alliance khabar

मंगलबार, साउन १९, २०८३

हेटौँडा (मकवानपुर), साउन १९ गते ।

बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश प्रमुखको कार्यालयमा मङ्गलबार आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्री बज्राचार्यलाई शपथ ग्रहण गराउनुभएको हो।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा मङ्गलबार नै नियुक्त गर्नुभएको थियो। उहाँ पुनर्गठित मन्त्रीपरिषद्‍मा हाम्रो नेपाली पार्टीका तर्फबाट मन्त्री बन्नुभएको हो। ११० सदस्यीय बागमती प्रदेशसभामा हाम्रो नेपाली पार्टीका दुई जना सदस्य हुनुहुन्छ।

प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री बानियाँको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठन तथा कार्यविभाजन गर्नुभएको हो। यसअघि भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेलले मङ्गलबार नै पदबाट राजीनामा दिनुभएको थियो।

पुनर्गठित मन्त्रीपरिषद्‍मा शिवराज अधिकारीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, उर्मिला नेपाललाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र कञ्चनचन्द्र बादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यसैगरी प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, सुरेश श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय र कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

नेकपा (एमाले) का मन्त्रीहरूले राजीनामा दिई सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले हाम्रो नेपाली पार्टीका बज्राचार्यलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो। बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित यसअघि १४ वटा मन्त्रालय रहेकामा साउन १ गतेदेखि घटाएर आठ वटा कायम गरिएको छ।

सपथ ग्रहण समारोहमा मुख्यमन्त्री बानियाँ, प्रदेशका मन्त्रीहरू, प्रदेश सचिवहरूलगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ