काठमाडौँ, फागुन १८गते ।
नेपाल टेलिकम वर्कर्स युनियन (NTCWU) केन्द्रीय समितिको आयोजनामा आज होली मिलन कार्यक्रम सम्पन्न भएको छ।
नेपाल टेलिकम वर्कर्स युनियन केन्द्रीय समितिको आयोजनामा नेपालीहरूको महान् चाड होली पर्वको अवसरमा होली मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम उल्लासपूर्ण तवरले काठमाडौँको बबरमहलमा सम्पन्न भएको हो।
कार्यक्रममा , नेपाल टेलिकम वर्कर्स युनियनका केन्द्रीय अध्यक्ष लगायत पदाधिकारी तथा सदस्यहरू, नेपाल ट्रेड युनियन कांग्रेसका राष्ट्रिय अध्यक्ष योगेन्द्रकुमार कुँवर,नेपाल सार्वजनिक सेवा कर्मचारी सङ्घका राष्ट्रिय अध्यक्ष राजेन्द्रप्रसाद दाहाल, युएनआई नेपाल का अध्यक्ष शंकर लामिछाने, नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपमहासचिव कुलबहादुर खड्का, नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य कृष्ण अर्याल , नेपाल निर्माण सम्बद्ध श्रमिक संघका राष्ट्रिय अध्यक्ष प्रदीप आचार्य, नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँ जिल्ला अध्यक्ष देवीप्रसाद भुसाल , ट्रेड युनियन नेता सूर्य नेपाललगायत ट्रेड युनियन कर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा अलायन्स खबरका संवाददातासँगको कुराकानीमा ट्रेड युनियन कांग्रेसका राष्ट्रिय अध्यक्ष योगेन्द्रकुमार कुँवरले , होली पर्व केवल रङ खेल्ने पर्व मात्र नभई गहिरो धार्मिक तथा नैतिक सन्देश बोकेको पवित्र पर्व भएको र असत्यमाथि सत्यको विजयी हुँदा उत्सवका रुपमा मनाइने पर्व भएकाले यस्ता किसिमका पर्वहरूले ट्रेड युनियन कर्मीहरूको आपसमा आत्मीयता थप प्रगाड हुने र सो बलले ट्रेड युनियन आन्दोलनलाई थप उचाइमा पुर्याउन सकिने बताउनुभयो ।
उक्त अवसरमा सहभागीहरूले एकअर्कामा रङ दलेर आपसी सद्भाव, एकता र सहकार्यको सन्देश दिएका थिए। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।