alliance khabar

शनिबार, भाद्र १३, २०८३

काठमाडौँ, भदौ १३ गते । 

अस्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले शनिबार भिक्टोरिया सिए–११ विरुद्ध खेल्दै छ । डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुने यी दुई टोलीबिचको खेल अपराह्न १ः१५ बजे सुरु हुनेछ ।

सेमिफाइनल दौडबाट बाहिरिसकेको नेपाल सान्त्वना जितको खोजीमा छ । नेपाल चार अङ्कसहित तालिकाको सातौँ स्थानमा रहेको छ ।

जारी प्रतियोगितामा पाँच खेल खेलेको नेपालले तीन खेलमा हार तथा दुई खेलमा जित निकालेको छ । नेपालले पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध आठ विकेट तथा दोस्रो खेलमा बङ्गलादेश हाइपरफर्मेन्स–११ विरुद्ध नौ विकेटको हार व्यहोरेको थियो ।

त्यसपछि नेपालले तेस्रो खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले तथा चौथो खेलमा अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई चार विकेटले पराजित गरेको थियो ।

पाँचौँ खेलमा भने नेपाल हैदरावाद किङ्समेन एकेडेमीविरुद्ध ३१ रनले पराजित भएको थियो । नेपालले आज भिक्टोरिया सिए–११ लाई पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्य राखेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ