काठमाडौँ, भदौ १२ गते । नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटले पराजित भएको छ । बिहीबार जितका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको साउथ अस्ट्रेलियाले १९.५ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । साउथ अस्ट्रेलियाका लागि विन्टरले सर्वाधिक ३६ रन बनाउनुभयो । यस्तै होगन बोइजिमले २८, कप्तान हार्वेले २७, […]
विराटनगर, भदौ १२ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि इजरायली राजदूत स्मुलिक ऐरी बासबिच मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय विराटनगरमा भेटघाट भएको छ । सो अवसरमा मुख्यमन्त्री कार्कीले नेपाल–इजरायलबिचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै यसलाई अझै प्रगाढ बनाएर लैजानुपर्ने बताउनुभयो । दुई देशबिच कृषि, श्रम, रोजगार र स्वास्थ्य क्षेत्रमा मुख्य सहकार्य हुँदै आएको […]
डडेल्धुरा, भदौ १२ गते । डडेल्धुराको दुर्गम क्षेत्र नवदुर्गा गाउँपालिका ५ को चौडमा जिप दुर्घटना हुँदा ज्यान गुमाउनु भएका चारै जनाको सनाखत भएको छ । दुर्घटनामा परि एकै वडाका चार जनाको मृत्यु हुनुकासाथै अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका ५ का १८ वर्षीय शुरेस साउद, २३ वर्षीय शुरेस पार्की, ४० […]
गण्डकी, भदौ ११ गते । चित्रकलाका माध्यमबाट देशलाई चिनाउने महाअभियानमा जुट्नुभएका कलाकार नगेन सिंह ठकुरीले नवलपरासीपूर्वको बौदीकाली गाउँपालिका स्थित अकला मन्दिरलाई क्यानभासमा उतार्नुभएको छ । शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी, विश्वको सर्वोच्च शिखर सगरमाथा, विश्व सम्पदा पशुपतिनाथ, मुक्तिनाथ, लाङटाङ, चितवन राष्ट्रिय निकुञ्जका माध्यमबाट विश्वमञ्चमा नेपाल परिचित भए पनि देशका ७७ वटै जिल्लाका कम्तीमा तीनवटा […]
सुलीकोट, भदौ ११ गते । गोरखाको गण्डकी गाउँपालिकाभित्र उत्पादित तरकारी ढुवानी सहजता गर्नका लागि विद्युतीय रोपवे सञ्चालन हुने भएको छ । गण्डकी गाउँपालिकाको ५० लाख रुपियाँ र गण्डकी प्रदेश सरकारको ४० लाख गरी कुल ९० लाख रुपियाँ बजेटबाट विद्युतीय रोपवे सञ्चालन हुने भएको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सेनाले जानकारी दिनुभयो । विद्युतीय रोपवे कार्यक्रमका लागि […]
नेपालगन्ज, भदौ ११ गते । पश्चिम नेपालकै ठुलो नाका मध्येको एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन भएको छ । गत वर्षभन्दा चालु आवका लागि तीन अर्ब राजश्व लक्ष्य घटाएर सोही अनुसार मासिक लक्ष्य निर्धारण गरिए पनि सो लक्ष्यसमेत प्राप्त हुन नसकेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ […]
सुलीकोट, भदौ ११ गते । गोरखामा एक जनामा जापनिज इन्सेफलाइटिस संक्रमण देखिएको छ । जिल्लाको बारपाक सुलीकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङका एक पुरुषमा जापनिज इन्सेफलाइटिस रोग देखिएको हो । लामो समयदेखि चितवनतिर बस्दै आएका पुरुष बिरामी भएपछि आफ्ना छोरा बुहारीले घरमा ल्याएर जिल्लामा उपचार गराउँदा ठिक नभएपछि चितवनको नारायणी सामुदायिक अस्पतालमा लगरे चेकजाँच गर्दा जापनिज इन्सफलाइटिस […]
चन्द्रपुर (रौतहट), भदौ ११ गते । रौतहटको माधवनारायण नगरपालिका–६ की रुबी कुमारी साहको हत्यामा संलग्न रहेको आरोप लागेका प्रेमी लक्ष्मण पासवान बुधबार बिहान पक्राउ परेको छ । पासवान आफैँले आफ्नो जीउमा आगो लगाएपछि स्थानीयले उद्धार गरेका थिए । पासवानले आगो लगाएको कुरा स्थानीयले प्रहरीलाई खबर गरे पछि प्रहरी चौकी माधोपुरको टोलीले माधोपुरदेखि पश्चिम शिवनगर जाने […]
भारदह(सप्तरी), भदौ ११ गते । सप्तरीको सुरूङ्गा नगरपालिका जिल्लामा पहिलो र मधेसमा तेस्रो स्थान प्राप्त गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन लिसाको गुणस्तरीय परिक्षणमा यस नगरपालिकाले ७७ अंक प्राप्त गरि जिल्लामा उत्कृष्ट र मधेस प्रदेशमा तेस्रो स्थान हासिल गरेको हो । स्थानीय तहहरूको संस्थागत क्षमता, सेवा प्रवाह, […]
चौमाला (कैलाली), भदौ ११ गते । सुदूरपश्चिम प्रदेशको प्रमुख स्वास्थ्य संस्थामध्ये एक सेती प्रादेशिक अस्पताल नेतृत्वविहीन हुँदा अस्पतालको नीतिगत निर्णय प्रक्रिया प्रभावित भएको छ । अस्पताल विकास समिति अध्यक्ष निर्मल शाहको कार्यकाल गत चैत ७ गते सकिएपछि नयाँ अध्यक्षको नियुक्ति नभएको हो । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले विकास समितिमा नहुँदा अस्पतालबाट […]