श्रमदान गरेर तमोर नदीमा काठे पुल निर्माण

ताप्लेजुङ, पुस १ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले श्रमदानको माध्यमबाट तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण गरेको छ । स्थायी पक्की पुल निर्माणका लागि बजेट अभाव भएपछि पुल निर्माण गर्न  श्रमदान गरिएको हो । फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार फक्ताङलुङ गाउँपालिका तमोर नदीको दुवै किनारामा फैलिएको छ । गाउँका विभिन्न बस्तीलाई जोड्न नदी […]

२०८१ पौष ०१ गते 16, Dec 2024 , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाँउबाट धन आर्जन हुनाले मन हर्षित होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । […]

विद्युतीय सवारीसाधन आजको आवश्यकताः भौतिकमन्त्री दाहाल

काठमाडौं, मङ्सिर ३० गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विद्युतीय सवारीसाधन आजको आवश्यकता र माग भएको बताउनुभएको छ । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री दाहालले विद्युतीय सवारी साधनको जोडमा मन्त्रालय लागिपरेको उल्लेख गर्नुभयो । उहाँले विद्युतीय सवारीसाधन मात्रै पूरा समाधान नभएको पनि उल्लेख गर्नुभयो । उहाँले […]

लम्बियो एकीकृत समाजवादीको स्थायी कमिटिको बैठक, नेताको कार्यविभाजन सोमबार

काठमाडौँ, मङ्सिर ३० गते।  नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यको कार्यविभाजन सोमबार मात्र हुने भएको छ। केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंग्याउन मंसिर २६ गतेबाट सुरु भएको पार्टी स्थायी कमिटीको बैठकमा आजसम्म पार्टीको अगामी कार्ययोजनाबारे छलफल भएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो। उहाँकाअनुसार आज बैठकमा नेताहरुले पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा धारणा राख्नुभएको छ। उहाँले भोलि […]

परिश्रम गर्नेलाई कदर गरौँ : उपप्रधानमन्त्री सिंह

काठमाडाैं, मङ्सिर ३० गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले परिश्रम गर्नेलाई कदर गर्न जान्नुपर्ने बताउनुभएको छ । आईतवार काठमाडौंमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजमा परिश्रम गर्नेहरुलाई हेर्ने दृष्टिकोणमा परिवजर्तन जरुरी रहेको बताउनुभयो । किसानलाई समाजमा सम्मान र कदर गर्न सक्नुपर्ने उहाँकाे भनाइ छ । […]

शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ : मुख्यमन्त्री शाह

कैलाली, मङ्सिर ३० गते।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शिक्षामा समयानुकूल परिमार्जन आवश्यक रहेको बताउनुभएको छ। कैलालीको टीकापुरस्थिति वीरेन्द्र विद्यामन्दिर सार्वजनिक शैक्षिक गुठीको स्वर्णस्तम्भ शिलान्यास कार्यक्रममा उहाँले बदलिँदो समयानुसा शैक्षिक रूपान्तरण जरूरी रहेको बताउनुभएको हो। “समयसँगै हरेक गतिविधि परिमार्जन हुनुपर्छ। शिक्षामा पनि त्यही हो। हिजो टीकापुरलाई शैक्षिक नगरीका रूपमा चिनाउने वीरेन्द्र विद्यामन्दिरलाई पनि त्यसैगरी परिवर्तन […]

सुदूरपश्चिम शीर्षस्थानमा रहँदै प्लेअफमा

काठमाडौँ, मङ्सिर ३० गते ।  सुदूरपश्चिम रोयल्स शीर्षस्थानमा रहँदै एक खेल अगाडि नै नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिमले यसअघिनै प्लेअफ होडबाट बाहिरिएको पोखरा एभेन्जर्सलाई पाँच रनले हरायो । जितसँगै सुदूरपश्चिमले ६ खेलबाट १० अङ्क बनाएको बनाएको छ । सुदूरपश्चिमले पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनाएको छ […]

स्कुटी दुर्घटनामा बाबु–छोरीको मृत्यु

नेपालगन्ज, मंसिर ३० गते । बर्दियाको गुलरियास्थित बर्दिया अस्पतालनजिक आइतबार स्कुटी दुर्घटना हुँदा बाबु र छोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मृत्यु हुनेमा गुलारिया –६ का रामकुमार साह र उहाँकी ६ बर्षिया छोरी बिद्या साहको मृत्यु भएको हो । रामकुमार साहले चलाएको बा ६८ प ७०३६ नम्बरको स्कुटी ट्याक्टरमा ठोक्किएर दुर्घटना […]

रगत अभाव टार्न रक्तदान

नेपालगन्ज, मंसिर ३० गते : जाडो बढ्दै जाँदा नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन नदिन रक्तदान गरिएको छ । बाँकेमा अहिले रगतको अभाव भइरहेकाले “रक्तदान गरौं : जीवन उपहार दिउँ” नारासाथ गोपाल–नीना फाउण्डेशन, नेपालगन्ज र जनमत अर्ध साप्ताहिकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान कार्यक्रममा ५१ जनाले रगत दिएका छन् । नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार […]

जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सिङ्गो पार्टी परिचालित हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, मङ्सिर ३० गते : प्रधानमन्त्री एवम् नेकपा (एमाले) का केपी शर्मा ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तो परिस्थिति आउँछ, त्यसैगरी सामना गर्न सक्ने खालको श्रेष्ठता हासिल गर्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । सो पार्टीको केन्द्रीय सङ्गठन विभागद्वारा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुई दिने राष्ट्रिय कार्यशालालाई आइतबार सम्बोधन गर्नुहुँदै […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल