सिँजा (जुम्ला), फागुन २८ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला स्वास्थ्य सेवा प्रवाह मात्र होइन, पछिल्लो समय चिकित्सा शिक्षा अध्ययनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । प्रतिष्ठानमा अहिले देश तथा विदेशबाट विद्यार्थी अध्ययनका लागि आउन थालेका छन् । देशका सुविधासम्पन्न सहर छाडेर जुम्ला चिकित्सा शिक्षा अध्ययनको गन्तव्य बन्न थालेको छ । अहिले नेपालका मात्र होइन, छिमेकी […]
बागलुङ (गलकोट) फागुन २४ गते । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ । ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएको र २२ जना बुर्तिबाङ अस्पतालमा भर्ना भएर उपचाररत भएकाले थप सर्तकता अपनाउनका लागि आगमी २७ गतेसम्म बिद्यालय बन्द गरिएको ढोरपाटन नगरपालिकाका नगर शिक्षा अधिकारी पुष्पक दाहालले जानकारी […]
घोराही, माघ २६ गते । दाङमामा पहिलो दिन सत्र सय बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ । पहिलो चरणको अभियानअन्तर्गत घोराही उपमहानगरसहित लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा एक हजार सात सय ७२ जना किशोरीलाई खोप लगाइएको हो । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रासँगै विद्यालय नजाने १० देखि […]
बागलुङ (गलकोट) माघ २६ गते । नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रमा रहेको रातो र सेतो रगत छुट्याउने उपकरण (कम्पोनेन्ट सेन्ट्रीफ्युज) सञ्चालनमा आएको छ । उक्त उपकरण विगत तीन वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको थियो । रक्तसञ्चार केन्द्रका प्रमुख गुरुदत्त शर्माका अनुसार माघ १६ गतेदेखि सेतो रगत उत्पादन सुरु गरिएको हो । उत्पादनपछि पहिलो […]
काठमाडौँ, माघ २१ गते । पहिले पहिले क्यान्सर रोगलाई लुकाइन्थ्यो तर समय बदलिँदै गएपछि क्यान्सर रोग लागेर विजेता क्यान्सरविरुद्धको जनचेतनामा सक्रिय भएर लाग्न थालेका छन् । क्यान्सरलाई जनचेतनाले रोग लाग्नबाट बचाउन सकिन्छ भन्ने उद्देश्यसाथ क्यान्सरको उपचारपछि विजेता भएका जनचेतनामा क्रियाशील हुन थालेका छन् । वरिष्ठ गायिका सङ्गीता शाक्य थापालाई १४ वर्षअघि क्यान्सर लागेको थियो । […]
काठमाडौँ, माघ २० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निपाह भाइरसको जनस्वास्थ्य जोखिमका सम्बन्धमा केही देशमा देखिएको घटनाप्रति सचेत रहेको उल्लेख गर्दै मन्त्रालयले त्यसका लागि आवश्यक सबै कदम चालिरहेकाले सबैलाई आतङ्कित नहुन र सचेत, सजग र जिम्मेवार बन्न अनुरोध गरेको हो । विश्व […]
पर्वत, माघ १८ गते । लामो समयदेखि स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल पर्वत सङ्कटमा परेको छ । स्वास्थ्य बिमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र प्रदेश अस्पतालले रु तीन करोडभन्दा बढी भुक्तानी पाउन नसकेको हो । गत आर्थिक वर्षदेखिको स्वास्थ्य बिमा तथा ‘डायलायसिस’बापतको रु तीन करोड बढी रकम भुक्तानी लिन […]
विराटनगर, माघ १६ गते । भारतको पश्चिम बङ्गाल क्षेत्रमा निपा भाइरस सङ्क्रमण देखिएपछि कोशी प्रदेशमा त्यसको सतर्कता बढाइएको छ । निपा भाइरस सङ्क्रमण दर उच्च रहेकाले सम्भावित जोखिमबाट सुरक्षित रहन पूर्वका झापा, मोरङ, सुनसरी र इलामका नाकामा हेल्प डेस्कको सक्रियतादेखि अस्पतालमा आइसोलेसनसम्मको तयारी थालिएको हो । निपा भाइरस सङ्क्रमण देखिएमा कोरोना सङ्क्रमणकालमा अस्पतालमा स्थापना गरिएका […]
काठमाडौँ, माघ ९ गते । सरकारले यस वर्षको नसर्ने रोगको स्क्रिनिङ तथा व्यवस्थापन अभियान तय गरिएको समयभन्दा एक महिना अगावै सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वार्षिक कार्यक्रम अनुसार फागुन महिनामा सञ्चालन हुँदै आएको उक्त अभियान यस वर्ष माघ महिनामा नै सञ्चालन गर्ने निर्णय गरेको हो। फागुन महिनामा आम निर्वाचनको तालिका परेकाले अभियानलाई […]
बागलुङ, माघ ५ गते । क्यान्सर पीडितलाई ‘बाँच्ने अधिकार’को अभियानमा साइकल यात्रा गर्नुभएका सिन्धुपाल्चोकका हर्क लामा र काठमाडाैंकी कविता चित्रकारसहितको टोली बागलुङ आइपुगेको छ । बागलुङ बजारमा आएको साइकल यात्रीलाई आइतबार नगर उपप्रमुख राजु खड्काले स्वागत गर्नुभएको थियो । साइकल यात्रीसँग अन्तरक्रिया गर्दै उप–प्रमुख राजु खड्काले दिर्घरोगीका लागि उपचार कोष बनाएको र त्यसबाट क्यान्सर रोग […]