दाङ, चैत १ गते । दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले परिवर्तन र सुशासन कायम गर्ने आफ्नो प्रतिबद्धतामा कुनै कमी हुन नदिने बताउनुभएको छ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेललाई भारी मतान्तरले पराजित गर्दै विजयी भएपछि चर्चामा आएका आचार्यले आफूले निर्वाचनका क्रममा सुशासन र परिवर्तन ल्याउछु […]
काठमाडौँ, चैत १ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन, बिपीनगर, ललितपुरमा बस्नेत भएको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलोपटक कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको […]
काठमाडौँ, फागुन ३० गते । सरकारले इरानी नागरिकलाई नेपाल आउँदा दिँदै आएको आगमन प्रवेशाज्ञा (अनअराइभल भिसा) बन्द गरेको छ । पश्चिम एसियाका देशमा जारी तनावका कारण राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै सरकारी र कूटनीतिक राहदानीवाहकबाहेकका इरानी नागरिकलाई अनअराइभल भिसा बन्द गरिएको हो । अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले भन्नुभयो, “यसअघि इरानी नागरिकलाई नेपाल भ्रमणमा आउँदा अनअराइभल […]
काठमाडौँ, फागुन ३० गते । प्रतिनिधि सभा निर्वाचनमा झन्डै दुई तिहाइ जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्न पार्टीको विधानलाई संशोधन गर्ने तयारी गरेको छ । रास्वपाको विधानको धारा ६६ को ८ (ख) मा संसदीय दलको नेता चयन गर्दा पार्टीका सम्पूर्ण सदस्यले मतदानमार्फत संसदीय दलको नेता चयन गर्ने व्यवस्था रहेको […]
काठमाडौँ, फागुन ३० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । नेता शाहले सामाजिक सञ्जालमार्फत एक शोक सन्देश जारी गर्दै पिताको महिमा र अभावका बारेमा मार्मिक धारणा व्यक्त गर्नुभएको छ […]
काठमाडौँ, फागुन २८ गते । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित उक्त पार्टीलाई हालैको आम निर्वाचनमा प्राप्त उल्लेखनीय सफलताका लागि बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताद्वयलाई दिनुभएको बधाई सन्देशमा प्रधानमन्त्री शरीफले उक्त जनादेश नेपाली जनताले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको […]
काठमाडौँ, फागुन २५ गते । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बधाई तथा शुभकामना दिनुभएको छ । प्रधानमन्त्री मोदीले आज उहाँहरुसँग टेलिफोन संवाद गरी नेपालको निर्वाचनमा प्राप्त उहाँहरूको विजय तथा रास्वपाको उल्लेखनीय सफलताका लागि दुवै नेताहरूलाई बधाई दिनुभएको सामाजिक सञ्जाल एक्समा उल्लेख […]
झापा , फागुन २५ गते। झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गर्नुभएको छ । निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा पेस गरिएको विवरणअनुसार शाहले निर्वाचन अभियानका क्रममा कूल रु १४ लाख १४ हजार ७२९ खर्च भएको उल्लेख छ । पेस गरिएको विवरणमा विभिन्न शीर्षकमा खर्च गरिएको रकम समेटिएको छ । […]
इलाम , फागुन २५ गते । इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी हुनुभएको छ । राईले १४ हजार ५४३मत प्राप्त गर्नु भएको छ । सूर्योदय नगरपालिका ४ श्रीअन्तुका स्थायी बासिन्दा ३५ वर्षीय राई विजयी भएर यस क्षेत्रमा काङ्ग्रेसले २७ बर्ष पछि जीत निकालेको छ । राई व्यवस्थापन सङ्कायमा स्नातकोत्तर पूरा […]
गोरखा , फागुन २५ गते । गोरखामा फागुन २१ गते भएको निर्वाचनको प्रत्यक्ष तर्फको मतगणना सकिएको छ । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदन गुरुङ विजयी हुनुभएको छ । गुरुङले २९९०० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रेम कुमार खत्रीले १५२४६ मत प्राप्त गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टीका हरिराज […]