहरू, २७ वटै आबद्ध सङ्घका अध्यक्षहरू, महिला समिति तथा युवा समितिका अध्यक्षसहितको उपस्थितिमा बैठक सम्पन्न भएको हो। बैठकमा महासङ्घका महासचिव […]