जाजरकोटमा नौ हजारभन्दा बढी मत खस्यो

जाजरकोट, मङ्सिर १६ गते : जाजरकोटमा नौ हजारभन्दा बढी मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार दिउँसो २ बजेसम्म नलगाड नगरपालिकामा आठ हजार ६ सय ९६ र कुशे ७ को वडा अध्यक्षका लागि चार सय ७७ मत गरी जम्मा नौ हजार पाँच सय ७३ खसेको जानकारी गराएको छ । यो कुल मतदाता […]

फार्मेसीमा परिचय र पोसाक अनिवार्य गर्न सघाउने मन्त्री पौडेलको प्रतिबद्धता

काठमाडौं, मङ्सिर १६ गते : नेपाल फार्मेसी परिषद्ले पुस ४ गतेबाट लागू हुने गरी गर्न लागेको अनिवार्य पोसाकको व्यवस्था लागू गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सघाउने भएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले फार्मेसीलाई व्यवस्थित गर्नका लागि आवश्यक व्यवस्था गर्न परिषद्लाई भन्नुभएको थियो । लगत्तै परिषद्ले पहिलो चरणमा फार्मेसिष्टको पहिचान खुलाउन पोसाक अनिवार्य गर्ने निर्णय […]

पाल्पामा सुन्तला महोत्सव गर्ने तयारी

तानसेन, मङ्सिर १६ गते : सुन्तलाको प्रचार गरी बजार प्रवर्द्धन गर्न पाल्पाका दुई पालिकाले महोत्सव गर्ने तयारी गरेका छन् । जिल्लाको रिव्दीकोट र रैनादेवी छहरा गाउँपालिकाले सुन्तला महोत्सव गर्ने तयारी गरेका हुन् । दुई पालिकाका पाँच सय बढी किसानले उत्पादन गरेको सुन्तलाको बजार खोजी गर्न महोत्सव गर्न लागिएको गाउँपालिकाले जनाएको छ । सुन्तलाको बजार खोजी गर्दै […]

राष्ट्रपति पौडेलसमक्ष चार देशका राजदूतद्वारा शपथ ग्रहण

काठमाडौं, मङ्सिर १६ गते : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका राजदूतले शपथ ग्रहण गर्नुभएको छ । आइतबार बिहान शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलसमक्ष अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि डा. नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादवले शपथ ग्रहण गर्नुभएको हो । शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री डा. आरजु […]

आगो, हिटर बाल्दा वा गिजर प्रयोग गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौं, मङ्सिर १५ गते : जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजर प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो । जाडोमा शरीर वा कोठालाई न्यानो बनाइ राख्न आगो ताप्ने, हिटर बाल्ने गिजरको प्रयोग गर्दा पर्याप्त सावधानी नअपनाउँदा […]

दुई हजारभन्दा बढीमा एचआइभी पुष्टि

काठमाडौं, मङ्सिर १५ गते । आर्थिक वर्ष २०८०/८१ मा दुई हजार ४७५ जनामा एचआइभी पोजेटिभ पुष्टि भएको छ । ३७ औँ विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स र एसटीडी नियन्त्रण केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । उक्त प्रतिवेदन अनुसार पाँच लाख २४ हजार ९० जनाको एचआइभी परीक्षण गर्दा दुई हजार ४७५ […]

मुक्तकमैया परिवारलाई आवास हस्तान्तरण

कैलाली, मङ्सिर १४ गते : सुरक्षित आवास परियोजना अन्तर्गत कैलालीको बर्दगोरियामा  निर्माण भएका १२ वटा घर शुक्रवार सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले हस्तान्तरण गर्नुभएको छ ।  बर्दगोरिया गाउँपालिका वडा नम्बर–४ दानुवाफाँटाका १२ घरपरिवार मुक्त कमैयालाई उक्त नवनिर्मित सुरक्षित आवास हस्तान्तरण गरिएको हो । ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क र […]

जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?

काठमाडौं, मङ्सिर १५ गते : बर्सेनि जाडोयाम सुरु भएसँगै वायु प्रदूषण बढ्ने गरेको छ । वातावरण विद्हरूले चिसोको समयमा वायु प्रदूषण बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेका छन् । ‘एयर क्वालिटी इन्टेक्स’ का अनुसार आज मध्याह्नसम्म काठमाडौं उपत्यकाको वायु प्रदूषण एक सय ५५ एक्युआइ छ । यो समाचार तयार गर्दासम्मको अवधिमा काठमाडौँ विश्वको छैटौँ प्रदूषित […]

लागू औषध सहित छ पक्राउ

अत्तरिया,  मङ्सिर १५ गते : लागू औषध खैरो हेरोइन सहित कैलाली प्रहरीले  छ  जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१३ का २३ वर्षीय प्रबिन्द राना लागु औषध सहित पक्राउ परेका हुन् ।  उनलाई गोदावरी नगरपालिका–५ गेटाबाट १ ग्राम ३१० मिलिग्राम लागु औषध (हेरोइन) सहित प्रहरीले […]

प्रम ओली र राष्ट्रपति सीबिच वार्ता हुने

काठमाडौँ, मङ्सिर १५ गते : प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबिच उच्चस्तरीय भेटवार्ता हुने भएको छ । नेपालको परराष्ट्र मन्त्रालय र चीनको विदेश मन्त्रालयले शुक्रबार एकैसाथ प्रधानमन्त्री ओलीको भ्रमणको कार्यसूची सार्वजनिक गर्दै प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सीबिच उच्चस्तरीय वार्ता हुने जानकारी दिएका छन् । प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणका लागि यही मङ्सिर […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल