alliance khabar

बिहिबार, आश्विन २९, २०८३

बागलुङ, असोज २९ गते ।

सशस्त्र प्रहरी बलले पश्चिम बागलुङको तमानखोला गाउँपालिकाका पहिरोपीडित परिवारलाई राहत वितरण गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट विपद् प्रभावितका लागि प्राप्त १८ प्रकारका खाद्य सामग्री समावेश गरिएका १५ कार्टुन राहत सामग्री बुधबार गाउँपालिकाका १५ पीडित परिवारलाई वितरण गरिएको हो।

सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेडक्वार्टर बागलुङका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक पदम सिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले विपद् प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गरेको हो।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा तथा वडा अध्यक्षद्वय झकबहादुर बुढा र छप्रसाद श्रीपालीको उपस्थितिमा वडा नं. ३ का छ र वडा नं. ४ का नौ परिवारलाई राहत वितरण गरिएको थियो। राहतबाट दुवै वडाका १५ परिवार लाभान्वित भएको सशस्त्र प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिनुभयो।

प्रधान कार्यालयबाट प्राप्त राहत सामग्रीमा चामल, पिठो, चिनी, कालो चिया, खजुर, पास्ता, खुबानीबाट बनेको खाद्य पदार्थ, मसला, चिकेन नुडल सुप, पाम तेल, ओलिभ तेल, नुन, टोमाटो पास्ता, मह, चना, फाभा, ताहिना र हेजलनट क्रिमलगायत १८ प्रकारका खाद्य सामग्री समावेश थिए।

विपद् प्रभावित क्षेत्रमा पुगेरै राहत वितरण गर्दा पीडित परिवारलाई आवश्यक खाद्य सामग्री उपलब्ध गराउन सहयोग पुगेको भण्डारीले बताउनुभयो। विपद्का बेला पीडित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले सशस्त्र प्रहरी बलले मानवीय सेवालाई प्राथमिकताका साथ अघि बढाएको उहाँको भनाइ थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ