काठमाडौँ, असार ८ गते ।
नेपालमा विभिन्न कार्यक्रम गर्दै १२ औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयले आइतबार आयोजना गरेको कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्यालले स्वस्थ, अनुशासित र सन्तुलित जीवनका लागि योगाभ्यासलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउनुपर्ने बताउनुभयो । उहाँले आधुनिक जीवनशैली, असन्तुलित आहारविहार र बढ्दो मानसिक तनावका कारण मानव स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेकाले योग, ध्यान र आयुर्वेदको महìव झन् बढ्दै गएको बताउनुभयो । मुख्य सचिव अर्यालले योगलाई शारीरिक व्यायामका रूपमा मात्र नभई शरीर, मन र चेतनालाई सन्तुलित बनाउने समग्र जीवनशैलीका रूपमा बुझ्नुपर्ने बताउनुभयो । मुख्य सचिव अर्यालले पूर्वीय दर्शनमा आधारित आयुर्वेदिक चिकित्सा प्रणाली विश्वभर आकर्षणको केन्द्र बन्दै गएको बताउनुभयो । कार्यक्रममा योग प्रशिक्षक डा. क्षितिज बराकोटीले योगाभ्यास तथा ध्यानसम्बन्धी प्रशिक्षण दिनुभएको थियो । उहाँले तनाव, चिन्ता, निराशा, क्रोध, ईष्र्या तथा नकारात्मक भावनाको व्यवस्थापनमा योग र ध्यानको भूमिका महìवपूर्ण हुने बताउनुभयो ।
यसैबिच आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पनि योग दिवस मनाएको छ । विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले योग र आयुर्वेद मानव स्वास्थ्यका परस्पर पूरक भएको बताउनुभयो । उहाँले जीवनशैलीजन्य रोग, मानसिक तनाव, उच्च रक्तचाप, मधुमेह तथा अन्य दीर्घरोगको रोकथाम र व्यवस्थापनमा योग तथा आयुर्वेदले प्रभावकारी भूमिका खेल्ने उल्लेख गर्नुभयो । महानिर्देशक डा. उपाध्यायले स्वास्थ्यसेवाको पहुँच विस्तारसँगै रोग लाग्न नदिने संस्कृतिको विकास गर्न आवश्यक रहेको बताउँदै योग, ध्यान, आयुर्वेद तथा प्राकृतिक चिकित्सा पद्धतिलाई जनस्तरसम्म पु¥याउन विभागले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । स्वास्थ्य उपचारभन्दा पनि स्वास्थ्य संरक्षण महìवपूर्ण विषय हो, डा. उपाध्यायले भन्नुभयो, “योग र ध्यानको नियमित अभ्यासले शारीरिक, मानसिक, सामाजिक तथा भावनात्मक स्वास्थ्य सुदृढ बनाउन सहयोग पुग्छ ।”