काठमाडौं, भदौ २४ गते । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री पदबाट राजीनामा दिनु भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले प्रधानमन्त्रीको सचिवालय सञ्चालन गरेको समूहमा सो जानकारी दिनु भएको हो । उहाँले सो जानकारी २ बजेर २४ मिनेटमा दिनुभएको छ । गोरखापत्र अनलाइनको टेलिफोन सम्पर्कमा संयोजक सिलवालले प्रधानमन्त्रीले राजीनामा दिनु भएको पुष्टि गर्नुभएको छ […]
वीरगञ्ज (पर्सा), भदौ २३ गते । सशस्त्र प्रहरी बल नेपाल पर्साले महिलालाई गोली हानेको अभियोगमा एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ । भारतको झारखण्ड जिल्ला पाकुड मानपहाडी ग्राम पञ्चायतका २८ वर्षे प्रदीप शर्माले मादक पदार्थ सेवन गरी आज दिउँसो वीरगञ्ज महानगर–१६ स्थित भन्सारगेटनजिक मुस्कान होटलमा कार्यरत भारतको बेतिया घर भई वीरगञ्जमा बसोबास गर्ने १८ वर्षीया […]
काठमाडौं, भाद्र २२ गते । नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय समितिको आठौं बैठक काठमाडौँमा सम्पन्न भएको छ। बैठकमा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका सम्पूर्ण पदाधिकारी, ट्रेड युनियन कांग्रेसका केन्द्रीय समितिका सदस्यहरू, सातवटै प्रदेश समितिका अध्यक्षहरू, २७ वटै आबद्ध सङ्घका अध्यक्षहरू, महिला समिति तथा युवा समितिका अध्यक्षसहितको उपस्थितिमा बैठक सम्पन्न भएको हो। बैठकमा महासङ्घका महासचिव […]
ललितपुर, भदौ २० गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाविधेशनको पहिलो दिन आज विभिन्न प्रतिवेदन प्रस्तुत गर्दै सम्पन्न भएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित आजदेखि ललितपुर, गोदावरीस्थित सनराइज हलमा सुरु भएको विधान महाधिवेशनमा विभिन्न चार वटा प्रतिवेदन प्रस्तुत गरिएको एमाले प्रचार […]
काठमाडौँ, भदौ २० गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हेरचाह कार्य (केयर वर्क) घर, समुदाय तथा राष्ट्रकै एक पेशा मात्र नभएर मानवीय सेवा पनि हो भन्नुभएको छ । एसिया प्यासिफिक केयर लर्निङ् सम्बन्धी काठमाडौँमा सुरु भएको अन्तर्राष्ट्रिय सेमिनारलाई बिहीबार सम्बोधन गर्दै उहाँले भन्नुभयो “बाल्यकालदेखि वृद्धावस्थासम्मका हेरचाहसम्बन्धी समग्र कार्यहरुहरुलाई केवल पेशा या जागिरका रुपमा मात्र […]
काठमाडौैं, भदौ १९ गते । नेकपा (एमाले) को सचिवालय बैठकले शुक्रबारदेखि सुरु हुन गइरहेको दोस्रो विधान महाधिवेशनको कार्यतालिका तय गरेको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार शुक्रबार बिहान ११ बजेदेखि विधान महाधिवेशन सुरु हुनेछ । उद्घाटनसत्र करिब ४० मिनेटको हुनेछ । उहाँले भन्नुभयो, “यो बैठक मूलतः शुक्रबारदेखि सुरु हुने पार्टीको दोस्रो विधान महाधिवेशनसँग सम्बन्धित […]
काठमाडौँ, वैशाख १९ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारी वर्गको काँधमा सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो, चुस्त र प्रभावकारी बनाएर मुलुकमा सुशासन कायम गराउनुपर्ने गहन जिम्मेवारी रहेको बताउनु भएको छ । नेपाल निजामती कर्मचारी युनियनको ३५औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सभापति देउवाले लोकतान्त्रिक परिवर्तनको भावना अनुरुप समय सापेक्ष रुपमा […]
काठमाडौँ, भदौ १९ गते । प्रतिनिधिसभाको बैठक बिहीबार अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची रहेको छ । यसैगरी, सभामुखले ‘नेपाल पशु […]
काठमाडौँ, भदौ १८ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनुहुने छ । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनुहुने कार्यक्रम छ । यस्तै, प्रतिनिधिसभाका सचिव हर्कराज राईले ‘जलस्रोत विधेयक’ का […]
रेसुङ्गा(गुल्मी), भदौ १७ गते । जिल्ला समन्वय समिति गुल्मीले बर्सेनी वार्षिक प्रगती समीक्षा गर्ने गर्दछ । समीक्षामा जिल्लाका १२ स्थानीय तह, विकासे अड्डा, संस्थान र भूमि आयोगले समेत आफ्नो कार्यसम्पादनको अवस्था प्रस्तुत गरे । यो कार्यक्रम जिल्लाको सवैभन्दा महत्त्वपूर्ण भएपनि संघ र प्रदेशका सांसदहरुको प्राथमिकतामा कहिल्यै पर्दैन् । जिल्लाको समग्र विकास निर्माणको समीक्षा गरेर चालु […]