मकवानपुरगढीमा आगलागी, घरसहित २५ लाखको क्षति

हेटौँडा, भदौ १८ गते ।  मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीय इन्द्रबहादुर कठायतको दुई कोठे कच्ची घर र घरसँगै रहेको भान्साकोठामा बुधबार राति अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो। इँटा र काठले बनेको तथा जस्ताको छानो भएको […]

चुरे भेगमा भाइरल ज्वरोको प्रकोप, सयौँ परिवार प्रभावित

बर्दिबास, भदौ १८ गते ।  महोत्तरीको बर्दिबास नगरपालिका–५ सहित चुरे क्षेत्रमा दुई सातादेखि भाइरल ज्वरोको प्रकोप फैलिएको छ। भौगोलिक विकटता, निरन्तरको वर्षा, बाढी तथा पहिरोका कारण समयमै स्वास्थ्य सेवा र औषधि नपाउँदा चुरे क्षेत्रका सयौँ परिवार प्रभावित भएका छन्। चुरेका प्रभावित बस्तीबाट उपचारका लागि करिब ३० किलोमिटर टाढा रहेको बर्दिबास पुग्नुपर्ने बाध्यता छ। यो दूरीमध्ये […]

भोटेकोशी बाढीपीडितका लागि महालक्ष्मीले ४१ लाख सहयोग गर्ने

हिले, भदौ १८ गते ।  रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि धनकुटाको महालक्ष्मी नगरपालिकाले ४१ लाख ४८ हजार २२९ रुपियाँसहयोग गर्ने भएको छ। नगर कार्यपालिकाको भदौ १७ गते बसेको बैठकले विपदबाट प्रभावितका लागि तत्कालीन तथा दीर्घकालीन राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय […]

रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना

काठमाडौँ, भदौ १८ गते ।  भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा बिहीबार मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले ती क्षेत्रमा भारी वर्षाको सम्भावना भने कम रहेको जानकारी दिनुभयो । “आज दिउँसो ती जिल्लामा मध्यमसम्म वर्षा हुने सम्भावना रहे पनि भारी वर्षाको सम्भावना न्यून छ । […]

जापानबाट नेपाललाई पहिलो चरणको राहत प्राप्त

काठमाडौँ, भदौ १७ गते ।  जापानबाट पहिलो चरणको राहत सामग्री आज आइपुगेको छ । जापान सरकारले नेपालमा आइपरेको भोटेकोशी हिमबाढीको विपत्मा ऐक्यबद्धता जनाउँदै उक्त राहत सामग्री नेपाल पठाएको हो । उक्त राहत सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नेपालका लागि जापानका राजदूत माएदा तोरुले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मानवीय सहायता सामग्री व्यवस्थापन क्षेत्रमा हस्तान्तरण […]

ऊर्जा क्षेत्रबाट विपद् उद्धार कोषमा थप २ करोड १२ लाख सहयोग

काठमाडौं, भदौ १७ गते ।  राष्ट्रिय विपद्का समयमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले ऊर्जा क्षेत्रका विभिन्न निकायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुधबार थप २ करोड १२ लाख रुपियाँ आर्थिक सहयोग गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत बुधबार विद्युत् नियमन आयोगले १ करोड रुपियाँ, हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले १ करोड […]

बाढी प्रभावित क्षेत्रमा बिटिएस साइट सुचारु

काठमाडौं, भदौ १७ गते । नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा मोबाइल बीटीएस साइट सुचारु गरी प्रभावित सबै स्थानहरुमा पूर्णरुपमा नेटवर्क पहुँच कायम गरेको छ । भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा नेपाल टेलिकमका टावरबाट प्रदान गरिएको मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो । नेपाल टेलिकमका प्राविधिकहरु निरन्तर रुपमा वाढी […]

रसुवा बाढीपीडितका लागि राहत बोकेर बुढानीलकण्ठको टोली धुञ्चेतर्फ

काठमाडौं , भदौ १७ गते। रसुवा भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री लिएर बुढानीलकण्ठ नगरपालिकाको टोली रसुवा प्रस्थान गरेको छ । नगरपालिकाका विभिन्न वडा कार्यालय तथा स्थानीय समुदायबाट संकलन गरिएका राहत सामग्री बोकेका तीनवटा गाडी बुधबार वडा नं. ३ का अध्यक्ष आकाश धिताल र सदस्य विकास तामाङको नेतृत्वमा रसुवाको धुञ्चेतर्फ प्रस्थान गरेकाे  हाे । […]

भोटेकोशी बाढीपीडितका लागि ट्रेड युनियन कांग्रेसलाई १७ हजार सहयोग

काठमाडौं , भदौ १७ गते। रसुवा भोटेकोशी बाढीपीडितको उद्धार राहत तथा पुनःस्थापनाका लागि नेपाल इम्ब्रोइडरी, हेन्डिक्राफ्ट तथा सिलाई बुनाई श्रमिक संघले रु १७ हजार  सहयोग गरेको छ। संघकी कार्यवाहक अध्यक्ष सीता कार्की ले बुधबार नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरलाई ट्रेड युनियन कांग्रेसको कार्यालयमा उक्त रकम हस्तान्तरण गर्नुभएको हो। बाढीपीडितलाई राहत तथा पुनःस्थापनामा सहयोग […]

भोटेकोशी बाढीपीडितका लागि गोकर्णेश्वर ५ बाट १ लाख ७८ हजार सहयोग

काठमाडौं, भदौ १७ गते। रसुवाको भोटेकोशीमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितका लागि गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का स्थानीयवासीहरुले आज रु. १ लाख ७८ हजार ५० रुपैयाँ आर्थिक सहयोग गरेका छन् । स्थानीय तथा समाजसेवी कोमल लामिछाने र कमला लामिछाने दम्पतीले बाढीपीडितका लागि रु. १ लाख सहयोग गर्नुभयो । उक्त रकम गोकर्णेश्वर नगरपालिका […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ