काठमाडौँ चैत २३ गते । सरकारले पेट्रोलियम पदार्थको आयातलाई कम गर्न डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीयमा परिवर्तन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय गरेको हो । पेट्रोलियम पदार्थको बढ्दो आयात कम गर्नुका साथै वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न सरकारले पुराना […]
लहान, चैत २३ गते । स्थानीयवासीहरूले कञ्चनपुर–कमला सडक निर्माण आयोजना अन्तर्गत लहान नगरपालिकाको सहरी क्षेत्रमा निर्माण कार्यले तीव्र गति लिनुपर्ने माग गरेका छन् । पूर्व–पश्चिम राष्ट्रिय राजमार्गको कञ्चनपुर–कमला चार लेन सडकअन्तर्गत पश्चिमी खण्ड कुशहा–कमला खण्डमा पर्ने लहान नगरपालिकाको मुख्य चोकमा निर्माणाधीन फ्लाइओभर (उडान पुल) को काम अत्यन्त सुस्त रूपमा भइरहेकाले आवागमनमा समस्या, ट्राफिक जाम तथा […]
काठमाडौँ, चैत २३ गते । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक सोमबार दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य […]
काठमाडौँ, चैत २२ गते । सङ्घीय संसद्को दुवै सदनको बैठक आइतबार बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठक बस्नेछ । आजको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । शुक्रबार अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसक्नुभएको […]
काठमाडौँ, चैत २२ गते । छन्दकवि दिव्यलक्ष्मी पोखरेलको काव्यकृति मातृ वन्दनामाथि राजधानीमा शनिबार परिचर्चा गरिएको छ । नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा आयोजित मासिक सुप्रभात काव्य गोष्ठीमा समालोचक ढुण्डिराज पहाडीले सुनकोशीको प्रवाह जस्तै दिव्यलक्ष्मीको काव्यमा भोगाइ र अनुभूतिको प्रवाह रहेको चर्चा गर्नुभयो । समालोचक पहाडीले भन्नुभयो, “दिव्यलक्ष्मी गमलामा फुलाएको फूल होइन, पहरामा फुल्ने सुनगाभा जस्तो लाग्छ । […]
काठमाडौँ, चैत २२ गते । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ६७ पैसा र बिक्रीदर १४९ रुपियाँ २७ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७१ रुपियाँ ६२ पैसा र बिक्रीदर १७२ रुपियाँ ३१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]
काठमाडौँ, चैत २२ गते । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो […]
काठमाडौँ, चैत २२ गते । चार महिनादेखि रोकिएको किसान सूचीकरणको काम फेरि सुरु भएको छ । गत मङ्सिर अन्तिम सातादेखि रोकिएको सूचीकरण बिहीबारदेखि सुरु भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । २०७७ सालदेखि किसान सूचीकरण कार्यक्रम सुरु भए पनि २०८० देखि मात्रै नियमित भएको थियो । केन्द्रका सूचना अधिकारी सञ्जीव पण्डितले सफ्टवेयरमा समस्या […]
लेखनाथ, चैत २२ गते । सर्वोच्च अदालतले फेवाताल अतिक्रमण हटाउन र सौन्दर्यकरण गर्न ऐतिहासिक फैसला गरेको सात वर्षपछि आदेश कार्यान्वयन हुने आशा जागेको छ । प्राकृतिक र मानवीय दुवै थरी अतिक्रमणले ताल छ दशकमा आधा पुरिइसकेको छ । विसं २०१८ मा १०.३५ वर्ग किमी रहेको ताल २०७७ मा ५.७ वर्ग किमीमा खुम्चिएको तथ्याङ्क छ । सरकारले शनिबार बिहान […]
काठमाडौँ, चैत २२ गते । नयाँ सरकारसामु मुलुकमा भ्रष्टाचार र अनियमितता नियन्त्रण गरी सुशासनको प्रत्याभूति दिलाउनुका साथै राष्ट्रिय गौरवका आयोजनालाई तीव्रता दिनु अवसर र चुनौतीका रूपमा देखिएको छ । समयमा काम सम्पन्न नहुने, पटक पटक म्याद थप्नुपर्ने, बर्सेनि लागत बढ्दै जाने तथा भएका काम पनि गुणस्तरहीन हुने राष्ट्रिय गौरवका आयोजनालाई तीव्रता दिन सक्नु नयाँ सरकारका लागि […]