alliance khabar

बुधबार, भाद्र २४, २०८३

कुचिङ (मलेसिया), भदौ २४ गते ।

मलेसियाको सारावाक राज्यमा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

मलेसियाली अधिकारीका अनुसार मङ्गलबार दिउँसो बो–१०५ प्रकारको हेलिकोप्टर बोर्नियो टापुको उत्तरपश्चिमी क्षेत्रमा पर्ने मिरी सहरबाट करिब ३१५ किलोमिटर दक्षिणपूर्वमा रहेको दुर्गम हवाई क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

मिरीका विपद् व्यवस्थापन समितिका अध्यक्ष गालोङ लुआङले बुधबार जारी गरेको विज्ञप्तिमा हेलिकोप्टरमा सवार पाँचै जनाको मृत्यु भएको पुष्टि गर्नुभएको हो । मृतकमध्ये चालक, एक चिकित्सक, एक स्वास्थ्य सहायक र दुई जना नर्स रहेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको दुर्घटनाको दृश्यमा हेलिकप्टर खस्नुअघि त्यसबाट बाक्लो धुवाँ निस्किरहेको देखिन्छ । यद्यपि, दुर्घटनाको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

मलेसियाको नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनाको अनुसन्धान गर्न हवाई दुर्घटना अनुसन्धान टोली बुधबार घटनास्थल पुग्नेछ ।

मलेसियाको दुर्गम स्वास्थ्य सेवा कार्यक्रमले घना जंगल र कठिन भौगोलिक अवस्थाका कारण सडक यातायातको पहुँच नभएका आदिवासी समुदायलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । त्यहाँका बासिन्दा स्वास्थ्य सेवाका लागि हवाई यातायातमा ठुलो मात्रामा निर्भर छन् ।

यस सेवाअन्तर्गत चिकित्सक, स्वास्थ्य सहायक, नर्सलगायत स्वास्थ्यकर्मीको टोली हेलिकोप्टर वा साना विमानमार्फत गाउँ तथा परम्परागत सामुदायिक घरहरूमा नियमित रूपमा पुग्ने गर्छ । स्वास्थ्य टोलीहरू सामान्यतया प्रत्येक महिना वा दुई महिनाको अन्तरालमा दुर्गम बस्तीमा पुग्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ