alliance khabar

बिहिबार, पुष ०३, २०८२

काठमाडौँ, पुस ३ गते ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशीक रोजगारीका नाममा ठगी गर्नेलाई उम्किन नदिन केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीसहितको विशेष संयन्त्र निर्माणको तयारी गरिएको बताउनुभएको छ ।

अन्तरराष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगारी यसका लागि सिआइबीलाई पत्र पठाएको उल्लेख गर्दै चेलिबेटी बेचविखन, अपराध महाशाखालगायत सबै टोलीलाई सक्रिय बनाएर विशेष संयन्त्र तयार गर्न लागिएको बताउनुभयो ।

“वैदेशिक रोजगारका नाममा ठग्ने र दुःख दिने जुनसुकैलाई  कानुनी कठघरामा ल्याउछौँ”, उहाँले भन्नुभयो, “सुशासनको सुरुवात गर्ने एउटा आधार यो हो ।” उहाँले सिआइबी टोली मन्त्रालयमा बोलाएर संयन्त्र खडा गर्ने प्रक्रियाअघि बढेको बताउनुभयो ।

मुलुकलाई आत्मनिर्भर बनाउन स्वदेशमै परिश्रम गर्ने वातावरण मिलाउन अहिलेको सरकार लागेको उल्लेख गर्दै उहाँले आप्रवासन जनशक्तिको सम्मान र सदुपयोग गर्न जरुरी रहेको बताउनुभयो ।

छोटो समयका लागि विशेष परिस्थितिमा मन्त्री बन्न आएको भए पनि वैदेशिक रोजगार व्यवस्थित बनाउन आफूले दिनरात नभनी जिम्मेवारी पूरा गर्ने बताउनुभयो ।

त्यस अवसरमा नेपाल लेवर माइग्रेसन रिपोर्ट २०२४ सार्वजनिक गरिएको थियो । श्रम मन्त्रालय र इन्टरनेशनल लेवर अर्गनाइजेशन ९आएएलओ० को संयुक्त सहकार्यमा तयार पारिएको उक्त प्रतिवेदन हरेक दुई वर्षमा प्रकाशन हुने गर्छ ।

आइएलओका देशीय निर्देशक नुमान ओज्कानले जुन सुकै देशका आप्रवासीको हकहित र सुरक्षाका लागि सबैको सहकार्य आवश्यक हुने बताउनुभयो । नेपाल सरकारसँग आप्रवासनको नीतिगत सुधार, श्रमिक अधिकार र व्यवस्थापनमा आइएलओ हातेमालो सधँै सकारात्मक रहँदै आएको उहाँले प्रष्ट पार्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव डा कृष्णहरि पुस्करले आप्रवासन संस्कृतिलाई रोक्न नसकिने हुँदा यसको सही व्यवस्थापनमा रणनीति बनाएर जानु नै उपयुक्त हुने धारणा राख्नुभयो । मन्त्रालयले सप्ताहव्यापी रुपमा अन्तरराष्ट्रिय आप्रवासन दिवस मनाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल