कैलालीमा सुत्केरी महिला मृत फेला, शिशु सकुशल

चौमाला (कैलाली), असार ६ गते ।  कैलालीको गोरीगंगा नगरपालिकामा एक सुत्केरी महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको गौरीगंगा नगरपालिका–७ को कैलाशपुरमा शुुक्रबार बिहान सोही ठाउँ बस्ने १९ वर्षीय तुलसी नाथ घर नजिकै फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले नाथ मृत भेटिएको बताउँदै […]

स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउनुपर्छ : अध्यक्ष यादव

काठमाडौँ,  असार ६ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले यस पटक बारा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुभएको छ । यसअघि उहाँ २०६४ सालको संविधानसभा निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र ५ र सुनसरी ५ बाट, २०७० सालमा सुनसरी क्षेत्र नं ५ तथा  २०७४ सालमा सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा […]

दरबन्दी मिलानपछि सामुदायिक विद्यालयमा आकर्षण

कञ्चनपुर, असार ६ गते ।  कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । दरबन्दी मिलान गरिएपछि सो पालिकास्थित सामुदायिक विद्यालयहरूमा विद्यार्थी सङ्ख्या दोब्बरले वृद्धि भएको हो । स्थानीय तहको निर्वाचनपछि २०७८ साउनमा भीमदत्त नगरपालिकाले सामुदायिक विद्यालयहरूमा दरबन्दी मिलान गरेको थियो । सामुदायिक विद्यालयहरूको दरबन्दी मिलान, विद्यालय समायोजन र विद्यालय कक्षा कोठाको सिकाइ वातावरणमा […]

धार्मिक विविधताले पर्यटक तानिँदै

वराहक्षेत्र, असार ६ गते  । प्रकृतिबाट सुन्दर उपहार पाएको पूर्वी नेपाल पर्यटकका लागि आकर्षक केन्द्र बन्दै गएको छ । प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक र जैविक विविधताले भरिपूर्ण कोशी प्रदेश केही वर्षयता पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै आएको हो । तराई, पहाडी र हिमाली क्षेत्र ओगटेको प्रदेशमा हिमाल, झरना, नदी, मठमन्दिर, ऐतिहासिक स्थल, गुम्बादेखि विभिन्न जीवजन्तु र वनस्पति […]

चोरखोलामा पहिरो, राप्ती राजमार्ग अवरुद्ध

सल्यान, असार ६ गते ।  सल्यान र दाङ जिल्लाको सिमाना चोरखोलामा ठुलो पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध भएको छ । कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा अविरल वर्षासँगै गएको पहिराले कपुरकोट–दाङ सडकखण्ड पूर्णरूपमा ठप्प बनेको हो । बिहीबार राति ९ः५५ देखि पहिरो झरेका कारण सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शुक्रबार बिहान ६ […]

नेपाल ट्रेड युनियन कांग्रेसको विज्ञप्ति : कुलिङ पिरियड हटाउने चलखेलप्रति कडा आपत्ति

काठमाडौं, असार ५ गते । संघीय निजामती सेवा विधेयक २०८० मा समावेश गरिएको दुई वर्षे कुलिङ पिरियड (शीतकालीन अवधिको नियम) को प्रावधान हटाउन गरिएको चलखेलप्रति नेपाल ट्रेड युनियन कांग्रेस (NTUC) ले गम्भीर आपत्ति जनाएको छ। राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भई संघीय संसदमा पेश भएको सो विधेयकमा, कुनै निजामती वा सरकारी सेवाबाट राजीनामा दिएको […]

हराएको पहिचान खोज्दै कलाकार

काठमाडौँ, असार ५ गते  ।  बिदेसिनु रहर होइन, बाध्यता हो । कोही पारिवारिक कारणले त कोही आर्थिक अवस्था सुधार्न बिदेसिएका छन् । बिदेसिने रोग सर्वसाधारणमा मात्र होइन, नाम चलेका स्थापित कलाकारमा रहेको छ । चलचित्रमा खासै लोभलाग्दो सफलता पाउन नसकेपछि केही नेपाली कलाकार बिदेसिएका छन् । उनीहरूले अनेक व्यवसाय गरेर विदेशमा आफ्नो कर्म गरिरहेका छन् । यद्यपि उनीहरूमा चलचित्रप्रतिको हुटहुटीमा […]

रासायनिक मलको मूल्य बढ्न सक्ने

काठमाडौँ, असार ५ गते ।  इजरायल र इरानबिच हाल भइरहेको युद्धका कारण रासायनिक मलको लागत मूल्य २० प्रतिशतसम्म बढ्ने भएको छ । युद्धका कारणले मल उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थको अभाव हुँदा मूल्य बढ्ने भएको हो । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा समेत पर्ने गर्छ । युद्धका कारण रासायनिक […]

सयौँ युरोपेली इजरायलबाट स्वदेश फिर्ता

एथेन्स, असार ५ गते ।  इरानसँगको द्वन्द्व चर्किरहेका बेला युरोपेली मुलुकहरूले बुधबार इजरायलबाट आफ्ना सयौँ नागरिकलाई स्वदेश फर्काएका छन् । जर्मनीको विदेश मन्त्रालयका प्रवक्ता क्रिश्चियन वाग्नरका अनुसार जोर्डनमा चार्टर्ड गरिएको व्यावसायिक उडानमार्फत करिब दुई सय जनालाई जर्मनीले ल्याउने अपेक्षा गरिएको छ । अम्मानबाट दोस्रो उडान बिहीबारका लागि तय भएको उहाँले बताउनुभयो । रोममा इटालीका विदेशमन्त्री […]

कागज उत्पादन गर्न सिक्दै चेपाङ र तामाङ समुदाय

हेटौँडा, असार ५ गते । मकवानपुरको राक्सिराङका चेपाङ र तामाङ समुदाय पछिल्लो समय सिपसँग जोडिन थालेका छन् । विभिन्न सङ्घ संस्थाले पालिका र प्रदेश सरकारसँग सहकार्य गरेर सञ्चालन गर्ने स्वरोजगारमूलक तालिममा जोडिएर चेपाङ र तामाङ समुदाय सिप सिक्न थालेका हुन् । राक्सिराङका थापाबहादुर दोङले केराको रेसाबाट नेपाली कागज उत्पादन गर्ने सिपबाट आत्मनिर्भर बन्न सहयोग पुग्ने […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल