तनहुँ, कात्तिक ३० : दसैँ र तिहारजस्ता ठूला चाडको समयमा सोचेजस्तो व्यापार नहुँदा तनहुँका व्यवसायीहरु चिन्तित बनेका छन् । ठूला चाडमा बजारमाचहल–पहल नहुँदा व्यवसायीहरु चिन्तित देखिएका हुन् । विगतका वर्षहरूमा चाडपर्वको समयमा ग्राहकहरुको ठेलमठेल हुने सदरमुकाम दमौली बजार, आँबुखैरेनी, डुम्रे, खैरेनीटार, दुलेगौंडा, भिमादलगायत प्रमुख बजार क्षेत्र यसपाली सुनसानजस्तै रहेको व्यवसायीको भनाइ छ । आशा गरेजस्तो व्यापार […]
बिर्तामोड, मङ्सिर १ : झापामा नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । झापा कमल गाउँपालिका–१ निवासी १९ वर्षीय विनोद थापाले सामाजिक सञ्जालमा महिलाको गोप्य अङ्गको फोटो सार्वजनिक गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । नक्कली फेसबुक आइडीमार्फत धेरै प्रकारका कानुन विपरीतका क्रियाकलाप पोष्ट गरेको भन्ने उजुरीका आधारमा […]
कालीकोट, मङ्सिर १ : कालीकोट प्रहरीले गोरु काटिरहेको अवस्थामा तीन जनालाई नियन्त्रणमा लिएको छ । कात्तिक २५ गते नरहरीनाथ गाउँपालिका–८ मा गोरु काटिरहेको सूचना प्राप्तपछि इलाका प्रहरी चौकी कुमाल गाउँबाट खटिएको प्रहरी टोलीले गोरु काट्ने काममा संलग्न रहेको आरोपमा २६ गते बिहान पक्राउ गरेको हो । काग तिहारको साँझ नरहरिनाथ गाउँपालिका–९ को विरौना जङ्गलमा रहेको चदारे […]
काठमाडौं, मङ्सिर १ : आज शुक्रबारबाट वाणिज्य बैङ्कहरूको नयाँ ब्याजदर लागू भएको छ । बैङ्कहरूले मङ्सिर महिनाका लागि नयाँ ब्याजदर निर्धारण गरी लागू गरेका हुन् । वाणिज्य बैङ्कहरूमा अधिकांशले बैङ्कको ब्याजदर घटाएका छन् । कात्तिकको तुलनामा मङ्सिरमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.३३१६ प्रतिशत र संस्थागत मुद्दतीमा औसतमा ०.३०६६ प्रतिशत बिन्दुले ब्याजदर घटाएका हुन् । […]
महोत्तरी, ३० कात्तिक : सूर्य उपासनाको महापर्व छठ व्रतको तयारी थालिएको छ । मधेशको प्राचीन मिथिला क्षेत्रको लोकपर्व मानिने छठका लागि वर्तालुले आज कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अर्बाइन’ विधिसँगै तयारी थालेका हुन् । सामान्यतया कात्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुुरु हुने भनिए पनि एक दिनपूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा–मासु, मुसुरोसहितका धार्मिक […]
जानकी (बाँके), ३० कात्तिक : बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन् । विकलाई आज बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । उनलाई घर नजिकै पछाडिबाट अज्ञात व्यक्तिले टाउको तथा […]
दमक (झापा), ३० कात्तिक : झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको हो । उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ । तीव्रगतिको मोटरसाइकल अनियन्त्रित हँुदा भैँसीसँग ठोक्किन […]
रामपुर (पाल्पा), ३० कात्तिक : देउसीभैलो खेल्ने नाममा समाजमा तडकभडक भित्रिएको छ । सहरबजारमा मात्र नभई गाउँघरमा परम्परागत संस्कृति संरक्षणभन्दा पनि आधुनिकताका नाममा विकृति–विसङ्गति बढ्दै गएको छ । तिहार अर्थात भाइटीकामा खेलिने देउसीभैलोमा मौलिकपन हराउन थालेपछि सिर्जनशील दलित मुक्ति समाज रामपुर नगरपालिका–३ रजघरा पाल्पा भने परम्परागत संस्कृति संरक्षणमा लागेको छ । समाजले गाउँ–गाउँमा देउसीभैलोमार्फत मौलिकता […]
अछाम, ३० कात्तिक : अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र०१००१ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार नगरपालिका–४ का दीपक बोहरा र वडा नं २ का जनक खड्काको उपचारका लागि […]
गलकोट, ३० कात्तिक : बागलुङको दमेकमा जन्मेर बागलुङ बजारलाई कर्मथलो बनाइराख्नुभएका टेकबहादुर क्षेत्रीको पेसागत आबद्धता अफसेट प्रेस हो । कला, संस्कृतिसँग विशेषगरी भजन संरक्षणमा युवापुस्ताको चासो नदेखिएपछि क्षेत्रीको फुर्सदको समय भजन गाउँदैमा बित्न थाल्यो । उहाँले विभिन्न मठमन्दिर, चौरासी पूजा, व्रतबन्ध र कहिलेकाहीँ कालिका मन्दिरमा गएर भजन गाउन थाल्नुभयो । अहिले तिनै क्षेत्रीकै अगुवाइमा जिल्लामा […]