म्याग्दी, भदौ १७ गते । बेनीमा शनिबार रातिदेखि सम्पर्कविहीन भएका दुई युवाको अवस्था अझै पत्ता लाग्न सकेको छैन । रघुगंगा गाउँपालिका– २ भगवती घर भई हाल जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा कार्यरत कुमार रिजाल र बेनी नगरपालिका– ६ जामुनाखर्क घर भएका हरिप्रसाद रिजाल शनिबार राति करिब ११ बजेदेखि बेनी बजारबाट सम्पर्कविहस्न हुनुभएको थियो । […]
काठमाडौँ, भदौ १७ गते । राष्ट्रिय सांस्कृतिक, धार्मिक महत्वको पर्व इन्द्रजात्राको तयारी पूरा भएको छ । काठमाडौँ महानगरपालिकाद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा यस वर्ष बिहीबार भदौ १९ गते बिहान १० बजेर ३१ मिनेटको शुभसाइतमा यःसिं थनेगु (इन्द्रध्वज) उठाइने जानकारी दिइएको हो । भदौ १५ गते बिहान ९ बजेर ५२ मिनेटको शुभसाइतमा यःसिं नगर प्रवेश गराइसकिएको […]
काठमाडौँ, भदौ १७ गते । गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मङ्गलबार बिहान ६ः१५ बजे गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही भदौ १ गते रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो । […]
काठमाडौँ, भदौ १७ गते । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । मङ्गलबार सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र कोशी, बागमती, गण्डकी प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन […]
काठमाडौँ, भदौ १७ गते । उच्च सिप भएका युवाका लागि दक्षिण कोरिया जाने बाटो खुलेको छ । नेपाली श्रमिक ई–७ भिसामा दक्षिण कोरिया पठाउनेसम्बन्धी कार्यविधि तेस्रो पटक संशोधन भएसँगै नेपाली युवालाई उच्च सिपमा कोरिया जाने बाटो खुलेको हो । दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत ई–९ भिसामा नेपाली युवा जिटुजीबाट जाँदै आएका छन् । […]
काठमाडौँ, भदौ १७ गते । सन् २०२५ को अगस्तमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्तमा ८८ हजार ६८० विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । जुन गत वर्षको तुलनामा यस वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो । यसअघि सन् २०२४ को अगस्तमा ७२ हजार ७१७ पर्यटक […]
काठमाडौँ, भदौ १७ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपियाँ ८२ पैसा र बिक्रीदर १४१ रुपियाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६५ रुपियाँ तीन पैसा र बिक्रीदर १६५ रुपियाँ ७३ पैसा, युके पाउन्ड […]
काठमाडौँ, भदौ १७ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्गठन निर्माणका लागि आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्न निर्देशन दिनुभएको छ । पार्टीको सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिनुभएको हो । अध्यक्ष प्रचण्डले पार्टीले पछिल्लो समय जनतामाझ विश्वास हासिल गरिरहेको र त्यसलाई सङ्गठनमा रूपान्तरण गर्न नसके दीर्घकालीन […]
थियानजिन (चीन), भदौ १७ गते । चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार बेइजिङ जाँदै हुनुुहुन्छ । चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ र उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा […]
दाङ, भदौै १६ गते । घोराही उपमहानगरपालिकाले गुणस्तर नभएको दुध विक्री गर्ने ९ वटा डेरीपसललाई पाँच हजार रुपियाँका दरले जरिवाना गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाको वजार व्यवस्थापन समितिको सोमबार बसेको बैठकले घोराही उपमहानगरपालिका –१५ मा रहेका ९ वटा डेरीहरुले बिक्री वितरण गरेको दुधमा नेपाल सरकारले तोकेको दुधको गुणस्तर तथा मापदण्ड बमोजिमको गुणस्तर नभएको पाइएकाले […]