alliance khabar

बुधबार, फाल्गुण २८, २०८१

प्युठान, फागुन २८ गते । 

सुकुमवासी, भूमिहीन र अव्यवस्थित बसोवासीको समस्या समाधानका लागि गठित राष्ट्रिय भूमि आयोगले जिल्लामा आफ्नो सक्रियता बढाएको हो । सुकुमवासी, भूमिहीन र अव्यवस्थित बसोवास गर्ने व्यक्तिको तथ्याङ्कलाई सूचना प्रणालीमा प्रविष्ट गर्ने, सहजीकरण समिति गठन गर्ने, फोकल पर्सन तोक्ने, सुकुमवासीको अध्ययन गरी टुङ्गोमा पुर्‍याउने मुख्य कामका लागि पालिकामा छलफल अघि बढेको हो ।

जिल्लाका नौ वटा स्थानीय तहमध्ये स्वर्गद्वारी नगरपालिका, प्युठान नगरपालिका, मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवास गर्ने व्यक्तिको लगत सूचना प्रणालीमा प्रविष्ट गरेको राष्ट्रिय भूमि आयोग प्युठानका अध्यक्ष सुवास केसीले जानकारी दिनुभयो । उहाँका अनुसार भूमिहीन दलित ७७ जना, भूमिहीन सुकुमवासी १०७ जना र अव्यवस्थित बसोवासी ५२७ जना गरी जम्मा ७११ परिवारको तथ्याङ्क रहेको जानकारी दिनुभयो ।

सूचना प्रणालीमा प्रविष्ट हुन बाँकी रहेका अन्य स्थानीय तहबाट लगत सङ्कलन सुरु गर्ने तयारीमा आयोगले काम थालेको बताउनुभयो । उहाँले अहिलेसम्म भएका कामको अध्ययन गर्ने काम भएको बताउनुभयो । अघिल्लो कार्यकालमा भएको १५ दिने सूचनाका आधारमा परेका निवेदनउपर अहिले छलफल भइरहेको छ । उहाँले एक वर्षभित्र सुकुमवासीलाई लालपुर्जा दिने गरी काम गर्न स्थानीय सरकारलाई आग्रह गर्नुभयो । तथ्याङ्कलाई सूचना प्रणालीमा प्रविष्ट गर्ने, सहजीकरण समिति गठन, फोकल पर्सन तोक्ने, सुकुमवासीको अध्ययन गरी टुङ्गोमा पुर्‍याउने काममा स्थानीय तहले अग्रसरता देखाउनुपर्ने बताउनुभयो ।

स्थानीय तहले सम्झौता गर्न ढिलाई गरेकै कारण लगत सङ्कलनमा ढिलाई भएको राष्ट्रिय भूमि आयोग प्युठानका विज्ञ सदस्य नेहरसिंह केसीले जानकारी दिनुभयो । स्थानीय तहले काम जति छिटो गर्‍यो त्यति नै छिटो काम हुने उहाँले बताउनुभयो । “सुकुमवासीलाई जग्गा उपलब्ध गराउन राज्यले प्रक्रिया अगाडि बढाएको छ,” उहाँले भन्नुभयो, “सुकुमवासीको नाममा हुकुमवासीको बोलवाला नहोस् भन्नेमा हामी सचेत छौँ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल