alliance khabar

बुधबार, फाल्गुण २८, २०८१

काठमाडौँ, फागुन २८ गते।

 बुधबार साँझ काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हावाहुरीसहित पानी परिरहेको छ। गण्डकी, बागमती र कोशी प्रदेशका केही जिल्लामा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गएको महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार प्रिमनसुन सुरु भएकाले यो अवस्थामा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने हुन्छ।

बुधबार साँझ उपत्यकामा हुवाहुरीसहित पानी पर्दा भिजिविलिटी कम हुँदा केही उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका अनुसार हावाहुरीसहित पानी पर्दा आन्तरिक र अन्तर्राष्ट्रियतर्फको हवाई उडान केही समय प्रभावित भएका हुन्। बुधबार दिउँसैदेखि मौसम धुम्म थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल