काठमाडौं, भदौ २७ गते । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा पूर्व प्रधानमन्त्रीहरु, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहभागी हुनु भएन । शितल निवासमा शुक्रबार आयोजित शपथ ग्रहण कार्यक्रममा उहाँहरुको सहभागिता देखिएन । सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार सभामुख घिमिरेको स्वास्थ्य अवस्था ठीक नभएको र […]
न्यायपालिकामा स्वच्छ छवि, निडर निर्णय र भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुताका लागि परिचित उहाँलाई इमानदार, निष्पक्ष र साहसी नेतृत्वकर्ता मानिन्छ। काठमाडौं, भदौ २६ गते । नेपालको पूर्व प्रधानन्यायाधीश सुशीला कार्की २०८२ भदौ २७ गते नेपालको नयाँ प्रधानमन्त्री बन्नु भएको छ। भदौ २३ बाट चर्किएको सरकारविरोधी ‘जेन जी आन्दोलन’का बीच तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि विभिन्न […]
लेखनाथ, भदौ २७ गते। जेनजी आन्दोलनका क्रममा मङ्गलबार राति कास्की कारागार खाली गरी निस्केका कैदी, बन्दी फर्किन सुरु गरेका छन्। कारागारमा थ्रिफेज बिजुली जडानसहित अन्य व्यवस्थापन भएपछि ७० कैदी, बन्दी शुक्रबार फर्र्किइसकेको जेलर राजेन्द्र शर्माले जानकारी दिनुभयो। “७० जना आइसक्नुभयो, बाँकी पनि धेरै सम्पर्कमा हुनुहुन्छ,” शर्मा भन्नुहुन्छ, “हामी पूर्ववत् रुपमै सबै कैदीबन्दीलाई राख्न सक्ने अवस्थामा […]
काठमाडौँ, भदौ २७ गते। ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका नेपाल प्रहरीसहितका केहीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उक्त आन्दोलनमा ज्यान गुमाएका सिन्धुली स्थायी ठेगाना भएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मिलन राई, दार्चुला लेकम ठेगाना भएका प्रहरी जवान उत्तम थापा, बझाङ स्थायी ठेगाना भएका जेनजी युवा सुवास बोहरालगायतको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको जिल्ला […]
काठमाडौँ, भदौ २७ गते। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायत संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारीको उपस्थिति छ ।
रचनात्मक रूपमा संवादमार्फत समाधान खोजियोस् : महासचिव गुटेरेस संयम अपनाउने र शान्तिपूर्ण माध्यम तथा संवादमार्फत कुनै पनि विषयलाई सम्बोधन गर्ने कुराको आशा गर्छौं : भारत समस्याको सही तरिकाले समाधान गर्दै छिटोभन्दा छिटो आफैँले शान्ति र स्थिरता कायम गर्ने विश्वास छ : चीन काठमाडौँ, भदौ २७ गते। नेपालमा पछिल्लो समय विकसित घटनाक्रमलाई लिएर संयुक्त राष्ट्रसङ्घ, मित्रराष्ट्रलगायत अन्तर्राष्ट्रिय मित्र तथा […]
दमक, भदौ २६ गते । जेनजी आन्दोलको क्रममा आन्दोलनकारीहरु झापाको प्रहरी कार्यालयहरुलाई नियन्त्रणमा लिएर बिभिन्न इलाका प्रहरी कार्यालयहरुमा रहेका ९२ जना थुनुवाहरुलाई भगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आन्दोलनकारीहरूले गम्भीर, जघन्य प्रकृतिका साथै अन्य अपराधमा संलग्न रही अनुसन्धानमा रहेका थुनुवाहरूलाई भगाएको उल्लेख गरेको छ । विहीबार जिल्ला प्रहरी […]
वर्तमान संकटको समाधान संविधान र लोकतान्त्रिक प्रक्रियाभित्रै खोजिनुपर्छ, संविधानको विकल्प खोज्ने प्रयास प्रतिगमनकारी हुनेछ। आन्दोलनको पहिलो दिनमै गरिएको बर्बर दमन र नरसंहारको तीव्र निन्दा गर्दै उच्चस्तरीय न्यायिक छानबिनको माग। लोकतन्त्रलाई उल्ट्याउने प्रतिगामी प्रयास अस्वीकार्य, सुधार र सुदृढीकरण संविधानमै आधारित हुनुपर्ने। शान्ति, संविधान र गणतन्त्र पक्षधर सम्पूर्ण शक्ति तथा आमजनसमुदायलाई सचेत, संयमित र एकताबद्ध भएर अघि […]
काठमाडौँ, भदौ २६ गते । जेनजी अभियानको प्रदर्शनसँगै प्रधानमन्त्रीको राजीनामा, राजनीतिक रूपमा सृजित समस्या र नयाँ सरकार गठनका सन्दर्भमा उठेका विमर्शले देश नवीन मोडमा आइपुगेको छ । २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध जेनजी अभियानले भदौ २३ र २४ गतेको प्रदर्शनपछि सरकार नै ढलेपछि देश नयाँ राजनीतिक गन्तव्य उन्मुख भएको हो । जेनजी पुस्ताका माग सम्बोधन […]
काठमाडौँ, भदौ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामूहिक राजीनामा दिने निर्णय गरेका छन् । रास्वपाका सांसदहरुले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा पार्टीको संसदीय दल एकमत रहेको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी दिनुभयो । रास्वपाको संसदीय दलको कार्यालयबाट जारी विज्ञप्तिमा रास्वपा संसदीय दलका नेता रवि लामिछानेसहित २० प्रतिनिधिसभा सदस्यहरुले राजीनामा दिने निर्णयबारे जानकारी दिइएको […]