alliance khabar

बिहिबार, आश्विन २९, २०८३

हुम्ला, असोज २९ गते ।

हुम्लाको सदरमुकाम सिमकोट आसपासका क्षेत्रमा स्याउ टिप्न सुरु गरिएको छ । बोटमा फलेको स्याउको रसिलोपन र परिपक्वता मेसिनबाट परीक्षण गर्दा टिप्न योग्य देखिएपछि किसानले बगैँचाबाट स्याउ टिप्न थालेका हुन् ।

सिमकोट गाउँपालिका–५ का मानविर रोकायाले कृषि प्राविधिकको सल्लाहअनुसार बोटबाट स्याउ टिप्न सुरु गरेको बताउनुभयो । उहाँले ५३ बोटको स्याउ बगैँचा लगाउनुभएको छ । उहाँको बगैँचामा गोल्डेन र रेड डेलिसियस जातका स्याउ फलेका छन् । स्याउ टिप्न सुरु गरेको र सबै टिप्न अझै दुई दिन लाग्ने उहाँले बताउनुभयो ।

रोकायाले टिपेका स्याउ कार्टुनमा प्याकिङसमेत गरिरहनुभएको छ । उहाँका अनुसार बगैँचाबाट साढे आठ क्विन्टल स्याउ उत्पादन हुने अनुमान छ । उत्पादित सबै स्याउ काठमाडौं पठाउने तयारी गरिएको उहाँले बताउनुभयो ।

त्यसैगरी, सिमकोट गाउँपालिका–२, ठेहेका गोरासिंह बोहराले पनि आफ्नो बगैँचामा स्याउ टिप्न सुरु गर्नुभएको छ । उहाँको बगैँचामा तीन सय बोट स्याउ छन् । ग्राहकबाट आएको अर्डरअनुसार स्याउ टिप्ने गरेको उहाँले बताउनुभयो । हालसम्म डेढ लाख रुपैयाँको स्याउ बिक्री गरिसक्नुभएका बोहराको बगैँचामा अझै धेरै स्याउ बाँकी छन् ।

सिमकोट गाउँपालिका–४, बुराउसेका छक्क लामाले पनि आफ्नो बगैँचाबाट स्याउ टिप्न सुरु गर्नुभएको छ । उहाँले चार सय बोटमा स्याउ लगाउनुभएको छ । यस वर्ष स्याउ उत्पादन राम्रो भएकाले हुम्लाबाटै सुर्खेत, नेपालगञ्ज र काठमाडौंसम्म स्याउ पुर्‍याउने तयारी गरेको लामाले बताउनुभयो ।

कच्ची भए पनि सडक सञ्जाल जोडिएपछि हुम्लामा उत्पादित स्याउले बजार पाउन थालेको छ । जिल्लामा स्याउको मूल्य ग्रेडअनुसार निर्धारण गरिएको छ । ए ग्रेडको स्याउ प्रतिकिलो ६० रुपियाँ, बी ग्रेडको ५० रुपियाँ र सी ग्रेडको ४० रुपियाँमा बिक्री हुने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ