काठमाडौँ, चैत १९ गते । वालेन्द्र शाह (बालेन) नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री शाहलाई बुधबार एक सन्देश पठाएर रूसी प्रधानमन्त्रीले रूसको सङ्घीय सरकार तथा व्यक्तिगत रूपम बधाई ज्ञापन गर्नुभएको हो । सन्देशमा उहाँले प्रधानमन्त्री शाहको नेतृत्वमा रूस–नेपाल सम्बन्ध मित्रता, आपसी सम्मान र पारस्परिक हित संरक्षणको […]
पोखरा, चैत १८ गते । गण्डकी क्षेत्रका कैयौँ मानिसको जीविकोपार्जन र मुलुककै पर्यटकीय अर्थतन्त्रमा ठुलो योगदान दिएको पोखराको फेवाताल मानवीय र प्राकृतिक दुवै थरी अतिक्रमणले खुम्चिँदै गएको छ । यसको संरक्षणका लागि सरकारका प्रयास तथा अतिक्रमण हटाउन अदालतका आदेशसमेतलाई बेवास्ता भइरहेको सन्दर्भमा नयाँ निर्वाचित सरकारका प्रधानमन्त्री वालेन्द्र शाहको प्राथमिक चासोमै फेवा अतिक्रमण हटाउने कार्य परेको छ । […]
भारदह, चैत १८ गते। सप्तरी जिल्लाको राजविराज नगरपालिकास्थित गजेन्द्र नारायण सिंह सरकारी अस्पतालको पश्चिमतर्फको वर्षौँदेखि बन्द रहेको गेट मंगलबारदेखि सञ्चालनमा आएको छ। अस्पतालमा दुईवटा गेटमध्ये पश्चिमतर्फ रहेको पुरानो गेट बन्द भएपछि बिरामी र तीर्थयात्रीहरूलाई आवतजावतमा समस्या हुँदै आएको थियो। सप्तरी क्षेत्र नं २ का प्रतिनिधि सभासद् रामजी यादवको पहलमा गेट खोल्न सफल भएको राष्ट्रिय स्वतन्त्र […]
काठमाडौँ, चैत १८ गते। गृहमन्त्री सुधन गुरुङले विपदमा परेका नागरिकको तत्काल उद्धारका लागि दुई वटा हेलिकोप्टर तयारी अवस्थामा राखिने बताउनुभएको छ। मङ्गलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणका क्रममा उहाँले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी कर्मचारीहरूले ज्यानको पर्वाह नगरी नागरिक उद्धारमा खटिएकोमा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आम नागरिकको जिउज्यानभन्दा ठूलो कुनै पनि कुरा नभएको उल्लेख गर्दै […]
काठमाडौँ, चैत १७ गते । काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ पर्नुभएको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलबार बिहान सुविधानगरस्थित निवासबाट उहाँलाई पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) मनोहरप्रसाद भट्टका अनुसार पक्राउ पर्नुभएको पूर्वप्रमुख जिल्ला अधिकारी रिजाललाई हाल काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा राखिएको छ । […]
काठमाडौँ, चैत १४ गते । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पहिचान २०७८ सालभन्दा अघि जागरणका गीतसँगै सुधारका पक्षमा निरन्तर खबरदारी गर्ने गायक एवं अभियन्ताका रूपमा थियो । २०७९ सालको स्थानीय तह निर्वाचनले उहाँको पहिचान फेरिदियो । स्थानीय तहको निर्वाचनमा उहाँ काठमाडौँ महानगरपालिका प्रमुखमा निर्वाचित हुनुभयो । महानगरप्रमुख हुँदा साहसिक काम र सङ्घीय सरकारसँग स्थानीय […]
भक्तपुर, चैत १४ गते । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई शनिबार बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक खड्काको कमाण्डमा खटिएको […]
काठमाडौँ, चैत १४ गते । गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही नहुने बताउनुभएको छ । शनिबार बिहान पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ पर्नुभएपछि सामाजिक सञ्जालमा लेख्नुहुँदै गृहमन्त्री गुरुङले यो प्रतिसोध नभइ न्यायको सुरुवात भएको बताउनुभयो । ‘‘PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री […]
काठमाडौँ, चैत १३ गते । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पूजापाठ गरेर प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गर्नुभएको छ । शुक्रबार दिउँसो राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिनुभएका प्रधानमन्त्री बालेन साँझ सरकारी निवास प्रवेश गर्नुभएको हो । उहाँले शुक्रार नै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर पदभार ग्रहण गरिसक्नुभएको छ । पदभार ग्रहण गरे लगत्तै मन्त्रालयका […]
महोत्तरी, चैत १३ गते । महोत्तरी जिल्लाका एकडारा गाउँपालिकाका युवाहरु जलेश्वर सम्सी सडकखण्डको एकडारामा शुक्रबार दिउँसोदेखि लड्डु वितरण गरिरहेका छन् । सबैलाई ‘बधाई छ’ भन्दै उहाँहरुले लड्डु वितरण गर्नुभएको हो । गाउँमा रामनवमीको अवसरमा नभई नेपालको ४३ औँ प्रधानमन्त्री पदमा नियुक्त हुनुभएका बालेन्द्र शाह (बालेन) को खुशीयालीमा पुर्ख्यौली गाउँ एकडारामा लड्डु वितरण गरिएको हाे । […]