alliance khabar

शनिबार, भाद्र १३, २०८३

सल्यान, भदौ १३ गते ।

भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सल्यानका तीन स्थानीय तहले आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् । कुमाख गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी दुई लाख ५० हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

यसै गरी त्रिवेणी गाउँपालिकाले राहतका लागि एक लाख ५० हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । त्रिवेणी गाउँपालिकाको स्थानीय विपत् व्यवस्थापन समितिको बैठकले बाढीपछि सम्पर्कविहीन भएका आफ्ना ११ जना नागरिकको खोजीका लागि प्रभावित क्षेत्रमा टोली परिचालन गर्ने निर्णयसमेत गरेको छ ।

रोजगारीका सिलसिलामा रसुवा तथा नुवाकोटको त्रिशूली नदीआसपासका क्षेत्रमा गएका र बाढीपछि सम्पर्कमा नआएका नागरिकको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष खिमबहादुर रावतको नेतृत्वमा स्वास्थ्यकर्मी, कर्मचारी तथा प्रभावित परिवारका आफन्तसहितको टोली प्रभावित क्षेत्रमा जाने तयारी गरेको छ ।

यस्तै बागचौर नगरपालिकाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दुई लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको स्थानीय विपत् व्यवस्थापन समितिको बैठकले बाढीपछि सम्पर्कविहीन नगरवासी प्रमिला बुढाथोकी र आयुष खड्काको खोजी तथा उद्धारका लागि पहल गर्ने निर्णय गरेको छ ।

बागचौर–११, बाफुखोलामा भदौ ८ गते बाढीले बगाउँदा मृत्यु भएका तथा घाइतेका परिवारलाई आवश्यक आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि नगरपालिकाले गरेको छ । वर्षाका कारण क्षति भएका सडक मर्मत तथा पहिरो हटाउने र विपत्का कारण पूर्ण रूपमा घर क्षति भएका परिवारलाई नियम अनुसार आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

तीन वटै स्थानीय तहले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । साथै प्रभावित नागरिकको शीघ्र उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्न आग्रह गरेका छन् । मौसम पूर्वानुमान महाशाखाले सल्यानसहित कर्णाली प्रदेशका विभिन्न जिल्लामा अत्यधिक वर्षाको सम्भावना औँल्याएकाले सम्भावित जोखिमबाट सचेत रहन नागरिकलाई आग्रह गरिएको छ ।

सहयोग उपलब्ध गराउँदै गाउँपालिका

पञ्चकोशी समाचारदाताका अनुसार जिल्लाको गुराँस गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि दुई लाख रुपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गुराँस गाउँपालिकाले जारी विज्ञप्ति अनुसार गाउँपालिकाको विपत् कोषमा जम्मा रहेको रकममध्ये दुई लाख रुपियाँ नेपाल सरकारको दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाएको हो । विपत्का समयमा खोज, उद्धार तथा तत्काल राहत वितरणमा टेवा पुगोस् भन्ने उद्देश्यले पालिकाले सहयोग गरेको जनाएको छ ।

यसै गरी कालीकोट समाचारदाताका अनुसार कालीकोट जिल्लाको महाबै गाउँपालिकाले पनि बाढी प्रभावितका लागि दुई लाख सहयोग दिने घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष खेमबहादुर सिहंले बाढीमा ज्यान गुमाएकाको सम्झानामा एक दिन शोक बिदा दिने निर्णय गरिएको पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ