कार्यालय स्थापनापछि भूकम्पपीडित आशावादी

जाजरकोट, फागुन २८ गते । जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडित भूकम्पबाट क्षति भएका आफ्ना संरचनाको पुनर्निर्माण र पुनस्र्थापना हुनेमा आशावादी देखिएका छन् । भेरी नगरपालिका–१ स्थित रिम्नामा भूकम्पीय पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालय स्थापना भएपछि उनीहरू आशावादी देखिएका हुन् । गत आइतवार गृहमन्त्री रमेश लेखकले कार्यालयको उद्घाटन गरेपछि पीडितहरू त्यसरी आशावादी देखिएका हुन् । पुनर्निर्माण तथा पुनस्र्थापना […]

काम अघि बढाउँदै भूमि आयोग

प्युठान, फागुन २८ गते ।  सुकुमवासी, भूमिहीन र अव्यवस्थित बसोवासीको समस्या समाधानका लागि गठित राष्ट्रिय भूमि आयोगले जिल्लामा आफ्नो सक्रियता बढाएको हो । सुकुमवासी, भूमिहीन र अव्यवस्थित बसोवास गर्ने व्यक्तिको तथ्याङ्कलाई सूचना प्रणालीमा प्रविष्ट गर्ने, सहजीकरण समिति गठन गर्ने, फोकल पर्सन तोक्ने, सुकुमवासीको अध्ययन गरी टुङ्गोमा पुर्‍याउने मुख्य कामका लागि पालिकामा छलफल अघि बढेको हो । जिल्लाका […]

आमसञ्चार परिषद् विधेयक समितिमा

काठमाडौँ, फागुन २८ गते । प्रतिनिधि सभाले आमसञ्चार परिषद् विधेयक दफाबार छलफलका लागि समितिमा पठाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङको प्रस्तावमा विधेयक मङ्गलबार समितिमा पठाइएको छ । विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल हुने छ । राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक माथिल्लो सदनबाट माघ २८ गते पारित भएको थियो । प्रतिनिधि सभाबाट पारित भएपछि […]

वैज्ञानिक र प्रविधियुक्त शिक्षा प्रणालीबाटै मुलुकको समृद्धि

गोठगाँउ (मोरङ), फागुन २७ गते । प्रधानमन्त्री तथा पूर्वाञ्चल विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले वैज्ञानिक र उच्च प्रविधियुक्त गुणस्तरीय शिक्षाका लागि सरकारले विश्वविद्यालयहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विश्वविद्यालयहरूले अगाडि सारेको शिक्षा प्रणालीलाई वैज्ञानिक र प्रविधियुक्त बनाउन सकेमात्र मुलुकको समृद्धि अभियानले सफलता पाउने बताउनु हुँदै त्यसको सुधारका लागि सरकारले प्रतिबद्धताका साथ सहयोग […]

चितवनमा कांग्रेसको गुमेको सिट हामी फर्काउछौँ : अध्यक्ष गुरुङ

चितवन, फागुन २७ गते।  नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले अब आउने  जिल्ला तरुण अध्यक्षले चितवनको गुमेको सिट फर्काउने बताउनुभएको छ। मंगलबार चितवनमा आयोजित भरतपुर महानगर समिति द्वारा आयोजित पुर्णकालीन सदस्यता वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गुरुङले यस्तो बताउनुभएको हो। विभिन्न दल अहिले अनेक बहानामा षड्यन्त्र गरिरहेको बताउदै उहाँले सचेत रहन तरुणलाई निर्देशन दिँदै यस्तो बताउनुभएको […]

नैतिक मूल्य मान्यता समाजका मेरुदण्ड : राष्ट्रपति

काठमाडौँ, फागुन २० गते  ।  राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य, मान्यता, सदाचार र योग सभ्य समाजको मेरुदण्ड भएको बताउनुभएको छ । राष्ट्रपति सचिवालयका अनुसार सर्वोदय सेवाश्रमद्वारा स्थापित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले स्थायित्व, समृद्धि र समतामूलक समाज निर्माणका लागि यी गुण अनिवार्य भएको बताउनुभयो । पौडेलले भन्नुभयो, […]

राष्ट्रियसभा बैठक आज बस्दै

काठमाडौं, फागुन १८ गते । सङ्घीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक आइतबार बस्ने भएको छ । आज मध्याह्न १२ः१५ बजेबाट सुरु हुने बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा रहने सदस्यहरुको हेरफेर गर्नुहुने छ । यसैगरी, बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ […]

परराष्ट्रमन्त्री डा. देउवा र स्वीट्जरल्यान्डका विदेशमन्त्रीबिच भेटवार्ता

काठमाडौँ, फागुन १२ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र स्वीट्जरल्यान्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबिच सोमबार जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका मन्त्री डा. देउवा र स्वीस विदेशमन्त्रीबिच साइडलाइन भेटवार्ता भएको हो । भेटका अवसरमा उहाँहरूबिच द्विपक्षीय हित, आपसी चासोका विषयमा […]

सत्ताका लागि चकचक र उपद्रो गर्दैनौँ : कांग्रेस महामन्त्री थापा

बिजुवार, फागुन १२ गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकाल टिक्ने दाबी गर्नुभएको छ । प्युठानमा सोमबार आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै उहाँले कांग्रेसले एमालेसँग गरेको समझदारी अनुसार सरकार २०८४ सालसम्म सञ्चालन हुने स्पष्ट पार्नुभयो । “अबको तीन वर्ष सरकार स्थिर रूपमा सञ्चालन गर्छौं । कुनै चकचक गर्दैनौं, उपद्रो गर्दैनौँ । […]

पुँजीगत खर्च बढाउन निर्देशन

काठमाडौँ, फागुन ९ गते । राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले पुँजीगत खर्च बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । समितिकोे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकाय र आयोजनाको पुँजीगत बजेटको कार्यप्रगति (अर्धवार्षिक) बारे छलफल गर्न आज बसेको बैठकले मन्त्रालयलको पूँजीगत खर्च कम भएको भन्दै खर्च बढाउन निर्देशन दिइएको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल