सहमति नजुट्दा बसेन बैठक

मकवानपुरगढी, चैत १९ गते । मंगलबार दिउँसो १ बजे बस्ने भनिएको बागमती प्रदेश सभा बैठक बस्न सकेन । सरकार र प्रतिपक्षबिच सहमति नजुट्दा बैठक स्थगित भएको छ । सरकारले विगतमा गरेका सहमतिलाई कार्यान्वयनमा ल्याउनु पर्ने अडान राख्दै प्रतिपक्षले बैठक अवरुद्ध गर्ने चेतावनी यसअघि दिँदैआएका थिए । मंगलबार बिनाअवरोध बैठक सञ्चालनका लागि सभामुख भुवनकुमार पाठकले विहान […]

दीपक बोहोराको निधनले गृहजिल्ला रुपन्देही शोकमग्न

मर्चवार (रुपन्देही), चैत १९ गते। सांसद दीपक बोहोराको निधनले सिङ्गो रुपन्देशी शोकमग्न भएको छ। रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बोहोरा र भैरहवा एक अर्काका पर्यायवाची जस्तै हुनुहुन्थ्यो। उहाँको निधनप्रति  आबद्ध दल राप्रपा सत्ताधारी दल एमाले, काँग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), लोसपा, जसपा लगायत राजनीतिक दल र संघसंस्थाले  दुःख व्यक्त गरेका छन्। राष्ट्रिय […]

संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

काठमाडौँ, चैत १९ गते । सरकारले सङ्घीय संसद् ९प्रतिनिधिसभा र राष्ट्रियसभा०को चालु अधिवेशन यही चैत १९ गते मङ्गलबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले संसद्को चालु हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा […]

बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

काठमाडौं, चैत १८ गते । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरुभएको छ । आजको बैठकले प्रधानमन्त्रीको मंगलबारदेखि हुने थाइल्याण्ड भ्रमण र गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा मारिएका पत्रकार सुरेश रजक तथा सविन महर्जनका बारेमा केही निर्णय लिने आशा गरिएको छ । प्रायः हरेक सोमबार बस्ने मन्त्रिपरिषदको बैठकलाई नियमित बैठक भनिएको छ । […]

कीर्तिपुर केन्द्रीय क्याम्पसमा नेविसङ्घका जोशी निर्वाचित

कीर्तिपुर (काठमाडौँ), चैत १८ गते ।  त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा सोमबार सम्पन्न निर्वाचनमा नेवि सङ्घका दीपकराज जोशी विजयी हुनुभएको छ । कुल खसेको तीन हजार १०८ मतमध्ये उहाँले ७८९ मत प्राप्त गर्नुभएको थियो  । उहाँका निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत प्राप्त गर्नुभएको थियो । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका प्रविण दाहालले ७२७ […]

अराजकको संयुक्त प्रतिवाद

काठमाडौँ, चैत १८ गते । नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाविरुद्ध प्रतिगामी समूहले अराजनीतिक र अराजक सडक प्रदर्शन गरिरहँदा गणतन्त्र पक्षधर सबै राजनीतिक दलले एकै ठाउँमा उभिएर यसलाई प्रतिवाद गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार सम्पन्न गणतन्त्र पक्षधर राजनीतिक दलको बैठकले पछिल्लो समय जारी अराजक […]

त्रिवि उपकुलपतिको राजीनामा

काठमाडौँ, चैत १७ गते । चारबर्से कार्यकालका लागि नियुक्त हुनुभएका त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले १३ महिनामै राजीनामा दिनुभएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले बुझाएको तीन जनाको नाममध्येबाट दोस्रो नम्बरमा रहनुभएका बराललाई तत्कालीन प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले २०८० फागुन १० गते उपकुलपतिमा नियुक्त गर्नुभएको थियो । त्रिवि स्रोतका अनुसार बरालले प्रधानमन्त्री तथा […]

पूर्वराजाका सुरक्षाकर्मी कटौती

काठमाडौँ, चैत १७ गते ।  सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ  सशस्त्र प्रहरी बल (एपिएफ) को सेट परिवर्तन गरी सुरक्षाकर्मीको सङ्ख्या घटाएको छ । गृह मन्त्रालय स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रले यसअघि पूर्वअतिविशिष्ट व्यक्तिले पाउने सुरक्षाकर्मीसँगै अतिरिक्त सुविधा लिँदै आउनुभएको थियो । सरकारले यो सुविधा कटौती गरी पूर्वराजाको हकमा पूर्वराष्ट्रपतिले पाउने सुरक्षा व्यवस्था अनुसार सङ्ख्या कटौती […]

तीनकुने हिंसात्मक प्रदर्शनमा संलग्न १११ जना पक्राउ

काठमाडौँ, चैत १६ गते। काठमाडौँको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ । पूर्व राजाको समर्थनमा भएको प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका र घटना घटाउन उक्साउनेसहित १११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी […]

गिरिजाप्रसाद कोइराला सभागृहको निर्माण अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, चैत १३ गते।  प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको भद्रपुर नगरपालिका–८ स्थित गिरिजाप्रसाद कोइराला सभागृह निर्माण कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार नेपाली कांगेसका नेता एवं राष्ट्रियसभाका सांसद कृष्णप्रसाद सिटौला, भद्रपुरका नगरप्रमुख गणेश पोखरेलसहितको प्रतिनिधिमण्डलले अलपत्र अवस्थामा रहेको निर्माण कार्य पुनः सञ्चालन गर्न ज्ञापनपत्र बुझाएपछि प्रधानमन्त्री ओलीले सो प्रतिबद्धता व्यक्त […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल