alliance khabar

बुधबार, आश्विन ०७, २०८३

नागोया (जापान), असोज ७ गते ।

२० औँ एसियाली खेलकुदमा नेपालका बक्सर खगेन्द्र रोकामगरले विजयी सुरुआत गर्नुर्भको छ । नागोयास्थित निसिओ जिम्न्यासियममा खगेन्द्रले बुधबार मकाउका एलभन जोन रेयस सालिनासलाई अङ्कको आधारमा ५–० ले हराउनुभयो । पाँचै निर्णायकले खगेन्द्रको पक्षमा ३०–२६, ३०–२६, ३०–२५, ३०–२५, ३०–२५ ले निर्णय दिएका थिए ।

चालू एसियाडमा नेपालले बक्सिङमा हासिल गरेको यो पहिलो जित हो । एक दिनअघि नेपाललाई पदक दिलाउने अपेक्षा गरिएका बक्सर चन्द्रबहादुर थापा पहिलो चरणबाटै विदा हुनुभएको थियो । यसैगरी महिला ५१ केजीमा रमिसा श्रेष्ठ पनि मङगलबारै भियतनामकी एनगुएन थी टामसँग ५–० ले पराजित हुनुभएको थियो । अब बक्सिङमा रवीन नेपाल (९० केजी), अस्मिता दुवाल (५४ केजी) र कुसुम तामाङ (६५ केजी)ले प्रतिस्पर्धा गर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ