काठमाडौँ, साउन १५ गते । भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको दाङको तुलसीपुरस्थित राप्ती आँखा अस्पतालको नयाँ अपरेसन थिएटर भवन उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेशअन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित अस्पतालको दुई तले अपरेसन थिएटर भवनको काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सलर गीतांजलि ब्रैंडन र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो। उक्त भवन भारत […]
नेपालगन्ज, साउन १२ गते । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालनमा आएको छ । अस्पतालका निर्देशक डा. निरज भट्टराईका अनुसार लायन्स क्लब नेपालगन्ज खजुराको सहकार्यमा अस्पताल परिसरमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालनमा ल्याइएको हो । निर्देशक भट्टराईले कुरुवा घर सञ्चालनमा आएपछि लामो समयसम्म चल्ने क्यान्सर उपचारका क्रममा बिरामी, […]
रेसुङ्गा (गुल्मी), साउन ७ गते । गुल्मी अस्पताल तम्घासमा इकोकार्डियोग्राफी स्क्रिनिङ सेवा सुरु गरिएको छ। च्वाइस ह्युमानिटेरियनको सहयोगमा अत्याधुनिक इकोकार्डियोग्राफी मेसिन प्राप्त भएपछि अस्पतालले यो सेवा सञ्चालनमा ल्याएको हो। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा जनरल फिजिसियन विशेषज्ञ डा. विभव बस्यालका अनुसार नयाँ सेवाले मुटुसम्बन्धी रोगको समयमै पहिचान गर्न, जटिल बिरामीलाई आवश्यक परेमा उच्चस्तरीय अस्पतालमा रेफर गर्न […]
चितवन, साउन ७ गते । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ । संघीय राजधानी काठमाडौँलगायतका विभिन्न ठाउँमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका थिए । पशु सेवा विभागका अनुसार यही साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन । पछिल्लो पटक काठमाडौँको गोकणेश्वर–१ सुन्दरीजलमा सङ्क्रमण देखिएको थियो । विभागका महानिर्देशक डा […]
कञ्चनपुर, साउन १ गते । चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा गत वर्ष यस रोगसँग मिल्दोजुल्दो लक्षण भएका सात जना बिरामी भेटिए । त्यसपछि स्वास्थ्य कार्यालयले समुदायस्तरमा निगरानी र जनचेतनामूलक कार्यक्रमलाई तीव्र बनाएको छ । लक्षण देखिएका सात जनामध्ये केही स्थानीयवासी र केही रोजगारीका सिलसिलामा भारतबाट फर्किएका थिए । सबैको लक्षणका आधारमा […]
कञ्चनपुर, असार २५ गते । कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका नौ वटै पालिकाका सबै बालबालिकालाई नियमित तथा छुट खोपको पहुँचमा ल्याएपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्नु हँुदै बालबालिकालाई […]
मान्म (कालीकोट), असार २५ गते । देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका बेला कालीकोटमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । पशु सेवा कार्यालय कालीकोटले बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह गरेको हो । जिल्लाभित्र कुखुरामा बर्डफ्लु फैलिन सक्ने भएकाले सतर्कताका साथ पूर्वतयारीमा रहन कुखुरापालक किसानलाई अनुरोध गरिएको छ । कुखुरा फार्म, […]
गोरखा, असार २४ गते । गोरखाको पालुङटार नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामुहिक दुर्घटना बिमा गरेको छ । नगरभित्रका विद्यालयमा अध्ययनरत चार हजार ५८२ जना विद्यार्थीको दुर्घटना बिमा गरिएको नगरप्रमुख विवस चिन्तनले जानकारी दिनुभयो । ‘‘विद्यार्थीको स्वास्थ्य सुरक्षा र दुर्घटनाबाट हुनसक्ने आर्थिक जोखिमलाई ध्यानमा राखेर सामुहिक बिमा कार्यक्रम सुरु गरिएको हो,” उहाँले भन्नुभयो, ‘‘यसबाट सामुदायिक […]
काठमाडौँ, असार ८ गते । नेपालमा विभिन्न कार्यक्रम गर्दै १२ औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले आइतबार आयोजना गरेको कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्यालले स्वस्थ, अनुशासित र सन्तुलित जीवनका लागि योगाभ्यासलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउनुपर्ने बताउनुभयो । उहाँले आधुनिक जीवनशैली, असन्तुलित आहारविहार र बढ्दो मानसिक तनावका कारण मानव स्वास्थ्यमा […]
जनकपुरधाम, असार ५ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक रहेको बताउनुभएको छ । अन्तरराष्ट्रिय योग दिवसको अवसरमा आज बिहान जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा आयोजित योग कार्यक्रममा उहाँले योगाभ्यासले मानवलाई स्वस्थ राख्ने भएकाले योग शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो । स्वस्थ्य रहन मानवले दैनिक एक घण्टा योग गर्नुपर्ने बताउँदै […]