alliance khabar

बिहिबार, आश्विन २९, २०८३

हेटौँडा, असोज २९ गते ।

मकवानपुरको मनहरी गाउँपालिकामा उत्पादनमा आधारित दुधमा प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन भएपछि दुध सङ्कलनमा वृद्ध भएको छ । गाउँपालिकाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा ३१ लाख ९२ हजार लिटर दुध सङ्कलन भएको थियो भने आव २०८२/८३ मा बढेर ४९ लाख १२ हजार ६१६ लिटर पुगेको हो ।

गाउँपालिकाले आव २०८२/८३ मा सात वटा दुग्ध उत्पादक सहकारी संस्थामार्फत सङ्कलित दुधमा प्रतिलिटर तीन रुपियाँका दरले किसानलाई एक करोड ४७ लाख ३७ हजार ८५० रुपियाँ प्रोत्साहन अनुदान वितरण गरेको छ । अनुदानमध्ये गाउँपालिकाको आन्तरिक स्रोतबाट एक करोड २२ लाख ३७ हजार ८५० रुपियाँ र बागमती प्रदेश सरकारको ससर्त अनुदानबाट २५ लाख रुपियाँ उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । कार्यव्रmमबाट एक हजार ९६९ जना किसान लाभान्वित भएका छन् ।

आव २०८१/८२ मा दुध सङ्कलनका आधारमा किसानलाई ९५ लाख ७८ हजार ३३८ रुपियाँ अनुदान वितरण गरिएको थियो । दुवै आवमा प्रतिलिटर तीन रुपियाँका दरले अनुदान दिइएको गाउँपालिकाले जनाएको छ । दुध सङ्कलन बढेसँगै अनुदान रकमसमेत वृद्धि भएको हो । गाउँपालिकाको तथ्याङ्क अनुसार क्षितिज दुग्ध उत्पादक सहकारी संस्थामार्फत १० लाख ३९ हजार ६९१ लिटर दुध सङ्कलन भएको थियो । उक्त परिमाणको दुधबापत किसानलाई ३१ लाख १९ हजार ७३ रुपियाँ अनुदान दिइएको थियो । यसबाट ३५० जना किसान लाभान्वित भएका थिए ।

त्यस्तै मनहरी–८ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडमार्फत १७ लाख ५२ हजार १७५ लिटर दुध सङ्कलन हुँदा ५२ लाख ५६ हजार ५२५ रुपियाँ अनुदान वितरण गरिएको थियो । यसबाट ६१३ जना किसान लाभान्वित भएका थिए । मनहरी–३ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडमार्फत १३ लाख ७९ हजार ५४१ लिटर दुध सङ्कलन भएको थियो । उक्त दुधबापत ४१ लाख ३८ हजार ६२३ रुपियाँ अनुदान वितरण गरिएको थियो । यसबाट ५५८ जना किसान लाभान्वित भएका थिए । त्यसै गरी नमुना कृषक समूह बहुमुखी सहकारीमार्फत तीन लाख ७० हजार ८३९ लिटर, चुरियामाई महिला जीवन वातावरण बहुउद्देश्यीय सहकारीमार्फत दुई लाख २२ हजार ६२५ लिटर, संयुक्त जनजागृति दुग्ध उत्पादक सहकारीमार्फत एक लाख १० हजार २२३ लिटर र वसन्त कृषि सहकारीमार्फत ३७ हजार ५३१ लिटर दुध सङ्कलन भएको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

गाउँपालिकाले किसानले उत्पादन गरेको दुधको बजार सुनिश्चित गर्न हेटौँडा उपमहानगरपालिका–१९, नेवारपानीस्थित हेटौँडा डेरी इन्डिस्ट्रज प्रालिसँग दुध खरिदबिक्रीको सम्झौता गरेको छ । सहकारीमार्फत दुध सङ्कलन गरी बिक्री गर्ने र किसानलाई भुक्तानी उपलब्ध गराउने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले दुधको बजार सुनिश्चित हुनु र उत्पादनका आधारमा प्रतिलिटर तीन रुपियाँ अनुदान पाउनुले किसानलाई उत्साहित बनाएको बताउनुभयो । गाउँपालिकाले दुधको खरिदबिक्री र भुक्तानीको जिम्मासमेत लिएपछि किसानले समयमै रकम पाउने वातावरण बनेको र त्यसले दुध उत्पादन बढाउन सहयोग गरेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ