काठमाडौँ, जेठ १३ गते । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सरकारले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा दर्ता गरेको छ । अर्थ मन्त्रालयले सोमबार प्रतिनिधि सभामा दर्ता गरेको उक्त विधेयकमा केन्द्रीय बैङ्कको भूमिका, संरचना, नियामकीय अधिकार, डिजिटल वित्तीय प्रणाली तथा वित्तीय स्थायित्वसँग सम्बन्धित विषयमा व्यापक […]
दमौली (तनहुँ), जेठ १३ गते । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका धानबालीको स्थलगत प्राविधिक अनुगमन कार्यक्रम सञ्चालन गरेको छ । म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका विभिन्न कृषि क्षेत्रमा गरिएको अनुगमनमा प्रदेश तथा जिल्लास्तरका कृषिसम्बन्धी निकायका विज्ञ प्राविधिकहरूको सहभागिता थियो । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पोखरा, प्रदेश कृषि प्रयोगशाला पोखरा, कृषि […]
म्याग्दी, जेठ १३ गते । हिमालपारिको जिल्ला जोमसोम लाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक लगातारको वर्षासँगै आएको पहिरोका कारण बुधबार बिहानैदेखि अवरुद्ध भएको छ । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ उपल्लो बैसरी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार सडकमाथिबाट पहिरो […]
काठमाडौँ, जेठ १३ गते । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा मङ्गलबार काठमाडौँलगायत देशका विभिन्न स्थानमा हुरीका साथमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा […]
काठमाडौँ, जेठ ११ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३९, […]
स्याङ्जा, जेठ ११ गते । अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा ‘सिक्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पढाइसँगै व्यवहारिक सीप सिकाउने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमले विद्यार्थीमा रचनात्मक परिवर्तन ल्याएको छ । विद्यालयले आफ्नै स्वामित्वमा रहेको पाँच रोपनी जग्गामा मौसमी तरकारी खेतीमार्फत विद्यार्थीलाई व्यावहारिक […]
काठमाडौँ, जेठ ११ गते । ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन गरेको चेकिङका क्रममा दुई हजार ४५३ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु ११ लाख ५१ हजार राजस्व सङ्कलन गरिएको छ । आज बिहानसम्म सञ्चालन गरिएको चेकिङका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारीसाधन चलाउने १०५, […]
काठमाडौँ, जेठ ११ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा समग्र आर्थिक–सामाजिक रूपान्तरणका लागि जलाशययुक्त आयोजनालाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ । आफ्नो पहिलो औपचारिक फिल्ड भ्रमणका क्रममा कुलेखानी जलविद्युत् केन्द्र पुग्नुभएका मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारको मुख्य ध्यान जलाशययुक्त […]
बागलुङ, जेठ ११ गते । दक्षिण बागलुङको जैमिनी नगरपालिकाले सुकुमवासी परिवारलाई आवासको व्यवस्था गरेको छ । जग्गा र घरविहीन भई भाडाको घरबाट जीविकोपार्जन गर्दै आइरहेका १८ परिवारलाई आवासको व्यवस्था गरिएको हो । आवास पाउनेमा अधिकांश दलित समुदायका परिवार रहेका छन् । स्थानीय सरकारले आवासको व्यवस्था गरिदिएपछि सुकुमवासी परिवारमा खुसी छाएको छ । जैमिनीले आफ्नै बजेटबाट चालु आर्थिक वर्षमा १५ […]
बनेपा, जेठ ११ गते । काभ्रेपलाञ्चोकको रोसी तथा अन्य नदी तटीय क्षेत्रमा वर्षाका कारण हुन सक्ने क्षति कम गर्न जिल्लाका विभिन्न स्थानमा मौसम मापन केन्द्र र बाढी मापन केन्द्र थप गरिने भएको छ । जल तथा मौसम विज्ञान विभागले जिल्लामा तीन वटा बाढी मापन केन्द्र र एउटा स्थानमा मौसम मापन केन्द्र स्थापना गर्ने भएको छ । जिल्लामा […]