alliance khabar

बुधबार, भाद्र ११, २०८२

चन्द्रपुर (रौतहट), भदौ ११ गते ।

 रौतहटको माधवनारायण नगरपालिका–६ की रुबी कुमारी साहको हत्यामा संलग्न रहेको आरोप लागेका प्रेमी लक्ष्मण पासवान बुधबार  बिहान पक्राउ परेको छ ।

पासवान आफैँले आफ्नो जीउमा आगो लगाएपछि स्थानीयले उद्धार गरेका थिए ।

पासवानले आगो लगाएको कुरा स्थानीयले प्रहरीलाई खबर गरे पछि प्रहरी चौकी माधोपुरको टोलीले माधोपुरदेखि पश्चिम शिवनगर जाने बाटोमा राजदेवी मन्दिर नजिकबाट उद्धार गरी उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पताल पुर्‍याएको प्रहरी चौकी माधोपुरका बरिष्ट प्रहरी हबल्दार राजेश थारुले जानकारी दिनुभयो ।

गरुडामा उपचार सम्भव नदेखिए पछि पासवानलाई थप उपचारका लागि वर्न हस्पिटल कीर्तिपुर रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।

रुबी साहको हत्या बाध्यतावश गरेको पासवान आफैँले बनाएको भिडियोमा बोलेका छन् ।

आफ्नो जिउमा आगो लगाउनु केहि बेर अघि तयार गरिएको उक्त भिडियो सामाजिक सन्जालमा देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार रुबी साहको हत्यारा लक्षमण पासवान नै रहेको अहिलेसम्मको अनुसन्धानले देखाएको पुष्टि गर्नुभएको छ ।

रुबिको हत्या गरेर हत्याराले सुटकेसमा राखेको अवस्थामा प्रहरीले गौर गंगापिपरा सडक खण्डको मुडवलबाबाट शनिबार राति फेला पारेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल