काठमाडौं, असोज ३० गते । गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरीको सेवा–सुविधा वृद्धि, जनशक्ति थप तथा आधुनिक प्रविधि र पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको बताउँदै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातमा संलग्न हुने प्रहरीलाई संरक्षण नगरिने स्पष्ट पार्नुभएको छ । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्शालमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले नागरिकको […]
काठमाडौँ, असोज २९ गते । बडादसैँको पाँचौँ दिन बिहीबार नवदुर्गाभवानी स्कन्दमाताको पूजाआराधना गरिँदै छ । भगवान् शिव र माता पार्वतीका ज्येष्ठ पुत्र कार्तिकेय (स्कन्द) की माता भएकाले उहाँको नाम ‘स्कन्दमाता’ रहन गएको हो । देवी स्कन्दमाताको स्वरूप अत्यन्तै ममतामयी र शान्त छ । उहाँको वाहन सिंह हो । उहाँका चार वटा हात छन् । दायाँतर्फको […]
बागलुङ, असोज २९ गते । सशस्त्र प्रहरी बलले पश्चिम बागलुङको तमानखोला गाउँपालिकाका पहिरोपीडित परिवारलाई राहत वितरण गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट विपद् प्रभावितका लागि प्राप्त १८ प्रकारका खाद्य सामग्री समावेश गरिएका १५ कार्टुन राहत सामग्री बुधबार गाउँपालिकाका १५ पीडित परिवारलाई वितरण गरिएको हो। सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेडक्वार्टर बागलुङका गुल्मपति सशस्त्र […]
बेनी (म्याग्दी), असोज २९ गते । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्ड १८ दिनपछि पुनः सञ्चालनमा आएको छ । असोजको दोस्रो साता परेको अविरल वर्षापछि म्याग्दी नदीमा आएको बाढीले कुण्डमा हिलो, बालुवा र गेग्रान थुपारेपछि बन्द भएको स्नान सेवा स्थानीयवासी, युवा क्लब, आमा समूह तथा सुरक्षाकर्मीको श्रमदानबाट सरसफाइ गरी बुधबारदेखि पुनः […]
हुम्ला, असोज २९ गते । हुम्लाको सदरमुकाम सिमकोट आसपासका क्षेत्रमा स्याउ टिप्न सुरु गरिएको छ । बोटमा फलेको स्याउको रसिलोपन र परिपक्वता मेसिनबाट परीक्षण गर्दा टिप्न योग्य देखिएपछि किसानले बगैँचाबाट स्याउ टिप्न थालेका हुन् । सिमकोट गाउँपालिका–५ का मानविर रोकायाले कृषि प्राविधिकको सल्लाहअनुसार बोटबाट स्याउ टिप्न सुरु गरेको बताउनुभयो । उहाँले ५३ बोटको स्याउ बगैँचा […]
हेटौँडा, असोज २९ गते । मकवानपुरको मनहरी गाउँपालिकामा उत्पादनमा आधारित दुधमा प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन भएपछि दुध सङ्कलनमा वृद्ध भएको छ । गाउँपालिकाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा ३१ लाख ९२ हजार लिटर दुध सङ्कलन भएको थियो भने आव २०८२/८३ मा बढेर ४९ लाख १२ हजार ६१६ लिटर पुगेको हो । गाउँपालिकाले आव २०८२/८३ मा सात […]
फुङलिङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा विकट हिमाली बस्तीमा पुगेर पशुको स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श सेवा प्रदान गरेको छ । पशुपालकलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले समुद्र सतहबाट चार हजार २०० मिटर उचाइसम्म पुगेर पशु स्वास्थ्य शिविर सञ्चालन गरेको हो । गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिकले समुद्र सतहबाट चार हजार […]
काठमाडौँ, असोज २९ गते । तीव्र रूपमा बढ्दै गएको जनसङ्ख्याको चापलाई सडक यातायातले मात्र धान्न नसक्ने अहिलेको अवस्थामा काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यसहित ‘रत्नपार्क–भक्तपुर मेट्रो रेल’ परियोजना अगाडि बढाइएको छ । सरकारले यस परियोजनालाई अगाडि बढाउन ‘काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना २०५०’ तयार गरी सार्वजनिकसमेत गरिसकेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग […]
बनेपा, असोज २८ गते । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तारको कामलाई निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्यसहित तीव्रता दिइएको छ । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको १५.८ किलोमिटर सडकलाई छ लेनमा विस्तार गर्ने व्रmममा काभ्रेतर्फ ७४ प्रतिशत र भक्तपुरतर्फ ५४ प्रतिशत भौतिक प्रगति भएको छ । सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख सुपरिन्टेन्डेन्ट इन्जिनियर विजयकुमार महतोले निर्माण व्यवसायीलाई […]
कल्याणपुर (सप्तरी), असोज २८ गते । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राजविराज नगरपालिकास्थित बिटौरी जग्गामा बसोबास गर्दै आएका नगरवासीलाई दसैँअघि नै जग्गाधनी पुर्जा वितरणका लागि आवश्यक प्रव्रिmया सुरु गर्न निर्देशन दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीमा सोमबार सरोकारवाला कार्यालयका प्रमुख र प्रतिनिधिको बैठकमा मन्त्री यादवले यस्तो निर्देशन दिनुभएको हो । साढे आठ दशकदेखि जग्गाधनी पुर्जाविहीन […]