स्थानीय तहको सेवा प्रवाह

अधिकांश स्थानीय तहमा कर्मचारीको नेतृत्वमा भएका नियमित कामबाहेक जनताले अनुभूत गर्ने खास काम भएको देखिँदैन । स्थानीय तहमा अहिले धमाधम विकास निर्माण र सेवा प्रवाहको काम भइरहनुपर्ने हो तर कर्मचारी अभावमा ती काम निरन्तर अघि बढ्न सकेका छैनन् । मुलुक सङ्घीयतामा गएपछिको सुरुवाती अवस्थामा जनप्रतिनिधिबिचको असमझदारीले कामको स्पष्ट बाँडफाँट हुन सकेको थिएन । त्यति बेला केन्द्र […]

नेपालमा २२ देशका मुद्रा खरिद विक्री

काठमाडौँ, मङ्सिर ७ गते ।  नेपालमा २२ देशका मुद्रा खरिद विक्री हुन थालेको छ । यस अघि २१ देशका मुद्राको कारोवार गर्दै आएको नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा कारोवार सुरु गरेसँगै २२ देशको मुद्राको कारोवार सुरु भएको विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक राजेन्द्र भट्टराई जानकारी दिनुभयो । केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा […]

दाङमा धान उत्पादन बढ्यो

दाङ, मङ्सिर ७ गते : गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका  सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । […]

हवाई भाडामा कडाइ

नेपालको मुख्य विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाह्य उडानको भाडा चर्को वृद्धि भएसँगै यसको बहुआयामिक दुष्प्रभाव परेको छ । मर्मत तथा विस्तारका निम्ति गत कात्तिक २३ गतेदेखि रातिको निश्चित समय विमानस्थल बन्द गर्नुपर्ने बाध्यतालाई विमान सेवा कम्पनीहरूले भाडा बढाउने बहाना बनाएका छन् । भाडामा अत्यधिक वृद्धि गरिएपछि नेपालबाट काम गर्न जाने श्रमिकहरू चर्को मारमा परेका छन् […]

सहकारीका समस्या सम्बोधन गर्न कानुन संशोधनको तयारी

काठमाडौँ, मङ्सिर ७ गते :  बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्नमाथि कानुनी कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले संस्थागत सुशासन र नियमनका लागि आधा दर्जन कानुन परिमार्जनको प्रक्रिया पनि अगाडि बढाएको छ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समितिको प्रतिवेदनको सुझाव तथा तत्कालीन समस्या सम्बोधनका लागि कानुन संशोधनको तयारी गरिएको हो । संसद्को […]

कर्मचारीले गरे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तालाबन्दी

जुम्ला, मङ्सिर ४ गते ।  जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तालाबन्दी भएको छ । त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीले प्रतिष्ठानमा ताला लगाएका छन् । बढुवा र स्तरवृद्विको माग सम्बोधन नभएको भन्दै ५८ जना शिक्षक कर्मचारीले प्रतिष्ठानमा तालाबन्दी गरेका हुन् । तालाबन्दीका कारण त्यहाँका पठनपाठन नै बन्द भएको छ । यस्तै उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारलगायत […]

बन्द भृकुटी कागज कारखानाका मजदुरले तलब पाउने

गैँडाकोट, कात्तिक २५ गते ।  नवलपरासीपूर्वको गैँडाकोटमा अवस्थित भृकुटी कागज कारखाना लिमिटेडका मजदुरले कारखाना बन्द हुनुअघिको तलबभत्ता पाउने भएका छन् । १३ वर्षदेखि बन्द भृकुटी कागज कारखाना अहिले खण्डहरमा परिणत भइसकेको छ भने मेसिन काम नलाग्ने भइसकेका छन् । यहाँ कार्यरत मजदुरले कारखाना बन्द हुुनुअघिको तलबभत्ता पाएका थिएनन् । नेपाल टे«ड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष ललित श्रेष्ठले उक्त तलबभत्ता […]

मलेसियामा कोटा स्थगित

काठमाडौँ, कात्तिक २४ गते । मलेसिया सरकारले नयाँ आप्रवासी श्रमिकको कोटा स्थगित गरेको छ । मलेसिया सरकारले तत्कालका लागि नयाँ आप्रवासी श्रमिकको कोटा स्थगित गरेको मलेसियामा रहेको नेपाली दूतावासले जानकारी गराएको हो । दूतावासका अनुसार मलेसिया सरकारले सार्वजनिक गरेको निर्णयमा आप्रवासी श्रमिक पर्याप्त भएको र हाललाई आवश्यक नपर्ने उल्लेख छ । मलेसियामा आप्रवासी श्रमिकको सङ्ख्या […]

नेपालमा सम्पन्न ITUC-AP सम्मेलन: श्रम बजारमा जलवायु परिवर्तन र श्रमिकका समस्यामा गम्भीर छलफल

काठमाडौँ, असोज अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (ITUC) एसिया प्रशान्त क्षेत्रीय परिषद (ITUC-AP) को महत्वपूर्ण बैठक असोज २२ र २३ गते नेपालमा सम्पन्न भयो । सम्मेलनको उद्घाटन नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले गर्नुभएको थियो। कार्यक्रममा ITUC-AP का सदस्य देशहरू र आवद्ध महासंघहरूका प्रतिनिधिहरूको व्यापक सहभागिता रहेको थियो। नेपालमा नेपाल ट्रेड युनियन कांग्रेस, जिफण्ट, र […]

समतामूलक समाज निर्माणका लागि सामाजिक सुरक्षा र प्रगतिशील कर प्रणाली आजको आवश्यकता: अध्यक्ष योगेन्द्र कुमार कुँवर

काठमाडौँ,असोज पीएसआई र एफइएसको संयुक्त आयोजनामा असोज ७ र ८ गते काठमाडौँमा सञ्चालन भएको (Natoinal Economic Justice Meeting –   Nepal)नेशनल इकोनोमी जस्टिक मिटिङमा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष तथा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC )का अध्यक्ष योगेन्द्र कुमार कुँवरले समतामूलक समाज निर्माणका लागि सामाजिक सुरक्षा र प्रगतिशील कर प्रणाली आजको आवश्यकता रहेको बताउनुभयो। उहाँले […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल