कञ्चनपुर, साउन १ गते । चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा गत वर्ष यस रोगसँग मिल्दोजुल्दो लक्षण भएका सात जना बिरामी भेटिए । त्यसपछि स्वास्थ्य कार्यालयले समुदायस्तरमा निगरानी र जनचेतनामूलक कार्यक्रमलाई तीव्र बनाएको छ । लक्षण देखिएका सात जनामध्ये केही स्थानीयवासी र केही रोजगारीका सिलसिलामा भारतबाट फर्किएका थिए । सबैको लक्षणका आधारमा […]
कञ्चनपुर, असार २५ गते । कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका नौ वटै पालिकाका सबै बालबालिकालाई नियमित तथा छुट खोपको पहुँचमा ल्याएपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्नु हँुदै बालबालिकालाई […]
मान्म (कालीकोट), असार २५ गते । देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका बेला कालीकोटमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । पशु सेवा कार्यालय कालीकोटले बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह गरेको हो । जिल्लाभित्र कुखुरामा बर्डफ्लु फैलिन सक्ने भएकाले सतर्कताका साथ पूर्वतयारीमा रहन कुखुरापालक किसानलाई अनुरोध गरिएको छ । कुखुरा फार्म, […]
गोरखा, असार २४ गते । गोरखाको पालुङटार नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामुहिक दुर्घटना बिमा गरेको छ । नगरभित्रका विद्यालयमा अध्ययनरत चार हजार ५८२ जना विद्यार्थीको दुर्घटना बिमा गरिएको नगरप्रमुख विवस चिन्तनले जानकारी दिनुभयो । ‘‘विद्यार्थीको स्वास्थ्य सुरक्षा र दुर्घटनाबाट हुनसक्ने आर्थिक जोखिमलाई ध्यानमा राखेर सामुहिक बिमा कार्यक्रम सुरु गरिएको हो,” उहाँले भन्नुभयो, ‘‘यसबाट सामुदायिक […]
काठमाडौँ, असार ८ गते । नेपालमा विभिन्न कार्यक्रम गर्दै १२ औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले आइतबार आयोजना गरेको कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्यालले स्वस्थ, अनुशासित र सन्तुलित जीवनका लागि योगाभ्यासलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउनुपर्ने बताउनुभयो । उहाँले आधुनिक जीवनशैली, असन्तुलित आहारविहार र बढ्दो मानसिक तनावका कारण मानव स्वास्थ्यमा […]
जनकपुरधाम, असार ५ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक रहेको बताउनुभएको छ । अन्तरराष्ट्रिय योग दिवसको अवसरमा आज बिहान जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा आयोजित योग कार्यक्रममा उहाँले योगाभ्यासले मानवलाई स्वस्थ राख्ने भएकाले योग शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो । स्वस्थ्य रहन मानवले दैनिक एक घण्टा योग गर्नुपर्ने बताउँदै […]
काठमाडौँ, जेठ २६ गते । नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढ्दै गएको छ । तथ्याङ्क अनुसार नेपालमा गत वर्ष देशभर तीन हजार जना ब्रेन ट्युमरका बिरामीको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गरिएका बिरामीमध्ये पुरुषको सङ्ख्या महिलाभन्दा बढी रहेको छ । राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष डा. राजिव झाका अनुसार उमेर समूहका आधारमा ३० […]
काठमाडौँ, जेठ २४ गते । दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब चार लाख २० हजार जनाको मृत्यु हुने गरेको छ । यही सन्दर्भमा सुरक्षित खाद्यवस्तुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्वका विभिन्न भागमा […]
गुल्मी, जेठ १७ गते। पश्चिम गुल्मीको मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङ्गमा निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। स्थानीय नागरिकहरूलाई गाउँघरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित यहि जेठ २१ र २२ गते स्वास्थ्य शिविर आयोजना गर्न लागिएको वडा अध्यक्ष सुशील चन्दले जानकारी दिनुभयो। उहाँका अनुसार अग्लुङ्ग वडा कार्यालय आयोजना तथा डाक्टर राजेन्द्र […]
काठमाडौँ, जेठ १ गते । योगदानमा आधारित सामाजिक सुरक्षा कोष र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थबिच स्वास्थ्य सेवा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ । सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ता तथा उनीहरूका परिवारलाई सहज र गुणस्तरीय स्वास्थ्यसेवा उपलब्ध गराउने उद्देश्यले बिहीबार कोष र उक्त स्वास्थ्य संस्थाबिच सम्झौता भएको हो । सम्झौतापत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट […]