उपत्यकासहित केही प्रदेशमा हावाहुरीसहित सामान्य वर्षा

काठमाडौँ, फागुन २८ गते।  बुधबार साँझ काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हावाहुरीसहित पानी परिरहेको छ। गण्डकी, बागमती र कोशी प्रदेशका केही जिल्लामा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गएको महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार प्रिमनसुन सुरु भएकाले यो अवस्थामा मेघगर्जन, चट्याङ […]

लन्डनबाट बेपत्ता नेपाली विद्यार्थी कमल दूतावासको सम्पर्कमा

बेलायत, फागुन २७ गते ।  लन्डनबाट बेपत्ता नेपाली विद्यार्थी कमल अधिकारी डेढ महिनापछि नेपाली दूतावासको सम्पर्कमा आउनुभएको छ । गत फेब्रुअरी २ देखि सम्पर्कविहीन २३ वर्षीय अधिकारी सकुशल फेला पर्नुभएको लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “इस्ट लन्डनस्थित एक होमलेस सेल्टरमा आश्रय लिएर बसिरहेको अवस्थामा कमलसँग सम्पर्क भएको छ […]

प्रधानमन्त्री ओलीविरुद्धको मुद्दामा मागदाबी नपुग्ने फैसला

 काठमाडौँ,  फागुन २८ गते । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा मागदाबी नपुग्ने फैसला गरेको छ । न्यायाधीशहरु हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज उक्त मुद्दामा मागदाबी नपुग्ने फैसला गरेको हो । संवैधानिक इजलासमा विचाराधीन रहेको तत्कालीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका विषयमा टिप्पणी गरेको र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित […]

कार्यालय स्थापनापछि भूकम्पपीडित आशावादी

जाजरकोट, फागुन २८ गते । जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडित भूकम्पबाट क्षति भएका आफ्ना संरचनाको पुनर्निर्माण र पुनस्र्थापना हुनेमा आशावादी देखिएका छन् । भेरी नगरपालिका–१ स्थित रिम्नामा भूकम्पीय पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालय स्थापना भएपछि उनीहरू आशावादी देखिएका हुन् । गत आइतवार गृहमन्त्री रमेश लेखकले कार्यालयको उद्घाटन गरेपछि पीडितहरू त्यसरी आशावादी देखिएका हुन् । पुनर्निर्माण तथा पुनस्र्थापना […]

काम अघि बढाउँदै भूमि आयोग

प्युठान, फागुन २८ गते ।  सुकुमवासी, भूमिहीन र अव्यवस्थित बसोवासीको समस्या समाधानका लागि गठित राष्ट्रिय भूमि आयोगले जिल्लामा आफ्नो सक्रियता बढाएको हो । सुकुमवासी, भूमिहीन र अव्यवस्थित बसोवास गर्ने व्यक्तिको तथ्याङ्कलाई सूचना प्रणालीमा प्रविष्ट गर्ने, सहजीकरण समिति गठन गर्ने, फोकल पर्सन तोक्ने, सुकुमवासीको अध्ययन गरी टुङ्गोमा पुर्‍याउने मुख्य कामका लागि पालिकामा छलफल अघि बढेको हो । जिल्लाका […]

डढेलोको उच्च जोखिममा नवलपुर

मध्यविन्दु, फागुन २८ गते । विगत तीन वर्षको अवधिमा नवलपरासीपूर्व (नवलपुरको) एक हजार १४५ हेक्टर वन क्षेत्रमा डढेलोले क्षति पुर्‍याएको छ । डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार विगत १० वर्षको अवधिमा जिल्लाका विभिन्न ५०८ स्थान वन क्षेत्रमा डढेलो लागेको छ । यहाँको हुप्सेकोट गाउँपालिका–३ मा रहेको विराट सामुदायिक वनले हालै आयोजना गरेको वनडढेलो नियन्त्रण, महिला सशक्तीकरण तथा […]

रानाथारू समुदायमा होरीको रौनक सुरु

धनगढी, फागुन २८ गते ।  सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारू समुदायमा होरी पर्वको रौनक सुरु भएको छ । एक महिना आठ दिनसम्म चल्ने होरी पर्वमा अहिले रानाथारू समुदायका मानिसले जिन्दा होरी मनाइरहेका छन् । जिन्दा होरीमा रातिको समय ढोल तालमा सामूहिक रूपमा होरी नाच नाचेर रमाउने चलन रहेको छ । माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म जिन्दा होरी खेलेर […]

‘झिल्को’ को टिजर सार्वजनिक

काठमाडौँ, फागुन २८ गते । निर्देशक यादवकुमार भट्टराईको तेस्रो चलचित्र ‘झिल्को’ को टिजर सार्वजनिक भएको छ । चलचित्रले मोबाइलको प्रयोगबाट बालबालिकामा पर्ने असरको कथा भन्ने प्रयास गरेको छ । अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक प्रभावलाई देखाइएको छ  । टिजरमा कथावस्तु र चरित्रचित्रणको सङ्क्षिप्त झलक दर्साइएको छ । चलचित्रमा […]

आमसञ्चार परिषद् विधेयक समितिमा

काठमाडौँ, फागुन २८ गते । प्रतिनिधि सभाले आमसञ्चार परिषद् विधेयक दफाबार छलफलका लागि समितिमा पठाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङको प्रस्तावमा विधेयक मङ्गलबार समितिमा पठाइएको छ । विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल हुने छ । राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक माथिल्लो सदनबाट माघ २८ गते पारित भएको थियो । प्रतिनिधि सभाबाट पारित भएपछि […]

गुल्मीमा एक पुरुष मृत फेला

गुल्मी, फागुन २८ गते । गुल्मीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । यस जिल्लाको मदाने गाउँपालिका वडा नम्बर(४, झार्कीसल्लास्थित ढोरपाटन सडक खण्ड देखी अन्दाजी ३०० मिटर तल भिरको खरबारीको गोरेटो बाटोमा पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार साँझ करिब ७स्३० बजेको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ