काठमाडौँ, चैत १३ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता बन्नुभएको छ । बालेन्द्र शाह (बालेन) नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले पोखरेललाई सरकारको प्रवक्ता नियुक्त गरेको हो । शुक्रबार मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गनुहुँदै पोखरेलले भन्नुभयो, ‘नेपाल सरकारको प्रवक्तामा माननीय शिक्ष, विज्ञान तथा प्रविधिमन्त्रीलाई तोक्ने ।’ त्यसैगरी, बैठकले सरकारको शासकीय सुधारका सय कार्यसूची […]
बाजुरा, चैत १३ गते । बाजुरामा गत जेठ २३ गते भएको भीषण आगलागीबाट क्षतिग्रस्त बाम्का बजारले करिब नौ महिनापछि नयाँ स्वरूप पाएको छ। आगलागीपछि कुरूप बनेको बजारमा झण्डै ३६ वटा पसल जलेर नष्ट भएका थिए। त्यसपछि केही महिनासम्म बजार अस्तव्यस्त र जीर्ण अवस्थामा थियो। पछिल्लो समय बजार व्यवस्थापन समिति तथा अध्यक्ष रामचन्द्र गिरीको सक्रियतामा बजारमा […]
काठमाडौँ, चैत १३ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभाका २७४ जना सदस्यले शपथग्रहण गरेका छन् । सिंहदरबारस्थित सङ्घीय संसद्को निर्माणाधीन बहुउद्देश्यीय सभाकक्षमा सांसदहरूले शपथग्रहण गर्नुभएको हो । नवनिर्वाचित सदस्यहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराउनुभयो । सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले २७३ जना सदस्यले बिहीबार दिउँसो २ बजे […]
काठमाडौं, चैत १२ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विश्वभरमा बसोवास गर्ने नेपाली मूलका मानिसलाई नेपालसँग जोड्न नेपाली कांग्रेसले पहल गर्ने बताउनुभएकाे छ । एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)का अध्यक्ष डिल्ली अधिकारी, उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव चूडामणि भट्टराई र बोर्ड अफ ट्रष्टी ओमराज गुरुङसहितको प्रतिनिधिमण्डलसँग विहीबार साँझ भेट गर्दै सभापति थापाले नेपाली […]
काठमाडौँ, चैत १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बालेन्द्र शाह चयन हुनुभएको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले उहाँलाई संसदीय दलको नेता चयन गरेको हो । बैठकमा सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता शाहलाई संसदीय नेताका रूपमा चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले जानकारी […]
काठमाडौं, चैत १२ गते । प्रधानमन्त्री सुशीला कार्कीले ६ महिने आफ्नो कार्यभार सफल भएकाले निर्वाचित सरकारलाई स्वागत गर्न आतुर भएको बताउनु भएको छ । उहाँले आज राष्ट्रको नाममा सम्बोधन गर्दै भन्नुभयो, ‘‘ अन्तरिम सरकारको कार्यभार पूरा भएको र निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त भइसकेको हुँदा नयाँ सरकारलाई स्वागत गर्न म आतुर छु। र आज पूर्ण आत्मविश्वासका […]
काठमाडौँ, चैत १२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमा मतदाताले देखाएको अभूतपूर्व सहभागिता लोकतन्त्रप्रतिको अटुट विश्वास भएको बताउनुभएको छ । चुनावी प्रक्रिया समापनका अवसरमा निर्वाचन आयोगले बुधबार आयोजना गरेको जलपान समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सु्दृढ तुल्याएको बताउनुभयो । उहाँले निर्वाचनबाट जनताले प्रकट गरेको अभिमतले निर्वाचित जनप्रतिनिधिको काँधमा ठुलो दायित्व रहेको बताउनुभयो । […]
दाङ, चैत १२ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चैते दसैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले जारी गर्नुभएको शुभकामना सन्देशमा चैते दसैंलाई नेपालीहरूको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा उल्लेख गर्दै यस्ता चाडपर्वहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र समग्र समृद्धिमा […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अस्वस्थताका कारण राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने संकेत छ । आमाको स्वास्थ्य कमजोर हुन सक्ने भएकाले चिन्ता बढ्न सक्छ । धनमाल हराउने, चोरी हुने वा ठगीमा पर्ने योग देखिन्छ । आँखा सम्बन्धी समस्याले सताउन सक्छ । विशेष अवसर प्राप्त भएपनि ईर्ष्यालु व्यक्तिहरूले दुःख दिन […]
काठमाडौँ, चैत ९ गते । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथलगत्तै सङ्घीय संसद्को बैठक बस्ने गरी नयाँ निर्वाचित सरकारले अधिवेशन आह्वान गर्ने भएको छ । वर्तमान सरकारबाट संसद्को अधिवेशन आह्वानसम्बन्धी सिफारिस नहुने धारणा आएपछि नयाँ सरकारले नै सङ्घीय संसद्को अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बताइएको छ । जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित राष्ट्रिय सभाका सदस्य मोहम्मद […]