alliance khabar

बिहिबार, भाद्र १२, २०८२

काठमाडौँ, भदौ १२ गते ।

नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटले पराजित भएको छ ।

बिहीबार जितका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको साउथ अस्ट्रेलियाले १९.५ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

साउथ अस्ट्रेलियाका लागि विन्टरले सर्वाधिक ३६ रन बनाउनुभयो । यस्तै होगन बोइजिमले २८, कप्तान हार्वेले २७, ड्रियुले २४ र मनेन्टीले २२ रन बनाउनुभयो ।

बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिनुभयो । नन्दन यादवले दुई तथा कप्तान रोहित पौडेलले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४६ रन बनाएको थियो ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ३२ रन बनाउनुभयो । यस्तै दीपेन्द्रसिंह ऐरीले २६, आसिफ शेखले २२, आरिफ शेखले २१ र सोमपाल कामीले अविजित १८ रन जोड्नुभयो ।

बलिङमा साउथ अस्ट्रेलियाका लागि थोम्पसन, ब्राउन र मेनेन्टीले दुई दुई तथा म्याकफाडेन र मेन्जिसले एक एक विकेट लिनुभयो ।

टप एन्ड टी–२० सिरिजका लागि अस्ट्रेलिया पुगेको नेपाल सिरिजको समूह चरणबाट बाहिरिएको थियो । सिरिजपछि नेपालले साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेलेको हो ।

नेपालले यसअघि स्थानीय क्यापिटल टेरिटोरी (एसिटी)विरुद्ध टी–२० अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल