alliance khabar

बुधबार, भाद्र २४, २०८३

गाईघाट, भदौ २४ गते ।

नेपाल पत्रकार महासंघ उदयपुर जिल्ला शाखाका संस्थापक सचिव तथा पत्रकार बद्रीप्रसाद काफ्लेको बुधबार बिहान निधन भएको छ। त्रियुगा नगरपालिका–११, गाईघाटस्थित समता टोलमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको हो।

काफ्लेको निधनप्रति नेपाल पत्रकार महासंघ उदयपुरले दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ। उहाँ २०४९ सालमा नेपाल पत्रकार महासंघ उदयपुर शाखा गठन हुँदा संस्थापक सचिवको जिम्मेवारीमा रहनुभएको थियो।

काफ्लेले तत्कालीन समयमा ‘त्रियुगा अर्धसाप्ताहिक’ नामक पत्रिका प्रकाशन गरी पत्रकारितामा योगदान पुर्‍याउनुभएको थियो। उहाँ विगत एक वर्षदेखि गम्भीर बिरामी भई अचेत अवस्थामा रहनुभएको थियो। स्वर्गीय काफ्लेका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ