alliance khabar

सोमबार, आश्विन १९, २०८३

फिदिम, असोज १९ गते ।

पाँचथर जिल्लाका बालबालिकालाई पहिलो पटक स्वर्णबिन्दु प्राशन गराउन थालिएको छ। आयुर्वेद चिकित्सा पद्धतिअनुसार सुनको भस्मलाई घिउ र महमा घोलेर तयार पारिएको घोललाई स्वर्णबिन्दु भनिन्छ। यसको प्राशन गराउँदा बालबालिकाको सामाजिक, मानसिक, शारीरिक तथा बौद्धिक विकासमा प्रभावकारी हुने चिकित्सकहरू बताउँछन्।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पाँचथरले सोमबार बिहानैदेखि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराउन थालेको हो।

अब यो अभियान हरेक महिनाको पुष्य नक्षत्रका दिन सञ्चालन गरिनेछ। स्वर्णबिन्दु प्राशन गराउन बिहानैदेखि अभिभावकहरू आफ्ना बालबालिकालाई लिएर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पुगेका छन्।

जिल्लामा पहिलो पटक कम्तीमा एक हजार बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराउने कार्यक्रम तय भएको स्वास्थ्य केन्द्रका प्रमुख डा. दिलीपकुमार यादवले बताउनुभयो।

स्वर्णबिन्दु प्राशन कार्यक्रमको शुभारम्भ प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल र फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेको उपस्थितिमा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेले गर्नुभएको थियो। सोमबार दिनभर बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराउने कार्यक्रम जारी रहने डा. यादवले बताउनुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ