सामाजिक सुरक्षा कोषमा जोडिँदै धुर्कोट

रेसुङ्गा (गुल्मी), चैत १८ गते। सामाजिक सुरक्षा कोष र धुर्कोट गाउँपालिकाबीच कोषबाट सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपालको संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ। धुर्कोट गाउँपालिकाले प्रारम्भिक चरणमा करारका कर्मचारी, नगर प्रहरी, विद्यालय कर्मचारी तथा बालविकास सहयोगीलाई कोषमा आबद्ध गर्ने […]

अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी

काठमाडौँ, चैत १६ गते । सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ  । यसअघि टोकन लिएर तोकिएको दिनमा मात्रै स्वीकृति दिने व्यवस्था थियो । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहको उपस्थितिमा बसेको बैठकले सहज रुपमा श्रम स्वीकृति दिने निर्णय […]

ट्रेड युनियन कांग्रेस राष्ट्रिय महिला समितिद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं, फागुन २४ गते। ११६औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय महिला समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ट्रेड युनियन कांग्रेस राष्ट्रिय महिला समिति अध्यक्ष प्रमिला ढुङ्गानाको अध्यक्षतामा “सबै महिला र बालबालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने नाराका साथ काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रमकाे प्रमुख […]

नेपाल टेलिकम वर्कर्स युनियनद्वारा होली मिलन कार्यक्रम सम्पन्न

काठमाडौँ, फागुन १८गते । नेपाल टेलिकम वर्कर्स युनियन (NTCWU) केन्द्रीय समितिको आयोजनामा आज होली मिलन कार्यक्रम सम्पन्न भएको छ। नेपाल टेलिकम वर्कर्स युनियन केन्द्रीय समितिको आयोजनामा नेपालीहरूको महान् चाड होली पर्वको अवसरमा होली मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम उल्लासपूर्ण तवरले काठमाडौँको बबरमहलमा सम्पन्न भएको हो। कार्यक्रममा , नेपाल टेलिकम वर्कर्स युनियनका केन्द्रीय अध्यक्ष लगायत पदाधिकारी […]

साउदी अरबसँग श्रम सम्झौता

काठमाडौँ, माघ १३ गते । नेपालीको प्रमुख श्रम गन्तव्य देश साउदी अरबसँग करिब डेढ दशकको निरन्तरको प्रयासपछि श्रम सम्झौता भएको छ । साउदी अरबको रियादमा आयोजित समारोहमा नेपाल र साउदी अरब सरकारबिच श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्धन गर्ने सम्बन्धमा हस्ताक्षर भएको हो । सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री […]

‘हामीलाई सामाजिक सुरक्षा कोषमा आबद्धता कहिले ?’

काठमाडौँ, पुस १० गते । सामाजिक सुरक्षा कोषमा आबद्ध हुन चाहनेको सङ्ख्या बढ्दो छ तर सबैले चाहे अनुसार कोषमा आबद्धता हुन सकेको छैन । त्यस्तै समस्याको जानकारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले रोचक तरिकाले सुनाउनुभयो । उहाँले सामाजिक सुरक्षासम्बन्धी कार्यक्रममा आउँदै गर्दा आफ्नै चालकले सोधेको प्रश्नको उत्तर दिन नसकेर लज्जित हुनु परेको कुरा […]

दैनिक छाक टार्न राप्ती बगरमै संघर्ष

हेटौँडा, पुस १० गते । हेटौँडा उपमहानगरपालिका–१३, वनस्पतिकी ५५ वर्षीय लक्ष्मीमाया भ्लोनलाई सधैँ दैनिक छाक टार्ने चिन्ताले सताइरहन्छ । २०५० सालमा पूर्वी मकवानपुरको बागमती गाउँपालिका–राइगाउँमा आएको बाढीले खेतबारी बगरमा परिणत भएपछि उहाँ सुकुम्वासी बस्तीमा बस्न बाध्य हुनुभयो । विस्थापित भएर हेटौँडा आएको ३० वर्ष बितिसक्दा पनि उहाँको जीवन संघर्ष उस्तै छ । भ्लोन र उहाँका […]

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ, पुस ३ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशीक रोजगारीका नाममा ठगी गर्नेलाई उम्किन नदिन केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीसहितको विशेष संयन्त्र निर्माणको तयारी गरिएको बताउनुभएको छ । अन्तरराष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगारी यसका लागि सिआइबीलाई पत्र पठाएको उल्लेख गर्दै चेलिबेटी बेचविखन, अपराध महाशाखालगायत […]

आरन र काठको काम गर्ने २७ श्रमीक सम्मानित

रेसुंगा(गुल्मी), मङ्सिर २९ गते ।  गुल्मीको धुर्कोट गाउँपालिका–३ हाडहाडेका २७ जना श्रमीकलाई सम्मान गरिएको छ । वडा कार्यालयको नियमित कार्यक्रमअन्तर्गत लामो समयदेखि काठेकर्मी र आरन सञ्चालन गरेका श्रमीकहरुलाई सम्मान गरिएको धुर्कोट गाउँपालिका–३ हाडहाडेका वडाध्यक्ष पदम बिष्टले बताउनुभयो । वडा कार्यालयले बर्सेनी फरकफरक श्रम गर्नेहरुलाई सम्मान गर्दै आएको छ । गत वर्ष कटुवाल, हुलाकी, उत्कृष्ट बिषयगत […]

धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

बेलबारी (मोरङ), मङ्सिर २८ गते । जिल्लामा बेमौसमी वर्षाका कारण यस वर्ष  धान उत्पादन घटेको छ । धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङमा गत वर्षभन्दा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो । मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्रमुख दीपा देवका अनुसार कात्तिक दोस्रो साताको बेमौसमी वर्षाले धानखेतीमा क्षति पुग्दा उत्पादन […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ