alliance khabar

बुधबार, फाल्गुण २८, २०८१

काठमाडौँ, फागुन २८ गते ।

प्रतिनिधि सभाले आमसञ्चार परिषद् विधेयक दफाबार छलफलका लागि समितिमा पठाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङको प्रस्तावमा विधेयक मङ्गलबार समितिमा पठाइएको छ । विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल हुने छ ।

राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक माथिल्लो सदनबाट माघ २८ गते पारित भएको थियो । प्रतिनिधि सभाबाट पारित भएपछि विधेयकको सन्देश पुनः राष्ट्रिय सभामा पठाइने छ । दुवै सदनबाट पारित र प्रमाणितको प्रक्रिया पूरा भएपछि विधेयक प्रमाणीकरणको प्रक्रियामा जाने छ ।

प्रतिनिधि सभामा विधेयकमा २३ संशोधन दर्ता छन् । अधिकांश संशोधन परिषद्का पदाधिकारी नियुक्ति र संरचनासँग सम्बन्धित छन् । सिफारिस समितिमा विधायिकाको नियन्त्रण रहनुपर्नेलगायतका संशोधन विधेयकमा दर्ता छन् । राष्ट्रिय सभाले भने सरकारले प्रस्ताव गरेको सिफारिस संरचना हटाएर मन्त्रीपरिषद्बाट अध्यक्ष नियुक्तिको प्रावधान राखेको थियो । उक्त व्यवस्थामा पनि संशोधन परेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल